२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा साउदीको जेलमा, ७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर

२०७४, १६ श्रावण सोमबार ०२:१०


साउन १६, काठमाडौं । सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उनले सरकारसँग गुहार मागेका छन्। स्याङ्जा जिल्लाको फेदिखोला–३ का उहाँले गत २०७३ मा एसईई परीक्षा दिएका थिए। उनले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आएका थिए। 

कालभैरव उच्च माध्यमिक विद्यालय स्याङ्जामा अध्ययन गरी उनले सिद्धार्थ स्याङ्जा परीक्षा केन्द्रबाट उक्त परीक्षा दिएका थिए। उनले १.२ जीपीए ल्याएर एसईई उत्तीर्ण गरे।

बुढेसकालमा पनि हिम्मत जुटाएर अध्ययन थालेका दुर्गेको इच्छा थप अध्ययन गरी शिक्षक बन्ने रहेको छ।  शिक्षाबिनाको मानिस साँच्चै नै अन्धो हुने बताउने उनले आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गरे।

उनले परराष्ट्रमन्त्रीसँग भने, “मलाई ११/१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिन आग्रह गर्दछु। ” उनले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो सुनाए।

जवाफमा परराष्ट्रमन्त्री महराले उनको शिक्षाप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्ने आश्वासन दिँदै अध्ययनका लागि आवश्यक पर्ने वातावरण मिलाउन पहल गर्ने बताए। उनले एसइई परीक्षा उत्तीर्ण गरेकोमा बधाई दिँदै अध्ययनमा निरन्तर लाग्न प्रेरणा दिए।

महराले ट्विटरमा लेखेका छन्, “स्याङ्जाका ७० वर्षीय दुर्गे कामीको इच्छाशक्ति सुन्दा खुशी लाग्यो, उहाँको उच्च शिक्षा अध्ययन गर्ने इच्छा पूरा होस्, शुभकामना !”

दुर्गे कामी चार छोरा र दुई छोरीका पिता तथा नौ जना नातिनातिनाका हजुरबुवा हुन्। उनकी श्रीमतीको भने १५ वर्षअघि निधन भइसकेको छ।  उनका एक जना छोरा नरेन्द्र सुनार विक भने वैदेशिक रोजगारीको सिलसिलामा साउदीको जेलमा छन्।

परराष्ट्रमन्त्रीसँगको भेटमा कामीले आफ्नो छोरो साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गरे। उनले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा तीन वर्षदेखि जेलमा रहेको बताए। उनले के कारण आफ्नो छोरो जेलमा परेको थाहा नभएको बताए।

परराष्ट्रमन्त्री महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ। -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने