Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालकै ४२ औँ जिल्लामा डोल्पा खुला दिशामूक्त जिल्ला घोषणा (फोटोफिचर)

By kit 9 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/कात्तिक १०, डोल्पा । नेपालकै ४२ औँ र कर्णालीको तेस्रोमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भएको छ ।

बिहिबार एक दुनैमा घोषणा सभाको आयोजना गरि सन २०१७ भित्रै डोल्पा जिल्लालाइ खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्ण राज बि.सि.ले खुला दिशामूक्त घोषणा सभाको उद्धघाटन गर्नु भएको थियो ।

सचिव बि.सि. सहित मध्यपश्चिमाञ्चल क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुरागाइ खानेपानी तथा ढल निकास बिभागका महानिर्देशक तेजराज भट्ट सहित १२ जनाको टोलीले घोषणा सभामा मूख्य अतिथि बन्नु भएको थियो ।

प्राकृतिक रुपमा धनि डोल्पा जिल्लामा खुला दिशामुक्त जिल्ला घोषणा हुनु आफैमा राम्रो कुरा भएको दुनै बजारको किनारा भएर बग्ने भेरि नदिलाइ सधै सफा र स्वच्छ बनाइ राख्न हरेक नागरिक र सरोकारवाला निकाय लाग्न पर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्ण राज बि.सि.ले बताए । उनले भने ढल निकास तथा निर्माणको लागि लाग्ने खर्चको लागि आफू सदैब तयार रहेको र अब पूर्ण सरुफाइमा जुट्न सबैमा आग्रह समेत गरे ।

नेपालकै ४२ औँ र कर्णालीको तेस्रोमा डोल्पालाइ खुला दिशामूक्त जिल्ला घोषणा गर्न सफल भएको भन्दै राष्ट्रिय सरसफाइ समितिले कदर प्रदान गरेको छ । कदर पत्र प्राप्त गरि सकेपछि डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भएको आधार हुने यूनिसेफ, एसएनभि र किर्डाक नेपालले बताए । यि निकायहरु डोल्पा जिल्ला खुला दिशामूक्त गर्न सहयोग गर्ने दातृ निकायका रुपमाकामगर्दै आएकाथिए ।

सविकका २३ गाविस हालका ८ वटा स्थानियतह रहेको डोल्पा मानेपाल सरकार र बिभिन्न दातृ निकायले २००८ देखि नै सरसफाई अभियानको सूरुवा तिथालेको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जानकारि दिएको छ ।

सन २००८बाट सूरुवाति गरिएको सरसफाइ अभिायनका बेलामा साविकको त्रिपूराकोट गाविसको रुम गाँउ र जुफाल गाविसको डाँगिवाडा गाँउलाइ खुलादिशामूक्त गाँउ घोषणा गरिएको त्यति बेला डोल्पा जिल्लामा सौचालय १२ प्रतिशत रहेको जिल्ला खाने पानि सरसफाइ तथा स्वच्छता समन्वय समितिको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो ९ बर्षमा डोल्पा जिल्लाका ७ हजार ८ सय ११ घरधुरि सबैमासत प्रतिशत सौचालयहरु निमार्ण भए पछि निरन्तरको अनुगमन र बिभिन्न निकायको तथ्याङ्कका आधारमा डोल्पा जिल्लालाइ खुला दिशामूक्त जिल्ला घोषणा गर्न सफलभएको डिवाससिसिका सँयोजक शेर बहादुर बुढाले बताए । बुढाले भने डोल्पा जस्तो भौगोलिक रुपमा ठुलो जिल्लालाइ खु्ला दिशामूक्त जिल्ला घोषणा गर्न पाउदा खुसि हुनुका साथै सबै ठाँउमा सकारात्मक सन्देश दिन सेकेको बताए ।

सरकारको पहलमा डोल्पा जिल्लाका सबै घरधुरिमा सौचालयहरु निर्माण भएको जिल्ला खानेपानि सरसफाइतथा स्वच्छता समन्वय समितिले तथ्याङ्कमा उल्लेख गरेको छ । २०६५ मा जिल्लाको सबै भन्दा पहिलो गाविसका रुपमा ल्हाँ गाविस घोषणा  गरिएको थियो भने २०७३ कार्तिक २५ गते मुकोछ गाविसलाइ जिल्लाकै अन्तिम खुलादिशा मूक्त गाविस घोषणा गरिएको किर्डाक नेपालका सँयोजक सुरेन्द्र ढकालले बताए ।

खुलादिशा मूक्त जिल्ला घोषणा सभामा बिभिन्न गाँउबाट लामानाँचा,पैसेरी र चुट्कीला जस्ता स्थानिय कला र साँस्कृति झल्कने झाँकिहरु प्रस्तुत गरेकाथिए ।

डोल्पा जिल्लामा ३६ हजार भन्दा धेरै जनसँख्या रहेको जिल्लाहो भने कुल७हजार ८ सय ११ घरधुरिले सौचालय निमार्ण गरि प्रयोग गरेका छन । केहि बस्तिहरुमा भने खानेपानीको अभाबका कारण सौचालयहरु निमार्ण भएपनि प्रयोगमा आउन नसेको स्थानियहरु बताउछन ।

सरकारको लक्ष्य अनूरुप डोल्पा खुला दिशामूक्त भएपनि सरसफाइका दृष्टिीकोणले भने कम्जोर नै मानिने बिभिन्न ब्क्तित्वको दाबि रहेको छ । उनिहरु भन्छन अब हरेक निकाय र नागरिकले पूर्ण सरसफाइ माध्यान दिएर गम्भिर रुपमा लाग्नु जरुरि छ ।

सरसफाइलाइ पहिलो प्राथमिकतामा राखेर अगाडि बढे आनतरिक तथा बाह्पर्यटक भित्रने र डोल्पा अझै पर्यटकिय रुपमा चिनिने सबैको अनुमान रहेको छ । पूर्ण सरसफाइको लागि भने डोल्पाली नागरिक र सरोकारवालाहरु माथि ठुलो जिम्मेवारि थपिएको छ ।