लोकेन्द्र प्रशाद जोशी/साउन २४, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधिन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना राजनीतिक खिचातान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २४, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधिन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना राजनीतिक खिचातान"/>

2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना एघार बर्षपछि निर्माण सम्पन्न हुँदै


लोकेन्द्र प्रशाद जोशी/साउन २४, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधिन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना राजनीतिक खिचातानी, भ्रष्टाचार, ठेकेदारको लापरबाही लगायत कारणले काम रोकिँदै र सुरु हुँदै आएपनि अब भने बिजुली बल्ने निश्चित भएको आयोजनाले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरणले यही वर्ष मंसिर या पुसभित्र बिजुली बाल्ने गरी कामलाई तीव्रता दिएको छ । २०६३ पुसमा निर्माण सुरु भएको आयोजनाबाट २०७४ पुस अर्थात ठीक ११ वर्षपछि बिजुली बल्ने आस पलाएको हो ।

अहिले आयोजनाको करिब ९८ दशमलव ५ प्रतिशत बढी काम पूरा भएको छ । प्रारम्भिक काम र उपकरण परीक्षण (ड्राइ टेष्ट) को काम लगभग अन्तिम चरणमा रहेकोले नोभेम्बर अर्थात माघको अन्त्यतिर बिजुली बल्ने चमेलीया जलबिद्युत आयोजना प्रमुख अजयकुमार दाहालले बताउँनुभयो ।

असोजभित्र बत्ती बाल्ने योजना भएपनि सबै काम पूरा गर्न थप समय लाग्ने देखिएकाले माघ सम्ममा बिजुली उत्पादन सुरु हुने दाहालले बताउँनुभयो । भदौसम्म परीक्षणको सबै काम सम्पन्न हुने प्राधिकरणको भनाइ छ ।

आयोजना शुरु हुँदा साढे ८ अर्ब लागत लाग्ने अनुमान गरिएको चमेलिया जलविद्युत आयोजनाको लागत हाल बढेर साढे १५ अर्ब पुगेको छ । इन्जिनियरिङ अध्ययनले जलविद्युत आयोजनाको औसत लागत प्रतिमेगावाट १८ देखि २० करोड रुपैयाँ मान्छ । प्रसारण लाइनको लागतसमेत जोड्दा प्रतिमेगावाट करिब २८ करोड रुपैयाँ अनुमान गरिएको चमेलियाको लागत हालसम्म प्रतिमेगावाट करिब ५१ दशमल ५ करोड रुपैयाँ पुगेको प्राधिकरणकै दाबी छ । चमेलिया आयोजनामा सुरु लागतको करिब ८२ प्रतिशत बढी रुपैयाँ खर्च बढेको हो ।

अहिले मध्यदेखि सुदूरपश्चिम क्षेत्रमा टनकपुर ४० मेगावाटसहित भारतबाट करिब ५३.५ मेगावाट बिजुली आयात हुने गरेको छ । चमेलियाको बिजुली पनि थपिएपछि सुदूरपश्चिममा  विद्युत कटौतीको समस्या अन्त्य हुने प्राधिकरणको दाबी छ ।

२०६९ मा आयोजनाको ८ सय ४३ मिटर सुरुङ खुम्चिदा आयोजनाको भबिष्यबारेमा अनेकखाले टिकाटिप्पणी सुरु भएका थिए । अहिले आएर खुम्चीएको सुरुङ निर्माण कार्य अन्तीम चरणमा पुगेसँगै विद्युत बल्ने पक्कापक्की भएको हो ।

आयोजनाको १३१ किमी राष्ट्रिय प्रसारण लाइन विस्तार कार्य असार मसान्तमै सक्ने भनिएपनि साउँन महिनाको अन्तीम सम्मपनि सम्पन्न हुन सकेको छैन । आयोजनाको निर्माण कार्यमा ढिलाइ, भौगोलिक बिकटताका कारण बैतडी र दार्चुलामा प्रसारण लाइन विस्तार गर्दा समयसंगै लागत खर्च बढेको आयोजना प्रमुख दाहाल बताउनुभयो । 

आगामी पुसमा आयोजना सम्पन्न गर्ने लक्ष्य अनुसार सिभिलतर्फको काम गरिरहेको ठेकेदार कम्पनी चाइना गेजुवा गु्रप अफ पावर कम्पनि (सिजिजिसी) लाई एक महिना चाँडै गरेर सेप्टेम्बर अघि नै काम सक्न आग्रह गरिएको आयोजना प्रमुख दाहालले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई