२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ छोरा अन्माएर ज्वाईँ भित्र्याइन्छ

२०७४, १९ कार्तिक आईतवार ०२:२९

कात्तिक १९, काठमाडौँ । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । 

नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो नै त्याग्नुपर्‍यो ।

बेस्रा दम्पती सन्थाल समुदायमा नौलो पात्र होइनन् । सन्थाल जातिमा घरज्वाइँ राख्ने परम्परा परापूर्वकालदेखिकै हो । ‘हामी छोरी अर्काको घरमा पठाउँदैनौं । ज्वाइँ ल्याएर घरजम गर्ने गर्छौं,’ झापा सरणामतीका ३० वर्षीय मुन्सी बासकीले भने । ‘अन्य जातिले छोरी अन्माएर कुटुम्बलाई दिइन्छ तर यो समुदायमा फरक प्रचलन छ,’ झापाका कांग्रेस नेता टंक विश्वकर्माले भने ।


पूर्वीनेपालमा सन्थाल समुदाय करिब ५ हजार संख्यामा छ । झापा सुरुंगा आसपास वन क्षेत्रमा बसोवास गर्ने यो समुदायका करिब ४० घरमध्ये अधिकांशमा घरज्वाइँ छन् । लाल बेस्राका आमा रानी वासकीले २६ वर्षअघि बुबा हणमा वासकीलाई विवाह गरी भित्र्याएकी थिइन् । सरणामती- ६ झापामा जन्मे÷हुर्केका हणमा हाल घरज्वाइँ भएर झापाको भाकोडुब्बामा बस्दै आएका छन् ।

सन्थाल समुदायको अन्य जातिको भन्दा छुट्टै विवाह संस्कार रहेको स्थानीय बताउँछन् । यो समुदायमा ज्वाइँ खोज्न रस्साकस्सी पर्छ । लाल बेस्रालाई घरज्वाइँ बनाएकी सुमीकी आमाले देवन मि श्रलाई बिहे गरी आफ्नो घर भित्र्याएकी थिइन् ।

रानी सामुदायिक वन क्षेत्रमा सन्थाल परिवारले टहरा बनाएर बस्दै आएका छन् । वन क्षेत्रमा पाँच वर्ष अघिसम्म ५/७ परिवार मात्र थिए तर ज्वाइँको संख्या बढ्दै जाँदा परिवार पनि फैलिएको र सामुदायिक वनमा अतिक्रमणसमेत बाक्लेको समूहका अध्यक्ष रामबहादुर कार्कीले बताए । 

उनले नजिकै नयाँ बस्ती निर्माण गरी व्यवस्थापन गरिएको बताए । आफ्नो थातथलो यकिन नभएका सन्थाल जातिको आफ्नै नाममा जग्गा जमिन छैन । खुला ऐलानी जग्गामा टहरा बनाई सुकुम्बासीका रूपमा बसोवास गर्दै आएका छन् ।

सन्थालहरू श्रमको खोजीमा सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल छिरेर बसोवास गर्दै आएका हुन् । हाल उनीहरूको संख्या बढ्दै गएको सेक्टर वन सुरुंगा झापाका सहायक वन अधिकृत ओमनाथ भट्टराईले बताए । अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते