सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

हराएकी प्युठानकि बालिकालाई दुई सातापछि परिवारको जिम्मा लगाईयो

२०७४, ३१ श्रावण मंगलवार १६:०६


सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा रहेकी १३ वर्षीया सुमित्रा घर्तिमगरलाई मंगलबार महिला तथा बालबालिका कार्यालय प्यूठानले सरोकारवालाको रोहवरमा बुवा धन बहादुर घर्तिमगरलाई जिम्मा लगाएको हो

स्वर्गद्धारी नगरपालिका–९ जुकेनाकी बालिका यसअघि पनि घरबाट हराउने गरेको बुवा धन बहादुर घर्तिमगरले बताउनुभयो । यस अघि पनि ८/९ पटक घरबाट हराएकी उहाँले बताउनुभयो । 

उहाँले छरछिमेकमा हिडडुल गरिरहने भएकाले आफूहरुले छोरीलाई संरक्षण गरेर राख्न नसकेको बताउनुभयो । धन बहादुरले दोस्रो विहे गरेर श्रीमतिसँगै १० वर्षकी छोरी घर ल्याउनुभएको हो । 

आफ्नो श्रीमतिको मृत्यु भएपछि दोस्रो विवाह गरेको स्थानीय छिमेकी रण बहादुर घर्तिमगरले बताउनुभयो । बालिकाको पहिलेको बुवाको मृत्यु भएको र आमा पनि विरामी रहेको घर्तिमगरले बताउनुभयो । 

बालिका बोल्न नसक्ने र सुस्त मनस्थितीको भएकाले पहिले बालिकाको स्वास्थ्य परिक्षण गर्नुपर्ने राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । 

परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्ने निकायहरु खोज्नुपर्ने उहाँको भनाई छ । महिला विकास अधिकृत विष्णु कुमारी आचार्यले बालिकाको जन्मदर्ता नबनेकाले पहिला जन्मदर्ता बनाउन अभिभावकलाई सुझाव दिएको बताउनुभयो । 

बालिकाको जन्मदर्तापछि थप सहयोगका लागि पहल गर्ने उहाँले बताउनुभयो । बालिकाको स्वास्थ्य जाँच सँगै शिक्षा र संरक्षणका लागि कार्यालयले पहल गर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते