साउन ३१, प्युठान । जिल्लाको सरुमारानि  गाउँपालिकाको पहिलो गाउँ परिषदले आर्थिक बर्ष ०७४/०७५ का लागि २५  करोड ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँको बजेट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, प्युठान । जिल्लाको सरुमारानि  गाउँपालिकाको पहिलो गाउँ परिषदले आर्थिक बर्ष ०७४/०७५ का लागि २५  करोड ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँको बजेट "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान रुमारानी गाउँपालिकाको बजेट २५ करोड ९३ लाख: कृषि, सडक र खानेपानी प्राथमिक्ता

२०७४, ३१ श्रावण मंगलवार १६:४३


साउन ३१, प्युठान । जिल्लाको सरुमारानि  गाउँपालिकाको पहिलो गाउँ परिषदले आर्थिक बर्ष ०७४/०७५ का लागि २५  करोड ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँको बजेट  सार्वजनिक गरेको छ । 

पुनर्सरचना पछिको पहिलो गाउँसभामा गाउँपालिका प्रमुख झग बहादुर बिश्वकर्माले बजेट प्रस्तुत गरेका हुन । गाउँपालिकाका प्रमुख बिश्वकर्माले सो अवसरमा  गत बर्षको वचत, अनुमानित आन्तरिक आम्दानी,नेपाल सरकारबाट प्राप्त शसर्त बित्तिय समानिकरण अनुदान र सामाजिक सुरक्षा बापत प्राप्त आम्दानी गरि  आर्थिक बर्ष २०७४/२०७५ को लागि अनुमानित  करोड २५ लाख ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा "किसानसंग गाउँ सरकार कार्यक्रम" घोषणा गरि कार्यक्रमका लागि रकम बिनियोजन गरेको छ। प्रत्येक बर्ष अक्टुबर १ तारेखका दिन सरुमारानी पालिकाका सबैभन्द जेष्ठ नागरिक मध्ये बाट १/१ जना महिला र पुरुष छनौट गरि गाउँ पिता र गाउँ माता घोषणा गरि सम्मान गर्ने, गाउंपालिका स्तरिय युवा तथा खेलकुद बिकास समिती गठन गरि ६ वटै वार्डमा वडास्तरिय खेलकुद मैदान निर्माण गर्ने र खेलकुद प्रशिक्षणका लागि बजेट बिनियोजन गरिएको छ।

मंगलबार सार्बजनिक बजेटमा खानेपानी,सडक र कृषिलाइ प्राथमिक्तामा राखी बजेट प्रस्तुत गरिएको छ।बड्डाडाडा बजार क्षेत्रमा खानेपानी बिस्तारका लागि एक करोड  रुपैया र साबिकको हंसपुर गाबिसको वार्ड नम्वर १ देखि ४ नम्बर वार्ड सम्म बृहत खानेपानी आयोजना निर्माणका लागि ६० लाख रुपैया बिनियोजन गरिएको छ।

ददेरी बस्तिलाइ एक घर एक धाराको कार्यक्रम,कालिबन बस्तिलाइ लिफ्ट सिचाइ प्रबिधिबाट एक घर एक धारा पुर्याइने लगायतका जनअपेक्षाका आयोजना संचालन गरिने लक्षय समेत राखिएको छ।आगामी एक बर्षभित्र सबै वडाको वडा केन्द्र सम्म बाह्रै महिना मोटरबाटोको पहुंच पुराउने गाउपालिकाको लक्षय छ।

त्यस्तै सरुमारानी गाउपालिकाभित्र सडकको बिस्तार र स्तरउन्नतिका लागि समेत गाउसभाले विशेष चासो दिदै बजेट बिनियोजन गरेको छ।गाउसभाले बड्डडाडा -जस्पुर हुदै पुटाखोला दरबार जोड्ने सडक स्तरउन्नतिका लागि ३५ लाख रुपैया छुट्टाएको छ।बडडाडा, जस्पुर,छबिसे,रत्ने रिङरोड,बाङ्गेसाल हंसपुर कोटघर,पालुथान दर्भान रिङ्रोडका लागि ट्राक खोल्न बांकी र स्तरउन्नति गर्नुपर्ने सडकका लागि आवाश्यक बजेट बिनियोजन गरेको श्रोतले जनाएको छ।  

गाउसभाले बड्डडाडा-पनाह-नौघाट सडकका लागि १८ लाख,बाङ्गेसाल स्वर्गद्धारी गेट(गहनापुल)  हुँदै दाङको सिमाना सम्म जोड्न नया ट्रायक खोल्न १७ लाख,बाङ्गेसाल-मुर्कुट्टी जोड्ने सडकका लागि १६ लाख,बाङ्गेसालको झिलबाङ देखि हंसपुर कोटघर नया ट्रायक खन्नका लागि दस लाख रुपैया छुट्टाइएको छ।त्यस्तै धनकोट -तिराम- बुढिचौर जोड्ने नया ट्रयाक खोल्नका लागि रु तीस लाख रुपैया बिनियोजन गरिएको छ।

 सडकलाई बिस्तार गरि बाह्रै महिना  यातायात संचालन गर्न प्रोत्साहित गर्ने गाउपालिकाले लक्ष्य लिएको छ ।

सरुमारानी गाउपालिकाको एकीकृत पर्यटकिय गुरुयोजना तयार गरि विशेष पर्यटकियस्थलको प्रबर्द्धन र बिकास गरिने प्रस्तुत बजेट,नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

गाउसभाले पालिकास्तरिय महिला बिकास समिति,दलित उत्थान समिती,मुस्लिम उत्थान समिती,आदिबासी,जनजाती,अल्पसंख्यक उत्थान समिती गठन गर्ने निर्णय अनुमोदन भएको छ। सरुमारानिको समग्र बिकासका लागि आवास्यक परामर्स दिनका लागि स्थानिय राजनितीज्ञ,उद्योगपती,व्यापारी,समाजसेवी एवं प्रभुत्व नागरिकहरु सम्मिलित सल्लाहकार समिती गठन गरिने निर्णय गाउपालिकाले पारित गरेको छ।

सरुमारानी  गाउँपालिकालाई समृद्द विकसित र नेपालकै नमुना गाउँपालिकाको रुपमा विकास गर्ने साझा लक्ष्य रहेकोले उक्त गाउँपालिका स्थित ६ वटै वडामा समान रुपले विकासका कार्यक्रमहरु अघि बढाउन लागिएको सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते