लोकेन्द्र प्रशाद जोशी/साउन १७, दार्चुला । महाकाली नगरपालिकाले दार्चुलामा मदिरा व्यवस्थित गर्नको लागि समय तोक्नुका साथै मापदण्ड हेरफेर गरेपछि दार्चुलाका मदि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन १७, दार्चुला । महाकाली नगरपालिकाले दार्चुलामा मदिरा व्यवस्थित गर्नको लागि समय तोक्नुका साथै मापदण्ड हेरफेर गरेपछि दार्चुलाका मदि"/>

2026-09-18 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा मदिरा कारोबार ब्यबस्थीत गर्न नगरपालिकाले गरेको निर्णय बिरुद्ध ब्यबसायि आन्दोलित


लोकेन्द्र प्रशाद जोशी/साउन १७, दार्चुला । महाकाली नगरपालिकाले दार्चुलामा मदिरा व्यवस्थित गर्नको लागि समय तोक्नुका साथै मापदण्ड हेरफेर गरेपछि दार्चुलाका मदिरा व्यवसायिहरु बिरोधमा उत्रिएका छन् । 

मंगलबार ब्यबसायिहरुले दार्चुला उद्योग बाणिज्य संघको नेतृत्वमा नगरपालिकाको मदिरा ब्यबस्थापन सम्वन्धी निर्णय बिरुद्ध महाकाली नगरपालिका, जिल्ला प्रशासन कार्यालय, तथा कोष तथा लेखा नियन्त्रण कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।

महाकाली नगरपालिकाले साउँन ७ गते सर्बदलीय बैठकबाट दार्चुला जिल्लामा भइरहेको मदिरा कारोबारलाई व्यवस्थित गर्न दिउँसो दुई बजे देखि राती ९ बजे सम्म मात्रै मदिरा कारोबार गर्नु पर्ने, मदिरालाई छोपेर राख्नु पर्ने, मदिरा कारोबार गर्ने व्यक्तिले मापदण्ड पुरागरी पसल सञ्चालनमा ल्याउनुपर्ने, निर्णयहरु पालना नभए १० हजारसम्म जरीवाना गरीने लगायतका निर्णयहरु गरेको थियो ।

तर उद्योग बाणिज्य संघ र नगर क्षेत्रका ब्यबसायिहरुले नगरपालीकाले गरेका निर्णयहरुले ब्यबसायिक रुपमा नकारात्मक असर र प्रभाब परेको भन्दै निर्णयहरु पुनरावलोकन गरी बिहान १० बजेदेखी राति १० बजेसम्म मदिरा कारोबार गर्न पाउँने, पुर्बवत प्रकृर्या अनुसार नबिकरणकालागी सिफारीसको ब्यबस्था गरी  ब्यबसायिहरुको मागलाइ सम्बोधन गर्न माग गरेका हुन ।

अहिले दार्चुला बियर वारको चिनारी बनिरहेको छ । बिहानैदेखी राति अबेरसम्म सञ्चालन हुने मदिराको कारोबारका कारण पारीवारीक कलह देखी बिभिन्न खाले हिसांका घटनाहरु भइरहेकोले छन ।

नगरपालीकाले भएका निर्णयहरु ब्यबसायि, आम उपभोक्ता र सर्बसाधारण सबैको हितमा भएको भन्दै सच्याउँनुको आबश्यकता नभएको जनाएको छ । भने ब्यबसायिहरुले निर्णयहरु नसच्चीए आन्दोलनमा उत्रिने चेतावनि दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई