2026-09-03 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिल्ला अस्पताल डोल्पामा औषधिको अभाव, स्थानिय तहले औषधि खरिद गरेन

टेक शाही/असार २५, डोल्पा । जिल्ला अस्पताल डोल्पामा औषधिको दैनिक अभाब हुदै गएको छ । 

स्थानिय  सरकारले औषधि खरिद नगर्दा जिल्ला अस्पतालमा औषधिको अभाब भएको हो । सरकारले निशुल्क उपलब्ध गराउने ७० किसिमका औषधिहरु भए पनि सबै किसिमका औषधिहरु जिल्लामा उपलब्ध नहुने अस्पताल स्रोतले जानकारि दिएको छ । 

स्रोतका अनुसार बर्ष भरिमा ६० देखि ६५ वटा औषधिहरु बितरण हुने गरेको र सबै खाले औषधि बितरण पनि नहुने र बितरण पनि नहुने जानकारि दिएको छ । 

कुल १५ सैयाको क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा दैनिक बितरण गरिने सामान्य औषधिको समेत अभाब हुदै गएको पाइएको छ । सम्बेदनशिल अबस्थामा लगाउन पर्ने सुइ समेतको अभाब भए पछि बिरामीहरु तराइका जिल्लामा रिफर गर्नु पर्ने अबस्था आएको डक्टर भिम रोकायाले बताए । उनका अनुसार सामान्य सूइ पनि सकिन थालेकोले बिरामीको चाप बढदै गरेकोले केहि दिनमा समस्या झनै बढ्ने बताए । 

स्थानिय सरकारको निमार्ण भए पछि सबै अधिकार तथा प्रकृया स्थानिय तहमा रहेकोले औषधि खरिदमा सम्स्या भएको जिल्ला अस्पतलाले जनाएको छ । स्थानिय तहमा माग गरि सेकेको र कहिले सम्म खरिद गरि आपुर्ति हुने भन्ने बिषयमा यकिन नभएको अस्पतालले जनाएको छ । 

सामान्य दैनिक खर्च देखि कर्मचारिको तलब भत्ता र अन्य खरिद तथा निमार्णका सबै अधिकार स्थानिय तहमा रहेकोले जिल्ला अस्पतालमा दैनिक खर्च हुने सामाग्रिको अभाब रहेको अस्पतालका कर्मचारिहरु बताछन । उनिहरु भन्छन बिरामीले प्रयोग गरेका तन्ना र अन्य सामाग्रि धुने साबुन र सरफ पनि प्रयाप्त मात्रामा नगरपालिकाले दिदैन समस्या हुने गर्छ ।

स्थानिय तहमा सबै अधिकार ग पछि स्वास्थयमा झनै ठुलो समस्या आएको छ । यता नगरपालिकामा भने कर्मचारिको अभाव र चाडपर्वले परामर्श तथा काम गर्ने कुनै पनि ब्यक्ति भेटिदैनन । जति सक्दो छिटै सबै समस्याको समाधान हुने नगर प्रमूख गणेश बहादुर शाहीले बताए । 

सरकारले उपलब्ध गराउने औषधि पनि लामो समय देखि खरिद भएको छैन । २०७४ जेष्ठ महिनामा खरिद भएको औषधिले हाल सम्म काम गरेको र क्षेत्रिय कार्यालयले पठाएको थप आबास्यक औषधि नेपालगञ्जको बिमानस्थलमा थन्कीएको जिल्ला स्वास्थय प्रमूख श्रीकान्त अग्रवालले जानकारि दिए । उनका अनुसार तिहार सम्म क्षेत्रले पठाएको औषधि जिल्लामा आउने बताए । 

जिल्ला अस्पतालले सञ्चालन गरेको फार्मेसिमा समेत औषधिको अभाब भएको छ । बिरामीले सस्तोमा शुल्क लाग्ने औषधि पाउने गरेको भए पनि स्थानिय तह र अस्पताल ब्यवस्थापन समिति कस्ले खरिद गर्ने भन्ने बिषयमा टुङ्गो नलागे पछि फार्मेसिमा समेत औषधि अभाब भएको हो । 

सरकारले जनशक्ति पठाए पनि जिल्ला अस्पतालमा भने प्रयाप्त मात्रामा उपकरणहरु नभएको कर्मचारिहरु बताउछन । अस्पतालमा ६ जना डक्टर सहित अन्य दर्जनौ कर्मचारि भएको उनिहरु बताउछन । बिरामीहरु आउने चेकजाँच हुने तर औषधि नै नभए पछि बजारको औषिमा भर पर्नु पर्ने डक्टरहरुले बताए । 

सरकारले स्थानिय तहमा कर्मचारि नपठाउने र अधिकार पनि के कति हो भन्ने बारे प्रष्ट नभएको कारण जिल्ला अस्पतालमा ओषधिको अभाब श्रृजना दैनिक बढ्दै गएको नागरिक समाज डोल्पाको दावि छ । तत्काल औषधि जस्तो अत्याबास्यक कुरामा निकास निकाल्न नगारिक समाजले स्थानिय तह जिल्ला अस्पताललाइ आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही