2026-10-29 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुतकलि बनिन पहिलो तीमल्याहा छोरीकी आमा

टेक शाही/भदौ २४, डोल्पा । जिल्ला अस्पताल डोल्पामा २५ बर्षे एक महिलाले एकै पटक ३ वटा छोरी जन्माएकी छिन । 

शुक्रबार साँझ जिल्ला अस्पतालमा चिकित्सकको सामान्य परामर्शबाट पुतकला धरालाले ३ वटा छोरीलाइ जन्म दिएकी जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ ।  त्रिपूरा सुन्दरी नगरपालिका वडा नँ ३ सूँ गाँउकी २५ बर्षिया पूतकलाका आफना तिम्ल्याहा छोरी सहित ६ वटा छोरी भएको पूतकलाले जानकारि दिइन । उनका अनुसार सानै उमेरमा बिबाह गरेको र यस भन्दा पहिले नै ३ वटा छोरी भएको र यसपालिबाट ६ छोरीकी आमा भएको बताइन । 

सूँ गाँउमा रहेको प्रसुति गृहमा शुक्रबार बिहान ८ बजे एक छोरीको जन्म भएको र अर्को पनि बच्चा भएको थाहा भएपछि जिल्ला अस्पतालमा रिफर गरेको डक्टर हिम बिक्रम शाहीले जानकारि दिए । जिल्ला अस्पतालमा ल्याएर भिडियो एक्सरे गर्दा अझै २ वटा बच्चा भएको र तिम्ल्याहा बच्चाकोे आमा बन्ने डक्टरले आफन्तलाइ जानकारि दिएको पूतकलाका श्रिमान धर्म बहादुर धरालाले बताए । 

नर्स र डक्टरको सामान्य परामर्शमा अर्का २ वटा छोरीको साँझ ६ बजे पछि जन्म भएको स्टाफनर्स तारा बुढा (बाहोरा)ले बताइन । नर्स बुढाका अनुसार तिम्ल्याहा बच्चा भए पनि सुत्केरि सामान्य रुपमा भयो सबै सकुशल छन हामी खुसि छौ यो डोल्पा जिल्लाको पहिलो घटना भएको र सफल प्रसुति भएको बताइन । 

सामान्य शल्यक्रिया बाहेक जटिल शल्यक्रिया गर्नको लागि दक्ष जनशक्ति र उपकरणहरु नभएको बेलामा डोल्पा जस्तो ठाँउमा तिम्ल्याहा बच्चा सकुशल जन्मनु आस्र्चयजनक कुरा नै भएको डक्टर अनूप मँगल समालले बताए । उनका अनुसार छोरि र आमाको स्वास्थ्य अबस्था राम्रो रहेको र अब ३ दिन सम्म एन्टीवाइटिक दिए पछि आफन्तले घर लैजान सक्ने बताए । 

डोल्पामा यसरि एकै आमाले एकै पटक तिम्ल्याहा बच्चा सामान्य रुपमा जन्माएको देख्दा अचम्म मानेको अनमी सँगिता बुढाले बताइन । उनले भनिन आमा कति महान छिन एकै पटक ३–३ वटा बच्चाको जन्म दिन सक्छीन । 

१६ बर्षको उमेरमा बिबाह गरेका धरालाका जोडि १० बर्षमा ६ वटा छोरीका आमा बाबु बनेका छन । कलिलो उमेरामा बिबाह भयो पहिले नै ३ वटा छोरी जन्मीए अब यस पालि छोराको आशामा बसेका थियौ यस पालि भने एकै पटक ३ छोरी जन्मीए तिम्ल्याहा छोरीका बुवा धर्म बहादुर धरालाले भने । 

अब छोरी जन्मीएकोमा कुनै दुख छैन छोरा चाँहिदैन श्रीमती बाँचिन खुसि छु अहिले सम्मका सबै छोरी स्वस्थ छन मलाइ सन्तानको कुनै इच्छा छैन सबै पुगेको छ धर्मलालले खुसिका शब्द सुनाए । उनले भने छोराको आसामा आमा गुमाउदैन मेरी जीवन सँगिनि गुमाउदैन यिनै ६ वटा छोरी नै मेरा छोरा हुन । 

पछिल्ला बर्षमा जिल्ला अस्पताल र गाँउगाँउमा रहेका प्रसुति गृहमा सुत्केरी गराउने महिलाहरुको सँख्यामा बृछि भएको छ । 

प्रसुति गृहमा बच्चा जन्माए बापत सरकारले १ हजार ६ सय रुपैया,न्यानो झोला र गर्भवति अबस्थामा ४ पटक जाँच गराए बापत थप ४ सय गरि २ हजार नगद रुपैया दिने गरेको जिल्ला अस्पताल डोल्पाका प्रमूख डक्टर श्रीकान्त अग्रवालले जानकारि दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम