2026-06-26 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन उडाइँदैछ काठमाडौँको आकाशमा दिनहु बेलुन ?

2017-10-11

असोज २५, काठमाडौँ । फागुनको पहिलो साता कीर्तिपुरस्थित् त्रिविमाथिको आकाशमा एकाबिहानै एउटा नयाँ खालको बेलुन उड्नेछ । 

त्यो कुनै कम्पनीको नयाँ उत्पादकको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादलको अवस्था जानकारी दिने ‘वेदर बेलुन’ अर्थात् ‘रेडियो सोन्ड’ हो । हरेक बिहान ५:४५ बजे उडाइने त्यो बेलुन जमिनबाट करिब २० किलोमिटर माथिसम्म पुग्नेछ र त्यहाँको तापक्रम, वायुको गति, वायुको दिशा, बादलको अवस्था, सापेक्षिक आद्र्रतालगायतको अवस्थाबारे जमिन/सतहमा रहेको तथ्यांक संकलन गर्ने स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ । ती तथ्यांकलाई तल बसेका प्राविधिकले कम्प्युटरमा डाउनलोड गर्नेछन् र पछि विश्लेषण गर्नेछन् ।

‘आधा घण्टामै वायुमण्डलको माथिल्लो तहसम्म पुगेर बेलुनमा जोडिएको सेन्सरले तथ्यांक पठाउनेछ,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले मंगलवार कान्तिपुरसित भने, ‘हरेक १०/१० सेकेन्डमा बेलुनले दिने तथ्यांकले उच्च वायुमण्डलको अवस्था बुझ्न सकिनेछ र मौसमको पूर्वानुमान गर्न हामीलाई सहयोग पुग्नेछ ।’ विभागले जमिनमा खडा गरिएका मौसम मापन केन्द्रले दिएको तथ्यांक विश्लेषण गर्दै मौसमको प्रक्षेपण गर्ने गरेको छ । यदाकदा मौसमविदको अनुमान भन्दा मौसम ठ्याक्कै उल्टो हुँदा सर्वसाधारले आलोचना गर्ने गरेका छन् ।

विभागमा सञ्चालित ‘जलवायु प्रकोप समुत्थान निर्माण आयोजना’मार्फत् बेलुन उडाएर वायुमण्डलको माथिल्लो तहको अवस्थासम्वन्धि तथ्यांक हासिल गर्न खोजिएको हो । ती वेदर बेलुन (रेडियो सोन्ड) जर्मनीबाट काठमाडौं विमानस्थलस्थित् भन्सारमा ल्याइसकिएको जानकारी शर्माले दिए । केही दिनमा भन्सारबाट छुटाएर त्रिविस्थित कन्टेनगरमा राखिनेछ । शर्माका अनुसार बेलुनमा हाइड्रोजन ग्यास भरिएको हुन्छ, जुन हल्का हुने भएकाले छिट्टै माथिल्लो तहसम्म पुग्नेछ र क्षणभरमै जमिनमा रहेको स्टेसनलाई माथिको मौसमी तथ्यांक दिनेछ ।

मौसमी अवस्थासम्बन्धी तथ्यांक दिइसकेपछि करिब ४० मिनेटमा बेलुन आकाशमै आफैं फुट्नेछ । उच्च वायुमण्डलमा वायुको प्रेसर कम हुने भएकाले बेलुन लामो समयसम्म उड्न सक्दैन र आफैं फुट्छ । बेलुन हरेक दिन विहान पौने ६ बजे त्रिविस्थित जल तथा मौसम केन्द्रीय विभागस्थित् परिसरबाट उडाइनेछ र त्यहाँ एउटा कार्यालय खडा गरिएको छ । तथ्यांक संकलन र विश्लेषणका लागि त्यहीं प्राविधिक खटिनेछन् । उनीहरुले उच्च वायुमण्डलबाट प्राप्त तथ्यांक विश्लेषण गर्नेछन् ।

बेलुन राख्न भारतबाट कन्टेनर ल्याइएको छ । ती कन्टेनर पनि कीर्तिपुरमै छन् । बेलुनको आकार करिब १० फिट लम्बाई र ६ फिट चौडाइको हुनेछ । बेलुनको स्वरुप सामान्य खालको बेलुनजस्तै एकातिर फुकेको र अर्कोतिर सुकेको हुनेछ । एउटा बेलुनको मूल्य करिब १५ देखि १७ हजार रुपैयाँ (१५० युरो) पर्छ । विभागले करिब दुई वर्षसम्म उडाउन पुग्ने बेलुन र सेन्सर जर्मनबाट काठमाडौं ल्याइसकेको छ ।

नाओकास्ट कम्पनीमार्फत् टेन्डर गरी विभागले ती उपकरण भित्र्याएको हो । विभागले एक वर्षअघि ती उपकरण खरीदका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो । महानिर्देशक शर्माका अनुसार यो परियोजनामा एक वर्षमा करिब १० करोड रुपैयाँ खर्च हुनेछ । बेलुन उडाउन आवश्यक पर्ने हाइड्रोजन ग्यास पनि विभाग आफैंले उत्पादन गर्ने तयारीसमेत गरेको छ । अत्यधिक प्रज्वलनशिल हुने भएकाले अन्य स्थानबाट ओसार पसार गर्न असम्भव छ ।

पहिलो चरणमा काठमाडौंमा सुरु गरिने यो प्रविधि यसै वर्ष विराटनगर र सुर्खेतमा पनि विस्तार गरिनेछ । अहिले विभागले गर्दै आएको मौसम प्रक्षेपण अर्थात् मौसम अनुमानमा यो प्रविधिले थप विश्वसनीय बनाउने जानकारहरुले बताएका छन् । ‘जमिनमा रहेका मौसम मापन केन्द्रले दिने तथ्यांक र उच्च वायुमण्डलबाट समेत तथ्यांक प्राप्त हुने भएपछि हाम्रो प्रक्षेपण वैज्ञानिक हुनेछ’, महानिर्देशक शर्माले थपे, ‘यो प्रविधिको सुरुवातपछि हामीले गरेको मौसमी अनुमान मिल्दैन भनेर कुरा काट्ने दिन सकिनेछन् ।’

अहिले विभागले नेपालभर मौसम मापन गर्न १४० स्थानमा केन्द्र खडा गरेको छ । जमिनको सहतको मात्र तथ्यांक विश्लेषण गरेर गरिने प्रक्षेपण भरपर्दो नहुने भएकाले विभागले नयाँ प्रविधिको प्रयोग गर्न खोजेको हो ।

प्राविधिक कर्मचारी अपुग हुने

नयाँ प्रविधिमा आधारित भएर मौसमी प्रक्षेपण गर्न अहिले भएको जनशक्ति कम हुने देखिएको छ । अहिले विभागसंग मौसम, बाढी, इन्जिनियर र अन्य विज्ञ गरी करिब २ सय ५० जना छन् । शर्माले नयाँ प्रविधिसहितको प्रक्षेपणका लागि दोब्बर कर्मचारी आवश्यक पर्ने भएकाले त्यसअनुसार प्रस्ताव गरिएको बताए । -कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ