2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आङ छिरिङको जग्गा नकिन्दा उड्डयनका महानिर्देशकलाई हटाउने चलखेल

भदौ ३१, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महमानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधिएको खुलेको छ।

प्राधिकरणको चालू आर्थिक बर्षको बजेटमा यती इनकर्पोरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ। विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ।

गत आइतबार ५ बजे प्राधिकणको करिब ४३ अर्ब रूपैयाँको बजेट पारित गर्न सञ्चालक समितिको बैठक बस्ने तय भएको थियो। सञ्चालक समितिको सदस्यसमेत रहेका मन्त्रालयका महासचिव सुरेश आचार्य बैठकमा उपस्थित नभएपछि कोरम नपुगि बैठक बसेको थिएन।

स्रोतका अनुसार यती इन्कर्पोरेटका मालिक आङछिरिङ शेर्पाका नाममा रहेको उक्त जग्गा किन्ने रकम बजेटमा नपरेपछि महासचिव आचार्य बैठकमा सहभागी नभएको र पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई बाटोबाटै फर्काइएको थियो। उक्त जग्गा किन्न ३ अर्बभन्दा माथि लाग्ने अनुमान छ।

शेर्पाले २०६१ सालतिर निकै सस्तो मुल्यमा उक्त जग्गा किनेका थिए। सो जग्गा उनलाई ठूलो नाफा हुने गरी प्राधिकरणको नाममा किनाउन गौतममाथि राजनीतिक दबाब परेको छ। यसरी जग्गा बेचाउन सकेको भए नेपाल आयल निगममा अहिले भएको जग्गा खरिद घोटाला काण्डको पुनरावृत्ति हुने थियो । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो