2026-09-03 06:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९३ केजी यार्सागुम्बा निर्यात, राजश्वमा पनि गिरावट


टेक शाही/साउन ९, डोल्पा । गत आर्थिक बर्ष ०७३/०७४ मा जडिबुटिबाट उठ्ने राजस्वमा गिरावट आएको छ । 

जिल्ला बन कार्यालय डोल्पाका अनुसार यार्सागुम्बा र अन्य जडिबटी गरेर जम्मा ९९ लाख ४७ हजार ३ सय ३६ रुपैया सँकलन भएको छ । 

असार मसान्त सम्म डोल्पाबाट जम्मा ९३ किलोग्राम निर्यात भएको र गत बर्ष आर्थिक बर्षमा २ सय ४५ किलोग्राम यार्सागुम्बा निर्यात भएकाजिल्ला बन कार्यालयको तथ्याँङ्कमा उल्लेख छ । 

यार्सागुम्बा प्रति किलो १२ लाख देखि १८ लाख सम्ममा खरिद बिक्रि गरिदै आएको स्थानिय यार्सागुम्बा ब्यापारि धनचन्द्र बैजिले बताए । बैजिका अनुसार अघिल्लो बर्षको तुलनामा यस बर्ष अन्तराष्ट्रिय बजारमा यार्साको मुल्य नँभएको कारण डोल्पामा पनि खरिद बिक्रि कमै भएको जानकारि दिए । 

सरकारले ब्यापारिबाट प्रति किलोग्राम २५ हजारका दरले राजस्व सँकलन गर्ने गरेको छ । प्रति किलोग्राम २५ हजारका दरले ९३ केजीको ५४ लाख ६८ हजार ७ सय ५० रुपैया सँकलन भएको थियो । 

यस बाहेक कुटुकि, जटामसि, गुच्छी च्याउ लगायत अन्य २० प्रजातिका जडिवुटीको राजस्व र अन्य सेवा शुल्को राजस्व गरि कुल ९९ लाख ४७ हजार ३ सय ३६ रुपैया जम्मा भएको बन रक्षक दिपक खत्रिले जानकारि दिए । खत्रिले भने गत आर्थिक बर्षमा २ सय ४५ किलो यार्सागुम्बाको २५ हजारका दरले ६१ लाख २५ हजार राजस्व जम्मा भएको बताए । 

 जिल्ला भित्रका बिभिन्न जडिवुटिबाट सँकलन भएको कुल रकमको ५ प्रतिशत रकम जिल्ला समन्वय समितिमा आन्तरिक आम्दानीमा जम्मा हुने गरेको र अन्य राजस्व रकम राजस्व शिर्षकको खातामा जम्मा हुने रेञ्जर दिपक श्रेष्ठले बताए । श्रेष्ठले गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा यार्सा गुम्बाको राजस्वमा गिरावट आएको बताए । 

यार्सागुम्बा डोल्पालीको मूख्य आम्दानीको श्रोत हो । डोल्पा जिल्लाका माझफाल, रह, काईगाँउ र माथिल्लो डोल्पाका सबै पाटनमा पाइन्छ । यार्सागुम्बा, कुटुकी, जटामसि,सुगन्धवाल, गुच्छी च्याउ, पदमचाल, डालेचुक अन्य थुप्रै किसिमका जडिबुटी पनि डोल्पामा पाइन्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही