Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

क्यान्सर पीडित नेपालीको उपचारमा आर्थिक समस्या

By kit 8 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । तीन छोराछोरीकी आमा हुन् गीता नेपाली । काखमा ५ बर्षिया छोरी छिन् । जेठी छोरीको घरजम भैसकेको छ भने छोरा भर्खर आफ्नो भविश्यको खोजी गर्दै एसइइ परीक्षाको तयारीमा जुटेका छन् । उमेरले २८ बर्ष लागेकी नेपाली काखमा भएकी सानी ६ बर्षिया छोरीलाई छोडेर श्रीमान्सँगै ठूलो सपना देखेर विदेश गइन ।

काखको बच्चालाई रुहाउँदै विदेशी भूमिमा जान कसलाई पो रहर हुन्छ र तर बाध्यता र घरको आर्थिक अबस्था अतिनै कमजोर भएकाले विदेशमा केहि कमाइ होला र यीनै छोराछोरीको उज्जवल भविष्य बनाउलाई भन्ने मिठो सपना सजाएर खाडी मुलुक बहराइन पुगेकी नेपाली ६ महिना नवित्दै नेपाल फर्किन बाध्य भइन् ।

छोराछोरीलाई उच्च शिक्षा बाट बञ्चित हुन नदिन र उनीहरुको पढाइर घर खर्च जुटाउनकै लागि विदेशी भूमिमा पुगेकी नेपाली शरिरभरी निला डामहरु देखिएपछि र उतै उपचार गर्दा केहि रोग पत्ता नलागेपछि उनी श्रीमान्सँगै उपचार गर्ने भनि नेपाल फर्किन् । २ महिनाको छुट्टी लिएर उपचार गर्न आएकी  नेपाली भरतपुर बहिनी भएका कारण उतै उपचार गर्न सजिलो होला भनी भरपुर गइन ।

विभिन्न अस्पतालमा उपचार गरीन् लाखौ रुपैयाँ खर्च गरीन तर कसैले पनि रोगको पहिचान गर्न सकेनन् । उनलाई अन्त्यमा भरपुर विपी मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न लगियो । भरतपुर अस्पतालमा पुगेपछि बल्ल थाहा भयो कि उनलाई ब्लड क्यान्सर भएको रहेछ ।

२ महिनामा रोग निको होला र फेरी विदेश जाउँला र केही कमाउला भन्ने सोचमा रहेकी उनी अहिले डेढ महिनादेखि अस्पतालको बेडमा थलिएकी छिन् । दैनिक जसो रगत र औषधी चढाउनुपर्ने भएपछि आर्थिक अबस्था कमजोर भएको उक्त परिवारमा थप समस्या पैदा भएको छ ।

उपचाररत रहेकी नेपालीलाई स्याहारसुसार गरीरहेकी उनकी कान्छी बहिनी संगिता नेपाली भन्छिन् दिदीको उपचारको लागि दैनिक १५ हजार खर्च हुन्छ । आर्थिक अबस्था कमजोर छ यहाँ त गरीबलाई बाँच्न पनि कठिन हुने रहेछ ।

लाखौ रुपैयाँ खर्च भैसक्यो, दिदीको स्वास्थ्यमा पनि क्रमिक सुधार हुदै आएको छ  तर अब त औषधी र आवश्यक रगत खर्च गर्नको लागि पनि धौधौ होला जस्तो छ । कसैको सहयोग पाए दिदीले पुर्नजन्म पाउनुहुने थियो ।

उनले सहयोगका लागि  देश तथा विदेशमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरुमा समेत गुहारेकी छिन् । उपचारमा आर्थिक अभाव हुन थालेपछि उनले आफ्नी दिदी बचाइदिन भन्दै सहयोगको लागि याचना गरेकी छिन् । आर्थिक सहयोग कतैबाट भए दिदीको उपचारमा ठूलो राहत पुग्नेछ । त्यसैले मानविय सहयोग गरौ र नेपालीलाई बचाऔं । बहिनी संगिताले भनिन् ।

आर्थिक संकलन

उपचारमा आर्थिक संकट देखिन थालेपछि बहिनी संगिताले सहयोग रसिद तयार गरी आर्थिक सहयो ग जुटाउन हिडिरहेकी छिन् । विभिन्न व्यक्ति संघसंस्थाबाट हालसम्म ६०÷७० हजार जति संकलन भएको उनले बताइन् । दिदीको बारेमा विभिन्न संघसंस्थामा जानकारी गराएपछि व्यक्ति तथा संघसंस्थाले केहिमात्रमा भएपनि सहयोग गरेका छन् । केहि हदमा भएपनि उपचारमा सहयोग भएको छ उनले भनिन् ।

दिदीको उपचारमा धेरै रकम खर्च भयो, खर्च अनुसार दिदीको स्वास्थ्यमा पनि क्रमिक सुधार हुदैछ तर रोग पूर्ण निको भैनसकेकाले आर्थिक सहयोग अतिनै आवश्यक छ । उपचारको लागि रगत, आर्थिक सवैको खाँचो छ । कसैको सानो सहयोगले पनि हामीलाई ठूलो सहयोग हुनेछ । उनले भनिन् ।

छोराछोरीको भविष्यमा चुनौती

छोरा मनोज नेपाली अहिले कक्षा १० मा अध्ययनरत छन् । कुश्मामा रहेको नारायणमाविमा अध्ययनरत नेपाली एसइइ परीक्षाको तयारीमा छन् । अस्पतालको बेडमा आमा जीवन र मृत्युको दोसाँधमा छिन उनी एसइइ परीक्षाको तयारीमा छन् । उनलाई यो अबस्थामा निकै समस्या छ ।  घरको आर्थिक अबस्था कमजोर भएका कारण र भएको रकम पनि आमाको औषधी उपचारमा खर्च भएपछि उनको आगामी उच्च शिक्षाको लागि आर्थिक संकट पैदा हुने देखिन्छ । आमा थलिएर अस्पतालमा भर्नागरे देखि  अंकलको घरमा बसेर पढिरहेका छन् ।

६ बर्षिया छोरी मिरा आमासँगै अस्पतालमा छिन् । उनको पनि पठनपाठनमा समस्या पैदा भैराखेको छ ।