सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

हराएकी प्युठानकि बालिकालाई दुई सातापछि परिवारको जिम्मा लगाईयो

३१ श्रावण २०७४, मंगलवार १६:०६


सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा रहेकी १३ वर्षीया सुमित्रा घर्तिमगरलाई मंगलबार महिला तथा बालबालिका कार्यालय प्यूठानले सरोकारवालाको रोहवरमा बुवा धन बहादुर घर्तिमगरलाई जिम्मा लगाएको हो

स्वर्गद्धारी नगरपालिका–९ जुकेनाकी बालिका यसअघि पनि घरबाट हराउने गरेको बुवा धन बहादुर घर्तिमगरले बताउनुभयो । यस अघि पनि ८/९ पटक घरबाट हराएकी उहाँले बताउनुभयो । 

उहाँले छरछिमेकमा हिडडुल गरिरहने भएकाले आफूहरुले छोरीलाई संरक्षण गरेर राख्न नसकेको बताउनुभयो । धन बहादुरले दोस्रो विहे गरेर श्रीमतिसँगै १० वर्षकी छोरी घर ल्याउनुभएको हो । 

आफ्नो श्रीमतिको मृत्यु भएपछि दोस्रो विवाह गरेको स्थानीय छिमेकी रण बहादुर घर्तिमगरले बताउनुभयो । बालिकाको पहिलेको बुवाको मृत्यु भएको र आमा पनि विरामी रहेको घर्तिमगरले बताउनुभयो । 

बालिका बोल्न नसक्ने र सुस्त मनस्थितीको भएकाले पहिले बालिकाको स्वास्थ्य परिक्षण गर्नुपर्ने राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । 

परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्ने निकायहरु खोज्नुपर्ने उहाँको भनाई छ । महिला विकास अधिकृत विष्णु कुमारी आचार्यले बालिकाको जन्मदर्ता नबनेकाले पहिला जन्मदर्ता बनाउन अभिभावकलाई सुझाव दिएको बताउनुभयो । 

बालिकाको जन्मदर्तापछि थप सहयोगका लागि पहल गर्ने उहाँले बताउनुभयो । बालिकाको स्वास्थ्य जाँच सँगै शिक्षा र संरक्षणका लागि कार्यालयले पहल गर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु