Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ बैशाख मंगलवार
पर्बत - PBT

पर्वतबाट काँग्रेसलाई १० हजार मतले पछार्ने बामगठबन्धनको यस्तो छ तयारी- भिडियो सहित

२०७४, १३ कार्तिक सोमबार ०६:४९


पर्वत । स्थानीय तहको चुनावमा निकै विरोधीका रुपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र पछिल्लो समयमा मिल्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि माओवादी र एमालेको संयुक्त गठबन्धन बनेपछि त्यसको प्रभाव देशभर देखिएको हो । पर्वतका माओवादी र एमालेका शिर्ष नेताहरुले कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरी एकले अर्कोलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

दुबै पार्टीको तर्फबाट उमेदवारलाई भोट हाल्न हिचकिचाउन नहुने भन्दै कार्यक्रममा प्रशिक्षण दिएका छन् । एमाले र माओवादीबीचको बाम गठबन्धन योजनालाई सफल पु¥याउने उद्देश्यले आयोजित बृहतकार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरुले माओवादीले सूर्य चिन्हमा र एमालेले हसियाँ हथौडा मतदानगर्न संयुक्त रुपमा आह्वान गरेका हुन् ।
नेकपा एमाले पर्वत काठमाडौं सम्पर्क मञ्च र माओवादी केन्द्र पर्वत काठमाडौं जनसम्पर्क मञ्चको संयुक्त आयोजनामा गरी यस्तो बताएका हुन् ।
एमाले पोलिटब्यूरो सदस्य बेदुराम भूषालले नेपाली क्रान्तिले एउटा चरण पार गरेको बताए । उनले देश सामान्ति युगबाट पूँजीबादीयुगमा पु¥याउन दुई पुस्ताखर्च भएको र अब समाजवादउन्मुख अर्थतन्त्र निमार्ण गर्ने अबको दायित्व भएको बताए ।

भूषालले अब समाजवादतर्फ जाने शक्तिले मुलुकको नेतृत्वलिने समय आएको धारणा राखे । “अहिलेको बाम एकता सोही नेतृत्व निमार्णकालागि हो । यो आजको आवश्यकता भएकाले एमाले माओवादी कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ,” उनले भने ।
एमाले केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय बिभागका प्रमुख बिजय गुरुङ्गले बाम एकता ऐतिहासिक भएको बताउँदै यसको सफलतामा मात्रै बामपन्थीहरुको भविश्य उज्ज्वल हुने बताए । उनले पर्वतमा लामो समय देखि कांग्रेसको दबदबा रहेको अवस्थामा बामपन्थीहरुको चट्टानी एकताले मात्रै तोड्न सक्ने भएकाले त्यसका लागि सबै नेता कार्यकर्ताहरु दृढ संकल्पित भएर लाग्नुपर्छ बताए ।

एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले अहिलेको वाम एकतापछि निर्वाचन गठबन्धनका उमेदवारले जिति सकेको बताउँदै त्यसको औपचारिक घोषणा गर्न मात्रै रहेको बताएका छन् । उनले एमाले र माओबादी केन्द्रका उमेदवारहरुले गठबन्धनको पक्षमा इमान्दारपुर्वक मतदान गरेमा कांग्रेसलाई पर्वतबाटै बिदा गर्ने दिन नजिक आएको भन्दै सबै इमान्दर भएर लाग्न आब्हान पनि गरे ।
भेलालाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष पदम गिरीले टोल टोलमा भएको अन्तरबिरोध हटाएर दुबै पार्टीका उमेदवारलाई जिताउन एक जुट हुनुपर्ने बताए । “बामशक्ति बीचको एकताले श्रमजिवी जनतालाई उत्साहित र गौरवान्वित बनाएको छ,” उनले भने, “निर्वाचनमा मुखमा आएको बेला भोली बामएकता गर्ने उद्देश्य लिएको छ । यसलाई सफल पार्न कार्यकर्ताको साथ हुनुपर्छ ।”

त्यस्तै, माओवादी नेता उमकान्त भूर्तिलले नेतृत्वले खास समयमा कुनै निर्णय लिनुपर्ने र यो उपर्युक्त समय भएको बताए । उनले पनि विगतको तिक्तता हटाउँदै माओवादीले एमालेको र एमालेले माओवादीको कार्यकर्ता भएको मान्नुपर्ने बताए ।

त्यस्तै एमाले निवर्तमान सांसद विकास लम्सालले बाम एकतापछि पर्वतमा आफूहरुको जित सुनिश्चित भएको बताए । उनले भने, “बाम एकताले सबै कार्यकर्तामा उत्साह छाएको छ । हामीले जितिसकेका छौं । अब, १० हजारभन्दा बढी मतले जित्नुपर्ने जिकिर गरे ।”
माओवादी पोलिटब्युरो सदस्य नेत्र अधिकारीले बाम एकताले आमकार्यकर्ता र नेपालीमा उत्साह छाएको बताउँदै सबै पक्षलाई जिताउन लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा निवर्तमान सांसद कल्पना चापगाईँले बामशक्तिको एकता देखेर बिरोधी अत्तालिएको बताउँदै सबैलाई एक हुन आग्रह गरिन । कार्यक्रमकको अध्यक्षता गरेका एमाले पर्वत काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण गदालले बाम गठबन्धनले एकजुट भएर सांसदमा बहुमत ल्याउँदै सरकार निमार्ण गर्नुपर्ने बताए ।
सम्पर्क मञ्चका उपाध्यक्ष शिव पौडेलले नेतृत्वले देशलाई समृद्ध बनाउन कम्युनिष्ट जनता र कार्यकर्ताको भावना बुझेर अगाडि बढेको बताए । उनले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

गत स्थानीय तहको निर्वाचनमा पर्वतमा नेपाली काङ्ग्रेसले २९ हजार १२ मत, नेकपा एमालेले २९ हजार ३ सय ९० र माओवादी केन्द्रले ५ हजार ८ सय ९४ मत पाएका थिए । अन्य दलले भने ५ सय मत कटाएका छैनन् । यस अधारमा पर्वतमा वाम दलको कूल मत ३५ हजार २ सय ८४ छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय ७२ मत बढी हो । आगामी निर्वाचनका लागि पर्वतमा १ लाख ७ हजार २ सय ९८ मतदाता रहेका छन् । जसका कारण पनि बामपन्थी गठबन्धनले यसपाली पर्वतमा काँग्रेसको गण भत्काउने दाउमा रहेको देखिन्छ ।

भिडियोमा हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी