2026-06-26 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो’

2017-08-25

भदौ ९, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाउनुभएको छ । 

नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो— “प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नेपालको संविधान संशोधन प्रक्रियालगायतका विषयमा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमानमा आँच पु¥याएको छ ।” 

बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा आपत्तिजनक भएको अध्यक्ष ओलीले बताउनुभयो । 

उहाँले बाढी पहिरो र डुबानपीडितको राहत, उद्धार र पुनःस्थापनाको कामलाई अझै प्रभावकारी बनाउन सरकारको पुनः ध्यानाकर्षण गराउँदै पीडितलाई राहत दिने काममा पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको पनि स्मरण गराउनुभयो । 

एमालेले बाढीपहिरो र डुबानपीडितलाई राहत दिन पार्टीका सांसदहरुको एक महिनाको तलबबापत जम्मा भएको करिब रु एक करोड रकम सरकारलाई हस्तान्तरण गरिसकेको जानकारीसमेत अध्यक्ष ओलीले दिनुभयो । 

अध्यक्ष ओलीलाई बिदाइ गर्न उपाध्यक्ष वामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । अध्यक्ष ओली स्वास्थ्य परीक्षण गरी यही भदौ १४ गते स्वदेश फर्कनुहुनेछ । उहाँका साथमा धर्मपत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य जानुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ