2026-06-26 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्रीसँग औषधी माग्दै स्थानीयले भने, ‘गरिबलाई बचाउनोस् हजुर’

2017-08-01


साउन १७, बर्दिवास । “हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन, डाड सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ ।” 

महोत्तरीको बर्दिवास अस्पतालमा सोमबार साँझ आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सेवाबारे चर्चा गर्दै स्वास्थ्य संस्थामा निःशुल्क औषधिको व्यवस्था गरिएको बताइरहेकैबेला एक सर्वसाधारणले हात जोड्दै यसो भनेका हुन् । 

“हो हजुर, हामी गरिब छौँ, खुट्टा नांगा छन्, जिउमा फाटेका लुगा छन्, यस्ताले निःशुल्क सेवा पाउँदैनन् हजुर ! हामीलाई अकाल मृत्युबाट बचाउनुपर्यो” जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख, बर्दिवास अस्पतालका प्रमुख र चिकित्सक एवम् जिल्लास्थित सरकारी स्वास्थ्यका जिम्मेवार अधिकारीको सहभागिता रहेकै सो कार्यक्रममा ती सर्वसाधारणको गुनासोमा कसैले प्रतिवाद गरेनन् । 

बर्दिवासमा सम्पन्न सो कार्यक्रममा आफ्नो परिचय नदिई मन्त्रीसमक्ष गुनासो राख्ने सर्वसाधारणको कुरामा उनीजस्तै वेशभूषाका सहभागीले भने थपडी बजाउँदै सहमति जनाए । 

सामान्यतया शिक्षा, स्वास्थ्य र अन्य सामाजिक चेतनाका दृष्टिले जिल्लाका अन्य भेगभन्दा सचेत मानिएको बर्दिवासको सरकारी अस्पतालको सेवा प्रवाहबारे आएको सर्वसाधारणको टिप्पणीले जिल्लाका अन्य स्वास्थ्य संस्थाको सेवाको के अवस्था होला भन्ने सहभागीको खासखुसबीच नै स्वास्थ्यमन्त्री पोखरेलले जिल्लाबाट आपूmलाई स्वास्थ्य बजेट ९९ प्रतिशत सफल भएको प्रतिवेदन प्राप्त भएको खुलासा गरे । 

“गत आवमा ९९ प्रतिशत बजेट सफल भएको भनिएको छ”, मन्त्री पोखरेलले भने, “यसको जिम्मेवार अधिकारीबाट अनुगमन हुनुपर्छ ।” 

कार्यक्रममा मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रमा कार्यरत राष्ट्रसेवकमा विभिन्न दल निकट ट्रेड युनियनमा आबद्ध हुने क्रम संवैधानिक अधिकारका दृष्टिले उचित नै देखिए पनि प्रत्येक स्वास्थ्यकर्मीका लागि आफु आबद्ध ट्रेड युनियनको कामभन्दा जनताले स्वास्थ्य सेवा पाउने कुरा प्राथमिकतामा पर्नुपर्ने बताए । राम्रो सेवा प्रवाहका लागि प्रयत्न गरिएपनि अझै समस्या रहेका मन्त्री पोखरेलको स्वीकारोक्ति थियो । 

सो अवसरमा मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति निरुत्साहित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आफूले यसै साताभित्र प्रतिबद्धतापत्र जारी गर्ने बताए ।

“यसै साताभित्र मन्त्रालयबाट प्रवाह गरिने सेवाबारे नयाँ प्रतिबद्धतापत्र जारी गर्नेछु”, मन्त्री पाखरेलले भने, “मन्त्रालयको प्रतिबद्धता स्वास्थ्य क्षेत्रमा कार्यरत सबैको प्रयत्नले पूरा गर्न सकिने हुँदा सबैले सेवालाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ ।” 

कार्यक्रमका सहभागी विभिन्न राजनीतिक दल, सामाजिक सङ्घ संस्था र नागरिक समाजका प्रतिनिधिले सर्वसाधारणबाट आएका गुनासाको सम्बोधनका लागि प्रभावकारी अनुगमनको आवश्यकता औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ