प्रेम सुनार/साउन २५, गुल्मी । गुल्मीका अधिकांस सडकमा हिउँदभरी गरिएको विकास  वर्षायाम सुरु भए लगत्तै विनासमा परिणत भएको छ । 

सदरमुकाम तम्घास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन २५, गुल्मी । गुल्मीका अधिकांस सडकमा हिउँदभरी गरिएको विकास  वर्षायाम सुरु भए लगत्तै विनासमा परिणत भएको छ । 

सदरमुकाम तम्घास "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीको असारे बिकासः आशको-निराश, तस्बिरमा हेर्नुहोस

२५ श्रावण २०७४, बुधबार १२:०९


प्रेम सुनार/साउन २५, गुल्मी । गुल्मीका अधिकांस सडकमा हिउँदभरी गरिएको विकास  वर्षायाम सुरु भए लगत्तै विनासमा परिणत भएको छ । 

सदरमुकाम तम्घास देखि पश्चिम र उत्तर मुसिकोट तर्फका सडकहरुमा हिउँदसदरमुकाम देखि पश्चिम तर्फ हिउँदभरी ठेकेदारले स्तरबृद्धिका नामा करोडौं खर्चिएको सडकको काम यति वेला वालुवामा पानी खनाए जस्तै भएको छ ।

चुनावताका सम्म सडक चौडा पारिएको र  ढल र वाल पर्खाल चिटिक्क पार्दै यो विकास मेरो दल गरेको हो भन्दै भोट माग्ने नेताहरु अहिले उक्त सडकको नामोनिशान नहुँदा भने मौन रहेका छन् । सदरमुकाम तम्घास देखि सेउवा सिमाघाट , वरवोट धुर्कोट र पुर्कोट सडक खण्डमा त गाडी आवत जावत होईन पैदल यात्रा गर्न समेत गर्न सकेका छैनन उपभोक्ताहरु । त्यस सडक खण्डका कालखोला भन्ने स्थान एक समयको कृष्ण भिर  र सुनौलीको बोर्डर जस्तै बनेको छ ।

सदरमुकाम तम्घासबाट ७ किलो मिटर खालखोला सम्म गाडी जान्छ त्यहाँ ओलेर एकले अर्कोलाई बोक्दै समात्दै पैदल यात्रामा पारी जानु पर्छ  त्यहाँ देखि पारी अर्को गाडी छोपेर जानु पर्दछ ।  जसका कारण स्थानिय वासीले त्यस स्थानलाई सुनौली बोर्डरको संज्ञा दिएका हुन् ।  त्यहाँ देखि उताको सडक पुर्कोट सम्म र यता पाग्ला सिर्सेनी सम्मको सडकमा पनि पैदल यात्रा समेत कष्कर बनेको छ । 


ठाउँ ठाउँमा पहिरो गएर हिउँदमा ठेकेदारले चौडा पारेको सडक , बनाएको वाल पर्खाल  र नालीको नामोनिशान देख्न सकिदैन् ।  सेउवा देखि जैसीथोकको वरवोट सम्म २१ किलो मिटर सडकको स्तर बृद्धि संगै ग्रावेल गर्नका लागि करिव ८ करोड लागतमा जिम्मा लिएको आसिस रामेछाप जे भी निर्माण कम्पनीले हिउँदभरी गरेको काम अहिले वर्षायममा ५० प्रतिशत भन्दा बढि खेर गएको प्रष्ट देख्न सकिन्छ ।

असारको मशान्त सम्म धामाधम डोजर चलाउँदै थियो  र यता रकम भुक्तानी पनि गरिदै थियो । तर अहिले खै सडक भन्दा पहिरोले लग्यो भन्नु शिवाय निर्माण कम्पनीका मानिसहरुको मुखमा अर्को शव्द छैन् । यस सम्वन्धमा सेउवा सिमाहघाट वरवोट सडक निर्माण उपभोक्ता सतिका अध्यक्ष रहेका मानबहादुर कुँवर संग सम्पर्क राख्दा उनले कसैबाट सुनुवाई नभएको दुखेसो गरे । 


उनले भने-कालाखोलामा आज पहिरो गएको पाँच दिन भई सक्यो , मैले निमार्ण कम्पनीका जिम्मेवार व्यक्ति रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई तत्काल पहिरो हटाई दिन आग्रह गर्न गएँ । उहाँले म अहिले जनप्रतिधिको जिम्मेवार पाए देखि त्यतातिर हेर्न छाडे, मेरा कर्मचारी संग भन्नु भन्नु भयो । उहाँका कर्मचारीहरुलाई फोन गर्दा फोन उठाउँदैनन् । सडक  परियोजनाका डिजीसापकहाँ गएँर पनि सुनुवाई भएन् ।

तपाईहरुले घचघचाई दिए सुनुवाई हुन्थ्यो कि भनेर सञ्चार माध्यमको सहारा लिएका हौं । अरु भन्दा पनि विरामीहरुलाई माथी पहिरोको जोखिम मोल्दै बोकेर  वारी पारी गराउनु परेको छ । त्यस स्थान रेसुङ्गा नगरपालिका भित्रै पर्दछ । मैले त्यस पालिकाको वडा नम्वर ५ र ६ का वडाध्यक्षलाई पनि भने तर उहाँहरुले पनि बुझ पचाउँनु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्वर १ जैसीथोकका वडाध्यक्ष समेत रहेका कुँवरले धुर्कोट , पुर्कोट सम्मका मानिसहरु दोव्वर दुरी र देव्वर भाडा तिरेर सदरमुकाम आवत जावत गर्नु परेको कठिनाईलाई सम्वन्धित निकायले वेवास्त गरेको प्रति जनप्रतिनिधीहरु आक्रोषित हुनु परेको बताए ।


उनले हिउँदभरी सडमा भएको काम देख्दा निकै आशावादी भएको तर वर्षायाम लागे लगत्तै निरास हुनु परेको बताउँदै यो पाराले विकास गर्ने हो भने विकास भन्दा बढि विनास हुने धारणा राखे । त्यस सेउवा सिमाहघाट सडक अवरुद्ध भए पछि कोही उता सिमलटारी हुँदै कोही यता हुलाके हुँदै आवत जावत गरिरहेका छन् । हिउँद सम्म एक सय ५० मा सदरमुकाम आउने धुर्कोटवासी अहिलले ३ सय भन्दा बढि भाडा तिरेर आउने गरेका छन् ।

चालक दलले पनि भाडा बढाउनु आफुहरुको बाध्यता भएको प्रतिकृया दिने गरेका छन् । माथीबाट पहिरो वग्छ , ठाउँ ठाउँमा गाडी भासीन्छ ज्यान हत्केलामा राखेर गाडी चलाउनु परेकोले भाडा बृद्धि आफुहरुको बाध्यता भएको धेरै चालकहरुले बताए । उक्त सडक साविकका झण्डै २० वटा गाविसका जनताको आवत जावत गर्ने अत्यन्त व्यस्त सडक हो ।

त्यस सडक स्तरबृद्धिको जिम्मा  लिएको  आसिस रामेछाप जे भी निर्माण कम्पनीको व्यवस्थापकिय जिम्मेवारी सम्हालेका विरेन्द्र भुसाल संग किन यसरी ढिला सुस्ती गरेको भनेर प्रश्न गर्दा संवन्धीत निकायले काम गरेको पैसा नै नदिए पछि समस्या आएको बताए । 

 उनले भने- उक्त पहिरो हटाउन त म अहिले पनि डोजर पठाउन सक्थे तर न तम्घास , सिमलटारी प्युठान सडक परियोजनाले न जिल्ला प्राविधिक कार्यालयले गत वर्ष हुँगा , गौडाकोट र सिमाहघाटमा सडक सोहरेको पैसा दियो । गत वर्ष यस्तै वर्षायाममा गएको पहिरो ठाउँ ठाउँमा हटाएर यातायात सुचारु गरेको रकम त दिएन भने अहिले पनि त्यसै गर्न सक्ने भएकोले ढिला भएको हो एक चोटी ति निकायको पनि तपाईहरुले ध्यानकृष्ट गराई दिनु प¥यो ।

उनको गुनासो जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिनिर बैकुण्ठ अर्यालय त्यस सडकको जिम्मा लिएको कम्पन्नीले नै गर्नु पर्ने र पछि त्यसको खर्च विवरण त्यसैमा जोडेर भुक्तानी दिने बताए । गत वर्षको नपाएको भए उहाँहरुले म कहाँ पेश गर्नु प¥यो नि पेश गर्नु भएकै छैन् उनले भने –साईडहरुको भए पछि उक्त पहिरो हटाउनु पर्दछ, हामी संगै अन्य जगेडा रकम नभएकोले साईडवाला कम्पनीकै लागतबाट पछि भुक्तानी दिईने छ । 

अव  जिल्लाभरका ६० वटा सडक पालिकाले नै हेर्ने 

त्यस्तै जिल्ला जति पनि वहुवर्षिय योजनाका ठुला सडकहरु हेर्ने जिम्मा पाएको  तम्घास सिमलटारी प्युठान सडक परियोजनाका प्रमुख सुजन अधिकारी संग यहाँका सम्पुर्ण सडकहरुको हविगतका वारेमा ध्यानकृष्ट गराउँदा उनले ठुला बहुवर्षिया योजका सडकहरु बाहेक जिल्ला ६० वटा भन्दा बढि सडकहरुमा आउने क्रमागत  साना विकास वजेटहरु अव संवन्धित गाउँ र नगरपालिका मै वजेट जाने भएकाले सडक ममर्त सम्भारको काम पनि तिनै निकायले गर्नु पर्ने जानकारी दिए ।


अघिल्लो आर्थिक वर्ष सम्म हामी कहाँ आउँथ्यो र गर्ने गर्दथ्यो  , अहिले ५ देखि ८ लाख सम्म हरेक साना सडकहरुमा आउने त्यो रकम हामी कहाँ आएन तिनै निकायहरुमा पठाउने भने पछि हामी हाम्रो जिम्मा पाएका सडकहरुमा वाहेक अन्यत्र गएका छैनौ’ उनले भने । सेउटा सिमाहघाट वरवोट सडको हकमा साईडवाला कम्पनी नै जिम्मा भएको प्रमुख अधिकारीले पनि बताए । उनले थपे–उक्त कम्पनीका जिम्मेवार व्यक्ति डिल्लीराज ( रेसुङ्गा नगरपालिकाका मेयर डिल्लाराज भुसाल )  आफै सामाजिक मान्छे हुनुहुन्छ जनताले त्यसरी सास्ती पाए पछि त उहाँले गर्नै प¥यो नि । ’

मेयर डिल्लीराज भुसालले भने गत वर्षका कारण जिल्ला प्राविधिक कार्यालयले पत्र नदिए सम्म उक्त पहिरो हटाउन नजाने अडान लिएर आफुहरु बसेको स्पष्ट पारे । ‘पत्र दिन मान्दैन, पत्र नदिए सम्म हामीले काम गरेको रकम  भुक्तानी पाउँदैनौ’ उनले भने –‘ठिक छ तपाईले त्यस कार्यालयको ध्यानकृष्ट गराई दिनु भएछ, हामी पत्र लिन जान्छौ दिएन भने  तपाईलाई फोन गर्छौं । ’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य