भदौ १९, काठमाडौं । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ । 

अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १९, काठमाडौं । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ । 

अन"/>

2026-09-19 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरलाई ९ करोड कर नतिर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार


भदौ १९, काठमाडौं । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ । 

अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन्। उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन्। बक्यौता कर असुलीका लागि ताकेता गर्न गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरको उम्मेदवार भएपछी आफूले कलेजको प्रबन्ध निर्देशक पद छाडिसकेको बताएका छन्।

कलेज सञ्चालक बोर्डका सदस्यसमेत रहेका अन्सारी महानगर प्रमुखको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकालाई कर नतिरेको विषयमाथि टिप्पणी हुन थालेको छ। 

‘महानगरपालिकाको कर नतिर्ने व्यक्ति मेयरका लागि चुनावमा लड्न लागेको देख्दा अचम्म लागेको छ,’ युवा अभियानकर्मी आसु सर्राफले भने, ‘उनले मतदातालाई मुर्ख ठानेका हुन् कि आफूलाई धेरै बाठो, बुझ्न गाह्रो भयो।’ तत्कालीन उपमहानगरपालिका कार्ययालयले पटकपटक ताकेता गरे पनि नेसनल मेडिकल कलेजले अटेरी गरी घरजग्गा कर नतिरेको हो।

महानगरपालिका कार्यालयका अनुसार नेसनल मेडिकल कलेजले तिर्नुपर्ने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैयाँ ४३ पैसा कर बक्यौता छ। ‘करदाताको घरजग्गा मूल्याङ्कन तथा कर निर्धारण विवरण’ सहितको ३५ दिने पत्रको जवाफ नदिएपछि तत्कालीन उपमहानगरपालिकाको कार्यालयले २०७० वैशाख २३ गतेको गोरखापत्र दैनिकमा बक्यौता असुलीका लागि सार्वजनिक सूचनासमेत छपाएको थियो। -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो