पढ्न करिब 3 मिनेट लाग्छ

टेक शाही/भदौ २४, डोल्पा । जिल्ला अस्पताल डोल्पामा २५ बर्षे एक महिलाले एकै पटक ३ वटा छोरी जन्माएकी छिन ।

शुक्रबार साँझ जिल्ला अस्पतालमा चिकित्सकको सामान्य परामर्शबाट पुतकला धरालाले ३ वटा छोरीलाइ जन्म दिएकी जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । त्रिपूरा सुन्दरी नगरपालिका वडा नँ ३ सूँ गाँउकी २५ बर्षिया पूतकलाका आफना तिम्ल्याहा छोरी सहित ६ वटा छोरी भएको पूतकलाले जानकारि दिइन । उनका अनुसार सानै उमेरमा बिबाह गरेको र यस भन्दा पहिले नै ३ वटा छोरी भएको र यसपालिबाट ६ छोरीकी आमा भएको बताइन ।

सूँ गाँउमा रहेको प्रसुति गृहमा शुक्रबार बिहान ८ बजे एक छोरीको जन्म भएको र अर्को पनि बच्चा भएको थाहा भएपछि जिल्ला अस्पतालमा रिफर गरेको डक्टर हिम बिक्रम शाहीले जानकारि दिए । जिल्ला अस्पतालमा ल्याएर भिडियो एक्सरे गर्दा अझै २ वटा बच्चा भएको र तिम्ल्याहा बच्चाकोे आमा बन्ने डक्टरले आफन्तलाइ जानकारि दिएको पूतकलाका श्रिमान धर्म बहादुर धरालाले बताए ।

नर्स र डक्टरको सामान्य परामर्शमा अर्का २ वटा छोरीको साँझ ६ बजे पछि जन्म भएको स्टाफनर्स तारा बुढा (बाहोरा)ले बताइन । नर्स बुढाका अनुसार तिम्ल्याहा बच्चा भए पनि सुत्केरि सामान्य रुपमा भयो सबै सकुशल छन हामी खुसि छौ यो डोल्पा जिल्लाको पहिलो घटना भएको र सफल प्रसुति भएको बताइन ।

सामान्य शल्यक्रिया बाहेक जटिल शल्यक्रिया गर्नको लागि दक्ष जनशक्ति र उपकरणहरु नभएको बेलामा डोल्पा जस्तो ठाँउमा तिम्ल्याहा बच्चा सकुशल जन्मनु आस्र्चयजनक कुरा नै भएको डक्टर अनूप मँगल समालले बताए । उनका अनुसार छोरि र आमाको स्वास्थ्य अबस्था राम्रो रहेको र अब ३ दिन सम्म एन्टीवाइटिक दिए पछि आफन्तले घर लैजान सक्ने बताए ।

डोल्पामा यसरि एकै आमाले एकै पटक तिम्ल्याहा बच्चा सामान्य रुपमा जन्माएको देख्दा अचम्म मानेको अनमी सँगिता बुढाले बताइन । उनले भनिन आमा कति महान छिन एकै पटक ३–३ वटा बच्चाको जन्म दिन सक्छीन ।

१६ बर्षको उमेरमा बिबाह गरेका धरालाका जोडि १० बर्षमा ६ वटा छोरीका आमा बाबु बनेका छन । कलिलो उमेरामा बिबाह भयो पहिले नै ३ वटा छोरी जन्मीए अब यस पालि छोराको आशामा बसेका थियौ यस पालि भने एकै पटक ३ छोरी जन्मीए तिम्ल्याहा छोरीका बुवा धर्म बहादुर धरालाले भने ।

अब छोरी जन्मीएकोमा कुनै दुख छैन छोरा चाँहिदैन श्रीमती बाँचिन खुसि छु अहिले सम्मका सबै छोरी स्वस्थ छन मलाइ सन्तानको कुनै इच्छा छैन सबै पुगेको छ धर्मलालले खुसिका शब्द सुनाए । उनले भने छोराको आसामा आमा गुमाउदैन मेरी जीवन सँगिनि गुमाउदैन यिनै ६ वटा छोरी नै मेरा छोरा हुन ।

पछिल्ला बर्षमा जिल्ला अस्पताल र गाँउगाँउमा रहेका प्रसुति गृहमा सुत्केरी गराउने महिलाहरुको सँख्यामा बृछि भएको छ ।

प्रसुति गृहमा बच्चा जन्माए बापत सरकारले १ हजार ६ सय रुपैया,न्यानो झोला र गर्भवति अबस्थामा ४ पटक जाँच गराए बापत थप ४ सय गरि २ हजार नगद रुपैया दिने गरेको जिल्ला अस्पताल डोल्पाका प्रमूख डक्टर श्रीकान्त अग्रवालले जानकारि दिए ।