लोकेन्द्र प्रशाद जोशी/भदौ १०, दार्चुला । सुदूरपश्चिमको महान चाड गौरा विधिवत रुपमा सनिबारबाट सुरु भएको छ । 

भाद्र कृष्ण पञ्चमीदेखी आरम्भ हुने गौरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ १०, दार्चुला । सुदूरपश्चिमको महान चाड गौरा विधिवत रुपमा सनिबारबाट सुरु भएको छ । 

भाद्र कृष्ण पञ्चमीदेखी आरम्भ हुने गौरा"/>

2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला लगायत सुदुरपश्चिमका जिल्लामा गौरा पर्बको माहोल, शनिबार घरघरमा पञ्चबिरोडी राखीयो


लोकेन्द्र प्रशाद जोशी/भदौ १०, दार्चुला । सुदूरपश्चिमको महान चाड गौरा विधिवत रुपमा सनिबारबाट सुरु भएको छ । 

भाद्र कृष्ण पञ्चमीदेखी आरम्भ हुने गौरा पर्वको पहिलो दिन महिला हरुले घर–घरमा तामाका भाडामा विरुडा (पञ्चअन्न) भिजाएर पर्वको थालनी गरेका छन् ।

भाद्र पञ्चमीका दिन महिलाहरुले व्रत वसी गहु, केराऊ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई धोएर भिजाउने गर्दछन । यिनै पांचअन्नको मिश्रणलाई विरुडा भन्ने गरिन्छ भने यस दिनलाई विरुडा पञ्चमीका नामले चिन्ने गरिन्छ । 

आज दार्चुला जिल्लामापनि घरघरमा बिरोडा तामाको भाडामा भिजाएर  राखीएको छ । शनीबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन रही आएको छ । धोएको बिरोडाले सप्तमि र अष्टमीका दिन गौरालाइ पुज्ने गरीन्छ । 

सप्तमिको दिन भित्र गौरा भनिन्छ, अर्थात सानो गौरा महिलाहरुले गौरा तयार गर्ने साथै रातभरी गौरालाइ पहरा दिने पुज्ने बत्ती बाल्ने र अष्टमी पर्बको बिहानै नुहाइ धुवाइ गौरालाइ मन्दीर लैजानुपुर्ब पुजा गर्ने गरीन्छ । महिलाहरुले गौरा पुजनपछि नचाउँने झाक्रिहरु काम्ने र गौरा खेलाउँदै मन्दीर पुगाइन्छ । आजकै दिनबाट गाउँघरमा गौराको माहोल सुरु भएको लेकम गाउँपालीका ५ का हरुली जोशीले बताउँनुभयो ।

सप्तमीका दिन गौरा देवीलाई नजिकैका मठमन्दिरमा भित्र्याएर पुजा अर्चना गरी विवाहित महिलाहरुले दुव धागो चढाउने गर्दछन भने अठवाली अर्थात गौराअष्टमीका दिन निराहार व्रत वसेर गौरापर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पुजा अर्चना गर्दछन । यसरी चढाएको धागोलाइ दुबधागो र सप्तमी भनीन्छ । गौरा पर्वको प्रमुख आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ ।

त्यतिमात्रै नभएर सामाजिक कुरीति, विकृति–विसंगती विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाहरुले यस अवसरमा आ–आफ्ना सुख दुःख देउडाका माध्यमवाट व्यक्त गर्दछन ।

गौरा विसर्जन नगरिएसम्म गोरा घर, विभिन्न चौतारा तथा सार्वजनिक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलवद्ध भई स्थानीय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन । गौरा पर्वमा देउडा गीतका माध्यमवाट एक अर्कालाई दुख सुख बाड्नुका साथै सामाजिक सदभाव कायम गर्ने गरिन्छ ।

गौरापर्वमा काम विशेषले घर वाहिर गएकाहरुपनि घर फर्कने गर्दछन । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन निराहार वर्त वसेको आधारमा गौरा पर्व मनाउने धार्मिक मान्यता रहंदै आएको छ । 

अनुकुल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले समाजमा धार्मिक आस्था, आपसी सद्भाव वढाउन मद्धत पु¥याउने मात्र नभई यस पर्वमा व्रत वसि पुजा–अर्चना गर्नाले शुख शान्ती प्राप्त हुने, ईष्टकुल देवता प्रशन्न हुने जनविश्वास रही आएको छ ।

गौरा पर्व भाद्र पञ्चमीका दिन सुरु हुने भएपनि समापन भने फरक–फरक दिन गर्ने गरिन्छ । दार्चुला र बैतडि जिल्लामा भने एक हप्ताबढी समेत गौरापर्बको माहोल रहने गर्दछ । दार्चुलाको लेकम गाउँपालीकामा गौराको दिनपछि खेडि, धोडि, लमधोडिका नामले फरकफरक देबस्थान एब. मन्दीरहरुमा मेला लाग्ने गर्दछ ।

दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरलगायतका सुदुरपश्चिमका जिल्लामा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरुप फरक–फरक दिन पारेर गौरा वर्प मनाईने र समापन गर्नै गरिन्छ । 

सुदुरपश्चिमको मौलिक धार्मिक संस्कृतिलाई समेट्ने गरी मनाईने गौरा पर्व सुदुरपश्चिम संगै भारतको कुमाउ गढ्वालमा समेत मनाउने गरिन्छ । यस्तै हिजोआज काठमान्डौ लगायत प्रदेश नम्बर ७ बाहिर समेत गौरापर्ब मनाउँने डेउँडा प्रतियोगिताको आयोजन गर्ने गरीन्छ ।

गौरा पर्वमा खेलिने देउडा प्रति पछिल्लो समय सवै समुदायको आर्कषण वढ्दै गएको पाईन्छ त्यसैले पनि मौलिक धार्मिक संस्कृतीको जगेर्ना गर्न यस्ता खाले परम्परागत पर्वहरुलाई नयां पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ ।

दार्चुलाको बिभिन्न स्थानमा गौरापर्बकै अबसरमा बिभिन्न कार्यक्रम एब. प्रतियोगिताहरुको समेत आयोजना हुने गरेको छ । गौरापर्बमा दमाहा लगायत बाजागाजाहरुको समेत बिशेष महत्त रहेको छ । 

गौराकै लागी भनेर जिल्ला बाहिर र कामको सिलसिलामा भारत लगायत बिदेश गएकाहरु समेत घर फर्कीरहेका छन । सिमानाकाहरुमा चाडपर्बकैलागी घर फर्कीनेहरुको संख्यामा बृद्धि भएको छ । बजारमा समेत चहलपहल बढेको ब्यपारीहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई