2026-06-25 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावलाई ९८ हजार म्यादी प्रहरी भर्ना गरिने, तलब र सुबिधा पनि तोकियो

2017-10-10

असोज २४, काठमाडौँ । सरकारले १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । 

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउँदा पनि करिब एक लाख सुरक्षाकर्मी अपुग हुने निष्कर्ष निकाल्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । म्यादी प्रहरी भर्ना गर्ने प्रस्तावलाई निर्वाचन आयोगले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने निर्णय गरेको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खाना/खाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।

यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने निर्णय गरेको छ । म्यादी प्रहरी भर्नाका लागि ‘म्यादी प्रहरी भर्ना छनोटसम्बन्धी मापदण्ड २०७४’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

भूकम्पपीडितलाई तीन लाख निब्र्याजी ऋण

मन्त्रिपरिषद्ले भूकम्पपीडित परिवारलाई घर धितो राखेर तीन लाख रुपैयाँ निब्र्याजी ऋण दिनेसमेत निर्णय गरेको छ । भूकम्पपीडितले घर बनाउन समस्या भएमा सो प्रयोजनका लागि सरकारले दिने तीन लाख रुपैयाँ निब्र्याजी ऋण पाउनेछन् । 

त्यस्तो ऋण पाँच वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ । मन्त्रिपरिषद्ले भूकम्पपीडितहरूले सामूहिक जमानीमा त्यस्तो ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई समेत स्वीकृत गरेको छ ।

दरबन्दी स्वीकृत

मन्त्रिपरिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नयाँ दरबन्दी र संगठन संरचना स्वीकृत गरेको छ । आयोगमा प्रशासन सेवा समूहतर्फको सचिवको नेतृत्वमा ५३ जना कर्मचारी रहनेछन् । 

स्वीकृत दरबन्दीअनुसार आयोगमा प्रशासन सेवा समूहका तीन र प्राविधिक समूहका एकजना सहसचिव रहनेछन् । यस्तै, प्रशासन, न्याय र राजस्व समूहका पाँच उपसचिवको दरबन्दी स्वीकृत भएको छ ।

बाँकी तथ्यांक अधिकृत, इन्जिनियर, अर्थशास्त्री, शाखा अधिकृत, लेखा अधिकृत, नायव सुब्बालगायतका तहमा कर्मचारीका लागि दरबन्दी स्वीकृत भएको छ । यस्तै, मन्त्रिपरिषद्ले आयोगलाई ३९ जना अतिरिक्त कर्मचारी राख्न पनि स्वीकृत दिएको छ । 

आयोगले संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने, त्यसका लागि विस्तृत आधार र ढाँचा निर्धारण गर्नेलगायतको जिम्मेवारी पाएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक