साउन १९, रोल्पा । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने । पञ्चायती व्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १९, रोल्पा । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने । पञ्चायती व्"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पच्चीस वर्षसम्म अवरुद्ध रोल्पाको सिरक्याङ भिर सेनाले खोल्यो

२०७४, १९ श्रावण बिहीबार ०७:५६


साउन १९, रोल्पा । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने । पञ्चायती व्यवस्थाको अन्त्यतिर राजा वीरेन्द्रले जिल्ला भ्रमण गरी जनताको समस्या जनताकै मुखबाट सुन्ने क्रममा थवाङबासीले त्यही माग दोहो¥याएका थिए तत्कालीन राजासँग । 

पञ्चायती व्यवस्थाको ठाउँमा बहुदलीय व्यवस्था आयो । राजा संवैधानिक भए । जनताद्वारा निर्वाचित प्रतिनिधि कार्यकारी प्रमुख भए । थवाङले त्यो मुद्दा उठाइरहेपनि राज्यको बेवास्थाका कारण २०४८ सालदेखि बाटो खन्ने काम कछुवाको गतिमा शुरुवात भयो । विसं.२०५२देखि जर्मन प्राविधिक सहयोग नियोग (जिटिजेड)ले बाटो निर्माण गर्ने जिम्मा लिएपछि भने थवाङबासीमा आशा पलाएको थियो । 

दशवर्षे सशस्त्र युद्धताका विदेशी लगानीका अधिकांश कार्यक्रम बन्देज गरिए पनि जिटिजेडलाई भने काम गर्न अनुमति दिइएको थियो ।सुलिचौरदेखि निकै सुस्त गतिमा अघि बढेको बाटो निर्माण कार्यले जिटिजेडको प्रवेशसँगै तीव्रता पायो । लामो समयसम्म निर्माण कार्य अघि बढे पनि सेरम गाविसको सिरक्याङ भिरमा गएर निर्माण कार्य रोकियो । जिटिजेडको निर्धारित परियोजना पनि सकियो । जनताले पुनः केही वर्ष काम गर्न जिटिजेडलाई आग्रह गरे पनि उसले म्याद नथपेपछि सुलिचौर थवाङको मोटर बाटो सिरक्याङ भिरमै आएर रोकियो । 

नदीदेखि लेकको टुप्पोसम्म एकनासको भिरालो कडा चट्टानले बनेको पहाडको नाम हो सिरक्याङ भिर । सुलिचौरबाट रोल्पाको उवा थवाङ तथा रुकुमका साबिक झण्डै १५ गाविसको प्रवेशद्वार नै सिरक्याङ हो । आवत जावतको अर्को विकल्प नभएपछि पुर्खाले त्यही भिरलाई खोपेर निकै साँगुरो गोरेटो बाटो बनाएका थिए । त्यही गोरेटोबाट आवत जावत गर्दा लडेर मर्नेकोे हिसाब किताब छैन । पछिल्लो पटक २०६२ सालमा थवाङकी एक महिला लडेर मरेको स्मरण गर्नुहुन्छ सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन । 

निकै अप्ठेरो ठाउँमा गएर बाटो अवरुद्ध हुँदा थवाङीमा चिन्ता थियो । थवाङलाई सुलिचौरसँग मात्र होइन सदरमुकाम लिवाङसँग जोड्ने पुर्खादेखिको सपना पूरा गर्न धेरै पटक विभिन्न ठाउँमा नधाएका पनि होइनन् थवाङबासीले । जिविसले समेत पटक पटक सिरक्याङ भिरको चट्टान फोर्नका लागि बजेट छुट्याए पनि काम बन्न सकेको थिएन । विसं. २०७२मा नेपाली सेनाले थवाङमा आयोजना गरेको स्वास्थ्य शिविरमा थवाङबासी र नेपाली सेनाका उच्च पदस्थ कर्मचारीबीच दोहोरो संवाद गर्ने मौका मिल्यो । 

उनीहरुले त्यहाँ पनि माग सोही माग अघि सारेकामा नेपाली सेना सकारात्मक भएकाले २०७३ साल साउनमा रोल्पा जिल्लाको सर्वपक्षीय प्रतिनिधिले तत्कालीन रक्षामन्त्री बालकृष्ण खाण समेतलाई भेटी सिरक्याङको समस्यालाई विशेष रुपले उठाएकाले भिरको चट्टान फोर्ने कार्य सम्भव भएको हो । निकै लामो प्रक्रिया पूरा गरेपछि सेनाको खड्ग दलका गणले गत वैशाख २८ गतेदेखि सिरक्याङको चट्टान फोर्न शुरु गरेको हो । 

अजङ्गको पहाडमा रहेको कडा चट्टानलाई फोर्न सेनाका लागि कम चुनौती थिएन तर सेनाले जोखिम मोलेर भए पनि दायित्व पूरा गर्न कम्मर कसेर लाग्यो । रसीमा झुण्डिएर प्वाल खोल्दा निकै कठिनाइ भोगेको निर्माण कार्यमा संलग्न एक सेनाले प्रतिक्रिया दिए । झण्डै ४० जनाको टोलीले दुई महिना लगाएर ३०० मिटर कडा चट्टान फोर्न सफलता हासिल गरेसँगै २५ वर्ष देखिको थवाङबासीको सपना साकार भएको हो । सडक निर्माण कार्य सडक विभागले गरिरहेका कारण छिटोछरितो काम गरे अबको तीन–चार महिनाभित्रै सबारी साधन सञ्चालन हुने बताइएको छ । 

सडक निर्माणसँगै रोल्पाको एक गाउँपालिका र रुकुमका तीन गाउँपालिकाका जनतालाई आवत जावतमा सहज हुने सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो । मध्य पहाडी लोकमार्गसँग सो सडकलाई जोड्न सके उत्तरपूर्वी रोल्पाका जनतालाई ठूलो राहत हुने अध्यक्ष पुनको भनाइ थियो । सडक विस्तारले जनताको आर्थिक रुपान्तरणमा समेत टेवा पुग्ने उहाँले जानकारी दिनुभयो । एक दिनको बाटोबाट पैदलयात्रा गरी सामान ढुवानी गर्दा सामानको मूल्यसमेत अधिक रहेकामा अब कम मूल्यमा सामान खरिद गर्न पाउँदा त्यहाँका जनतामा आर्थिक व्ययभारसमेत कम हुने भएको छ । 

उत्तरी रोल्पाका थवाङ, उवा तथा पूर्वी रुकुमका साविक १५ गाविसका जनता मोटर बाटो जोडिएसँगै विकासको मूल प्रवाहमा समावेश भएको अनुभव गरेका छन् । जिल्ला सदरमुकामबाट घर पुग्नुभन्दा सयौँ किलोमिटरको दूरीमा रहेको राजधानी काठमाडाँै पुग्न कम समय लाग्दै आएकामा अब भने त्यो समस्याबाट मुक्त हुँदा खुशीको अनुभूति भएको थवाङका मौसम रोकाले प्रतिक्रिया दिनुभयो । -उमा केसी/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो