भदौ ८, काठमाडौँ । भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ । 

बुधबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, काठमाडौँ । भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ । 

बुधबा"/>

2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको प्रस्ताव: चितवनसम्म पेट्रोलियम पाइपलाइन, सुनौलीसम्म ग्यास

भदौ ८, काठमाडौँ । भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ । 

बुधबार साँझ भारतीय उद्योगी–व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री देउवासँग यस्तो प्रस्ताव गरेका हुन् ।

अक्टोबरमा शिलान्यास

राज्यमन्त्री प्रधानले नेपालको प्रस्तावअनुसार रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न भारत तयार रहेको बताए । त्यस्तै, भारतले गोरखपुरसम्म प्राकृतिक ग्यासको पाइपलाइन विस्तार गरिसकेको जानकारी दिँदै उनले त्यसलाई नेपालले चाहे सुनौलीसम्म विस्तार गरिने बताए । आगामी अक्टोबरमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने उनले बताए । यसका लागि समय मिलाउन उनले प्रधानमन्त्री देउवालाई आग्रहसमेत गरे ।

प्रत्येक पम्पमा २५ जनालाई रोजगारी

‘भारतले पहिलोपटक बहुदेशीय पेट्रोलियम पाइपलाइन बनाउन लागेको हो,’ राज्यमन्त्री प्रधानले भने, ‘त्यसलाई चितवनसम्म विस्तार गर्न तयार छौँ ।’ सोही रुटमा ग्यासको पाइपलाइनसमेत बनाउन सकिने उनले बताए । यसका लागि नेपालसँग साझेदारी गर्न भारत तयार रहेकोसमेत उनले बताए । नेपालीकै लगानी र आइओसीसँगको साझेदारीमा नेपालमा सयवटा पेट्रोलपम्प खोल्न उनले प्रस्ताव गरे । ‘हामी आफैँ लगानी गरेर आउटले खोल्न चाहँदैनौँ,’ उनले भने, ‘प्रत्येक पम्पमा २५ जनालाई रोजगारी दिने गरी नेपाली उद्यमीसँग साझेदारी गरेर पम्प खोल्न चाहन्छौँ ।’

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री देउवाले भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरे । ‘हामीले थुप्र्रै नीति–कानुन ल्याइसकेका छौँ र दोस्रो चरणको आर्थिक सुधार पनि सुरु गरेका छौँ,’ उनले भने, ‘नेपालमा आएर लगानी गर्नुहोस् ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले समेत नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अग्रह गरे । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ