असोज ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आप्mनै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आप्mनै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् । 

2026-09-19 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव जित्नेहरु आफ्नै सुविधा तोक्नेबाहेक केहि गर्न सक्दैनन्ः धर्मेन्द्र वास्तोला

असोज ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आप्mनै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् । 

तेस्रो चरणको स्थानीय चरणको परिणाम आउने क्रम शुरु हुँदै गर्दा नेता वास्तोलाले दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म यो क्रम चलिराख्ने बताए । 

नेकपा निकट मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिद्वारा राजधानीको अनामनगरस्थित संवाद डबलीमा मंगलबार आयोजित ‘जातीय मुक्ति र वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता वास्तोलाले एकीकृति जनक्रान्तिपछि स्थापना हुने वैज्ञानिक समाजवादी सत्ताले मात्र जातीय मुक्ति हुने बताए । साथै उनले क्रान्तिको झण्डामुनि गोलबन्द हुन पनि मगरलगायत सबै समूदायसँग आग्रह गरे ।

राज्यसत्ता दलाल चरित्रको भएकै कारण देशभित्र जाति र समूदाय आर्थिक, राजनैतिक र साँस्कृतिक रुपमा उत्पीडनमा परिरहेको बताउँदै त्यसलाई क्रान्तिले खारेज गरेर जनताको सत्ता स्थापना गर्नुको विकल्प नरहेको बताए । जनयुद्धले देशमा जातीय विभेदविरुद्ध चेतना फैलाएको र अन्तरजातीय विवाहको चरणमा समाज प्रवेश भएको भनाई उनको छ । 

‘बाहुन–क्षेत्रीको चुलामा दलित र दलितको चुलामा जनजाति÷बाहुनक्षेत्री पस्ने वातावरण जनयुद्धले गरेको हो । तर जनयुद्ध नेतृत्व गरेका प्रचण्डले गद्दारी गरेकाले परिस्थिति उल्टिँदै गएको छ’ नेता वास्तोलाले भने । परिस्थितिलाई उल्टिन नदिन नेपाली क्रान्ति छेड्नै पर्ने उनले बताए । त्यसनिम्ति नेकपा तयार भएको बताए । अहिलेको राज्यप्रणाली कायम रहेसम्म संसद र कार्यालयमा बसेर गाडी सुविधा र भोगविलासका नीति बनाउने तर गाडी उत्पादन गर्ने र बिक्री गर्ने बहस गर्न नसक्ने बताए ।

संसदीय पार्टीले भन्ने गरिएको बर्जुवा समाजवाद नक्कली भएको र नेपालीलाई स्वाधीन बनाउने एउटै शासन प्रणाली वैज्ञानिक समाजवाद मात्र भएको प्रष्ट गरे । वैज्ञानिक समाजवादमा देशभित्र जातीय विभेद लुप्त भएर सबै नेपाली जाति बन्ने व्याख्या गर्दै साम्यवादमा नेपाली चाहिं पहिचानको रुपमा मात्र रहने बताए । नेकपाको गन्तव्य साम्यवाद भएको बताए । 

कार्यक्रममा मोर्चाका अध्यक्ष गमबहादुर श्रीसमगरले ‘जातीय मुक्ति र वैज्ञानिक समाजवाद’ शीर्षकमा दुई पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । पार्टीकै स्थायी समिति सदस्य एवं पश्चिम कमाण्ड इन्चार्ज सन्तोष बुढामगरले जनयुद्धले नेपाल जातीय मुक्ति दिलाउने खाका प्रस्तुत गरेपनि तत्कालीन नेतृत्वले दिएको धोका कारण शासन प्रणालीमै जातीय विभेद कायम रहेको बताए । वर्तमान शासन प्रणालीले समूदायविशेषका केही व्यक्तिलाई टिपेर उच्च पदमा लैजाने सिंगो समूदायको अधिकार खाइदिने काम भएको भन्दै क्रान्ति गर्न सबै नेपाली एक हुन आग्रह गरे ।

‘गणतन्त्र’पछि पनि देशमा जातीय, क्षेत्रीय र वर्गीय विभेद झनै फस्टाउँदै गुण्डाहरुको हात जाने क्रम शुरु भएको ईन्चार्ज बुढामगरले बताए । त्यसलाई रोकेर जनताको सत्ता चलाउन पनि जनमुक्ति सेना अपरिहार्य भएको उनको भनाई छ ।

अन्तरक्रियामा पूर्वसांसद रामबहादुर थापामगर, ज्ञानेन्द्र पुनमगर, गौबहादुर आलेमगर, लोकबहादुर थापामगर, ध्वजबहादुर बुढामगर, धनबहादुर सुर्यवंशी मगरलगायत नेता तथा अभियन्ताहरुले नयाँ संविधानले जातीय विभेद हटाउन ठोस व्यवस्था गर्न नसकेको भन्दै नयाँ व्यवस्थाबाट मात्र विभेद अन्त्य हुने विश्वास व्यक्त गरे । 

देशले निकास खोजेको टिप्पणी गर्दै क्रान्तिले मात्र समाज समृद्ध हुने उनीहरुको धारणा छ । जातीय उत्पीडन राज्यले नै गरिरहेको भन्दै नयाँ राज्य व्यवस्था अनिवार्य भइसकेको बताए । उनीहरुले विश्व दृष्टिकोण र समाजको आवश्यकतालाई मिलाएर लैजान सकेमात्र नेपाली समाज समृद्ध हुने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता