Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरस्वती मावि बाजुङमा भर्चुअल क्लास–जाने होइन त पढ्न?

By kit 20 मिनेट पढाइ

पढ्न करिब 7 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्र केसी/पर्वत । विज्ञान प्रविधिसँगै मोदी गाउँपालिका–५ बाजुङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रविधि अनुसारकै कक्षा संचालन गरिएको छ । कक्षा दशलाई केन्द्र विन्दुमा राखी संचालन भएको भर्चुअल क्लासमा पढ्न पाउँदा यतिबेला कक्षा दशका विद्यार्थीहरु दंग छन् ।

काठमाडौमा शिक्षकले पढाएको पाठ, आफ्नै विद्यालयको टिभी र पर्दामा हेर्न, सुन्न र सिक्न पाउँदा विद्यार्थीहरु निकै हर्षित छन् ।  ६ विषय सोही माध्यमबाट पढ्दै आएका विद्यार्थीहरु यतिबेला निकै रमाइलोमानी पढिरहेका छन् ।

एक दशकअघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । गाउँ–गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खोज्न सक्छन् । यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले यस वर्षबाट प्रविधिमैत्री कक्षा सुरु गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्यान्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् ।

केन्द्रले गत पुष २४ देखि यस्तो ‘भर्चुअल’ कक्षा सुरु गरेको हो । सानोठिमीस्थित केन्द्रको कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाएको हो । भूकम्पबाट अति प्रभावित काठमाडौं उपत्यकाबाहेक ११ जिल्लाका एक सय विद्यालयमा भर्चुअल कक्षा सुरु गरेको केन्द्रकी कार्यकारी निर्देशक देवकुमारी गुरागाईंले बताइन् । ‘भर्चुअल कक्षामार्फत माध्यमिक तह विशेषगरी कक्षा १० को अंग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य लिएका छौं,’ उनले भनिन् ।

सिन्धुपाल्चोकका १२, गोरखाका १०, सिन्धुलीका १०, मकवानपुरका ९, रामेछापका ८, ओखलढुंगामा ७, दोलखाका ८, नुवाकोटका १०, धादिङका ११, काभ्रेपलाञ्चोकका १३ र रसुवाका २, पर्वतका ३ सामुदायिक विद्यालयमा भर्चुअल कक्षा सुरु गरिएको छ । एक सय सामुदायिक विद्यालयमा टेलिभिजन सेट र आवश्यक उपकरण जडान गरिएको छ ।

सरस्वती माध्यमिक विद्यालयमा भर्चुअल क्लास यहि शैक्षिक शत्र देखि शुरु भएको छ । टेलिभिजन सेट र आवश्यक उपकरण जडान गरीएको कक्षा कोठामा जब ११ बज्छ विद्यार्थीहरु सम्बन्धीत विषयको पुस्तक, कपी र कलम लिएर पस्छन् ।

सानोठिमीको स्टुडियोबाट ११ बजे विषय शिक्षकले पढाउन सुरु गर्छन् । कक्षा सुरु हुनुअघि नै विद्यार्थीहरू भर्चुअल कक्षामा बस्छन् । जुन विषय हो, त्यो विषय शिक्षक पनि सँगै बस्छन् । काठमाडौंमा बसेर पढाउने शिक्षकसँग दोहोरो कुरा गर्न नमिल्ने भए पनि विद्यार्थीले आफूले नबुझेको कुरा आफ्नै विद्यालयका विषय शिक्षकलाई सोध्न सक्छन् ।

‘यसरी पूरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने प्रयास गरिएको छ । जसको माध्यमबाट विद्यार्थीहरुलाई शिक्षक सँग दोहोरो अन्तरक्रिया गर्नको लागि टेवा पुगेको छ विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल भने ।

सफल विद्यालयका शिक्षकहरूले पढाउने भएकाले विद्यार्थीको आत्मविश्वास पनि वृद्धि हुने अपेक्षा लिएका छौं,’ पौडेलले भने, ‘शिक्षकहरूले पनि यसलाई तालिमका रूपमा उपयोग गरी आगामी दिनमा नियमित शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।’

चैतमा सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर भर्चुअल कक्षा सुरु गरेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा बिदाबाहेक अन्य दिन नियमित पढाइ हुन्छ । शिक्षकले पढाएको नोट र किताबको भरमा कक्षा १० को परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूले भर्चुअल कक्षामार्फत मनोरन्जन लिएर सिकिरहेको नेपाली विषयका शिक्षक विमल शर्माले बताए । ‘विद्यार्थीमा उत्साह देखिएको छ,’ उनले भने ।

सरस्वती माविका नेपाली र सामाजिक विषयका समेत रहेका शर्माले कक्षामा पढिसकेको पाठ फेरि भर्चुअल कक्षाबाट हेर्न पाएपछि विद्यार्थीहरूले नयाँ ढंगबाट सिक्ने अवसर पाएको बताए ।

‘भर्चुअल कक्षामा पढाएको पाठ मैले पढाइसकेको थिएँ । विद्यार्थीले सहज रूपमा लिएका छन्,’ उनले भने, ‘मैले पढाउने र त्यहाँ पढाउने तरिका फरक छ । विद्यार्थीले मात्रै होइन, मैले पनि नयाँ कुरा सिकिरहेको छु ।’  कक्षा कोठामा सिमित स्रोत र साधनको उपयोगबाट अध्यापन गराउने र प्रयोगाशाला सहित आधुनिक शैक्षिक सामाग्रीको प्रयोगबाट पठनपाठन गराउनुमा फरक त भैहाल्छ  शिक्षक शर्माले भने ।

विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारी भन्छन् भर्चुअल क्लासको माध्यमबाट विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुनेमा विश्वस्त छौ । प्रत्यक्ष देख्न, सुन्न र पढ्न पाउँने भएका कारण पनि यो प्रभावकारी हुनेमा आफूहरु विस्वस्त भएको उनी बताउँछन् । यसबाट विद्यार्थीहरुले थप ज्ञान र शिक्षकको लागि समेत फाइदा पुगेको उनको तर्क छ ।

शिक्षक बिदामा बसेका बेला पनि विद्यार्थीहरू त्यत्तिकै बस्नु पर्दैन । शिक्षक अनुपस्थित भएपनि भर्चुअल कक्षाबाट विद्यार्थीहरुले फाइदा लिन सक्छन् ।  जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक कृष्णप्रसाद अचार्यले भने । जसका कारण सवै विषयको कक्षा भएजस्तो ठान्छन् । यसले विद्यार्थीलाई थप सहयोग भएको छ,’ आचार्यले भने । मावि दरबन्दी नभएका जिल्लाका तीन सामुदायिक विद्यालयमा उक्त प्रविधिको माध्यमबाट क्लास संचालन भएको छ , उनले भने । जसमा सरस्वती माध्यमिक विद्यालय बाजुङ, नवज्योति थम मावि भुकताङ्ले र जनसहयोगी मावि शंकरपोखरीमा भर्चुअल क्लास संचालन भएको र उक्त विद्यालयका विषय शिक्षकहरुको राम्रै प्रतिक्रिया आएको उनले बताए ।

महिनाविच्छे विषयको कार्यतालिका परिर्वतन हुने भएकोले शिक्षकहरुले अलि कठिनाइ मानेता पनि समग्रमा राम्रै रेसपोन्स आएको छ , यसले विद्यार्थीहरुलाई प्रविधिसँग अध्ययन गर्नको लागि टेवा पु¥याएको छ आचार्यले भने ।

यस वर्षको बजेट भाषणमा ग्रामीण र दुर्गम क्षेत्रका एक सय सामुदायिक विद्यालयहरूमा परीक्षणका रूपमा ब्रोडब्यान्ड इन्टरनेटका माध्यमबाट अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन सुरु गर्ने घोषणा गरिएको थियो । यो प्रविधि लागू गर्न १८ करोड ९४ लाख रुपैयाँसमेत व्यवस्था गरिएको थियो ।

केन्द्रका अनुसार एउटा विद्यालयमा पाँच लाख रुपैयाँ खर्च गरेर भर्चुअल कक्षा सुरु भएको हो । आउँदो वर्षमा माध्यमिक तहमा शून्य र न्यून शिक्षक दरबन्दी भएका थप एक सय विद्यालयमा भर्चुअल कक्षा सुरु गरिने मन्त्री पौडेलले बताए । केन्द्रले यसअघि रेडियोमार्फत शिक्षक तालिम, घरमा बसेर एसएलसी तयारी गर्नेलाई श्रव्यदृश्य सामग्री उत्पादन गर्दै आएको थियो । गत वर्ष तराई आन्दोलन र नाकाबन्दीले विद्यार्थीले पढ्न नपाएपछि टेलिभिजन र रेडियोमार्फत एसएलसी तयारी कक्षा गरेको थियो ।

गत वर्षको प्रभाव न्यून

गत वर्ष तराईका आठ जिल्लाका विद्यार्थीलाई लक्षित गरेर सुरु गरेको टेलिभिजन कार्यक्रमको प्रभावको बारेमा कान्तिपुरले अध्ययन गरेको थियो । सरकारले गत वर्ष नेपाल टेलिभिजन र टीभी टुडेबाट कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर टेलिभिजनबाट एसएलसी तयारी कक्षा गराएको थियो । सर्वेक्षणमा सहभागी आठ सय ५१ विद्यार्थीमध्ये दुई सय ३३ ले मात्रै आमसञ्चार माध्यम (रेडियो, टीभी र मोबाइल एप) बाट पढेको पाइएको थियो । दुई सय ३३ मध्ये ४० जनाले मात्रै टेलिभिजन हेरेर अध्ययन गरेको पाइएको थियो । यो संख्या जम्मा सर्वेक्षणमा सहभागी ८ सय ५१ को ४.७० प्रतिशत मात्रै हो ।

भर्चुअल कक्षा ः कुन जिल्लाका कति विद्यालयमा ?

जसमा काठमाडौंमा शिक्षकले पढाएको कुरा ती विद्यालयमा रहेका विद्यार्थीहरुले ४९ इन्चको टेलिभिजनमार्फत प्रत्यक्ष हेर्न पाउने ब्यवस्था गरिएको छ ।

सरकारले शिक्षामा प्रविधी प्रयोग गर्ने रणनीति अन्तर्गत तत्कालका लागि अहिले ११ जिल्लाका छानिएका एक सय विद्यालयमा यो प्रविधीमार्फत पढाइ सुरु गरेको हो । दूरशिक्षा विभागको भर्चुअल विभागकाअनुसार पहिलो चरणमा गणित, अंग्रेजी र विज्ञान विषयमा इन्ट्रानेटमार्फत पढाउन थालिएको हो ।

भर्चुअल कक्षा ११ जिल्लाका १ सय स्कुलबाहेक ४ वटा तालिम केन्द्रमा समेत सञ्चालन भइरहेको छ । यसरी भर्चुअल कक्षा सञ्चालन गरिएका तालिम केन्द्रहरुमा शैक्षिक तालिम केन्द्र, जनकपुर, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी, शैक्षिक तालिम केन्द्र धुलिखेल र शैक्षिक तालिम केन्द्र दमौली रहेका छन् ।  अब बेबसाइट र युट्युबमा समेत उक्त कक्षाका रेकर्डेड फाइलहरु राखेर विद्यार्थीहरुले चाहेको समयमा हेर्न सकिने ब्यवस्था पनि दूरशिक्षाले मिलाउने तयारी गरिरहेको छ ।

काभ्रे –१५

सिन्धुपाल्चोक –१२

धादिङ –११

सिन्धुलीका–१०

गोरखा –१०

नुवाकोट –१०

मकवानपुरका– ९

रामेछाप –८

दोलखा –८

ओखलढुंगा– ७

पर्वत –३

रसुवा –२