साउन २४, काठमाडौं । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ । 

उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौं । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ । 

उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जना"/>

2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘इन्काउन्टर’मा मारिएका युवकका बाबु भन्छन्- ‘प्रहरीले अत्याचार गर्‍यो’


साउन २४, काठमाडौं । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ । 

उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ। आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेस्र्याउँदै उनी भाग्ने प्रयासमा थिए। पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ। परिवारका सदस्यले प्रहरीले गोली हानेर मारेको बताएका छन्।

 खत्री लागुऔषध कारोबारी भएको र उनले स्थानीयलाई पेस्तोल देखाएर धम्क्याउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनलाई पक्राउ गर्न गएको थियो । 

आफूलाई पक्राउ गर्न प्रहरी आएको देखेपछि उनले माथिल्लो तलाबाट घरपछाडिको चौरमा हाम फालेका थिए। दुई हातमा दुईवटा पेस्तोल लिएर प्रहरीलाई नै ताक्दै भागेका थिए। प्रहरीले उनलाई गोली हान्दै लखेटेको थियो। पेस्तोल छाड्न भन्दा नमानेपछि प्रहरीले उनलाई गोली हानेको परिवारका आफन्तले बताएका छन्। उनको दायाँ कन्चटमा गोली लागेको छ।

प्रहरीले अत्याचार गर्यो: मृतकका बाबु

मृतकका बाबु प्रवीणबाबु खत्रीले प्रहरीकै गोलीबाट छोराको मृत्यु भएको बताए। ‘यो प्रहरीको अत्याचार हो,’ उनले भने, ‘अपराध गरेको भए, पक्राउ गरेर कारबाही गर्ने हो, मार्न पाइँदैन।’ घटनापछि स्थानीयवासी प्रहरीसँग आक्रोशित भएका थिए। 

घटनास्थलमा सशस्त्र प्रहरीसमेत खटाइयो। ‘फायर त हामीले पनि खोलेका थियौँ, तर हाम्रो गोली उसलाई लागेको होइन, ऊ आफैँले हानेको भन्ने छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘कसको गोली लागेको हो, त्यो त विधि विज्ञान प्रयोगशालाबाट प्रस्ट भइहाल्छ।’

घरमा सिसिटिभी

खत्री कुसन्तीस्थित आफ्नै घरमा ढोका लगाएर बसिरहेका थिए । महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोली दिउँसो करिब २ बजे उनलाई पक्राउ गर्न पुगेको थियो। ढोकामा प्रहरी आएको उनले सिसिटिभीबाट देखे । 

हालै मात्र प्रहरी हिरासतबाट छुटेका उनले पक्राउ पर्ने डरले धेरै समयसम्म ढोका खोलेनन्। पछि, दुई हातमा दुईवटा पेस्तोल प्रहरीलाई तेस्र्याउँदै घरको पछाडि हाम फालेका थिए । प्रहरीले आफूलाई गोली हान्ने ठानेर उनी आफैँले गोली हानेको प्रहरीको दाबी छ। गोलीबाट ढलेपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । 

अस्पताल पु¥याउँदासम्म उनको बाटैमा मृत्यु भइसकेको थियो। मृतकका आफन्तले घटनाको छानबिन गरी दोषी प्रहरीलाई कारबाही गर्न माग गरेका छन्। गोलीले उनको कन्चट छेडेको छ। उनले दुई गोली फायर गरेकोमा एक मिसफायर भएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीको दुईथरी भनाइ ‘शंकास्पद’

प्रहरीले सुरुमा ‘इन्काउन्टर’मै खत्रीको मृत्यु भएको बताएको थियो । तर, पछि विवाद आउने देखेपछि खत्री आफैँले गोली हानेको प्रहरीको दाबी छ । एउटै घटनामा दुईथरी भनाइ आएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो । 

चर्चा कमाउन जथाभावी गोली हान्ने प्रवृत्तिको उपज सोमबारको घटना भएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । गोलीको खोका उनी ढलेकै ठाउँमा भेटिएको प्रहरीले जनाएको छ । -नयाँ पत्रिका दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई