By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    9 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    9 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    10 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    10 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: औषधिको भाउ २२०० प्रतिशत सस्तिन सक्ने, यस्तो छ कारण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > औषधिको भाउ २२०० प्रतिशत सस्तिन सक्ने, यस्तो छ कारण
काठमाडौँ - KTMबिशेष खबर

औषधिको भाउ २२०० प्रतिशत सस्तिन सक्ने, यस्तो छ कारण

साझासवाल
Last updated: November 14, 2017 2:28 am
साझासवाल
5 Min Read
Share

कात्तिक २८, काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ । 

Contents
  • खरिदको प्रक्रिया
  • किन यो अवधारणा ?

कान्तिपुर दैनिकमा खबर छ– बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने गरेको निष्कर्षपछि लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव एक उच्च स्तरीय अध्ययन समितिले पेस गरेको हो ।

करिब ६ महिनाअघि स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा ‘सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिस गर्न’ मन्त्रिपरिषद्द्वारा गठित उच्चस्तरीय समितिले सरकारलाई उक्त सुझावसहितको प्रतिवेदन सोमबार बुझाएको हो । प्रतिवेदनअनुसार उक्त औषधि सरकारी अस्पताल प्रयोजनका लागि मात्र भन्ने स्टिकरसमेत प्रयोग गर्नुपर्ने छ । 

नुन, चिनी तथा रासायनिक मल व्यवस्थापनका लागि स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसनजस्तै छुट्टै संयन्त्र औषधि वितरणका लागि गठन गर्नुपर्ने छ ।

सरकारले उक्त प्रतिवेदनको सुझावअनुसार औषधि वितरण गर्न सके आम सर्वसाधारणलाई औषधिमा तत्कालै ४० प्रतिशतभन्दा बढी सस्तो हुने समितिका संयोजक तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका निवर्तमान सचिव विनोद केसीले बताए । 

‘बढीमा त सयौं प्रतिशत पनि सस्तो हुन सक्छ,’ उनले भने, ‘औषधिको प्रकृतिअनुसार फरक हुनेछ ।’ उक्त सुझाव बुझेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयनका लागि मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्देशनसमेत दिइसकेका छन् ।

खरिदको प्रक्रिया

सुझाव प्रतिवेदनअनुसार उत्पादकसँग सरकारले सोझै औषधि खरिद गर्नुपूर्व आयातकर्ता मुलुकसँग जीटूजी सम्झौता गर्नुपर्ने छ । ‘सकेसम्म धेरैभन्दा धेरै देशसँग यस्तो सम्झौता गर्ने तर कम्तीमा दुई देशसँग भने जीटुजी गर्नैपर्ने,’ सुझाव प्रतिवेदनमा भनिएको छ । 

सम्झौतामा उक्त मुलुकका कम्पनीहरूले नेपालमा एक्स फ्याक्ट्री ९ट्याक्सहरूसमेत जोडेको मूल्य० मूल्यमा औषधि निर्यात गर्न सक्ने सर्त हुनुपर्छ । यो सम्झौतापछि नेपालका लागि आवश्यक औषधि आयात गर्न सक्ने सम्भावित कम्पनीहरूको सूची तयार पार्ने छ । 

त्यसपछि सरकारी अस्पतालका फार्मेसीलाई आवश्यक पर्ने औषधि पाक्षिक, मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक मागको आकलन गरी पाँच वर्षभित्र आवश्यक पर्ने परिमाणको किसिम र संख्या यकिन गर्ने छ ।

उक्त विवरण जीटूजी सम्झौता भएका मुलुकका कम्पनीहरूमा पठाउने छ । समितिका संयोजक तथा हालका रक्षा सचिव केसीका अनुसार उक्त कम्पनीहरूले हाम्रा लागि आवश्यक औषधिको विवरणअनुसार मूल्य सूची पठाउने छन् ।

 ‘उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको औषधिको गुण्स्तरको प्रमाणपत्र समेत पेस गर्नुपर्ने छ,’ उनले भने, ‘त्यसपछि हाम्रो सरकारले कुन कम्पनीको सस्तो औषधि हो, सोही कम्पनीसँग खरिद गर्न सक्छ ।’

खरिद गरेर ल्याउने र यहाँ फार्मेसीसम्म ढुवानी तथा अन्य व्यवस्थापकीय लागत भने यतैको छुट्टै संयन्त्रले बेहोर्नुपर्ने छ । ‘यसका लागि ऐनरनियम आवश्यक छन् । यो काम पूरा गर्न ६र८ महिना लाग्छ,’ उनले भने । 

यस प्रणालीमा काम गर्न समितिले व्यवसायी, आयातकर्ता, उत्पादक, सरकारी फार्मेसीका अधिकारी तथा विदेशस्थित स्वास्थ्यमन्त्रीहरू र औषधि कम्पनीका अधिकारीहरूसँग छलफल गरेको जनाइएको छ ।

किन यो अवधारणा ?

यो अवधारणामा काम गर्न भारत र बंगलादेश तत्कालै तयार रहेको पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बताए । बंगलादेशले पनि जीटूजी सम्झौता गरी सोझै उत्पादकसँग खरिद गरी सर्वसाधारणलाई बिक्रीको अवधारणा अवलम्बन गरिरहेको उनले बताए । 

‘मैले बंगलादेश र भारतका स्वास्थ्यमन्त्रीसँग कुरा गर्दा प्रस्ताव ल्याउनु भनेका थिए,’ थापाले भने, ‘उनीहरू र त्यहाँका उत्पादकहरूसँग मूल्यसूचीका विषयमा छलफल गरेपछि हामी कैयौं गुणा सस्तोमा औषधि वितरण गर्न सक्छौं भन्ने लागेको हो ।’

समितिले पेस गरेको सुझाव कार्यान्वयन हुन सके एकै पटक आम नागरिकले सस्तो मूल्यमा औषधि प्रयोग गर्न सक्ने उनले बताए । ‘हामीले त्यतिबेला गरेको अध्ययनपछि नेपाली बजारमा प्रयोग भइरहेका औषधिहरू उपभोक्ताले २२ सय प्रतिशतसम्म महँगो तिर्नुपरेको निष्कर्ष निकालेका थियौं,’ उनले अर्को तथ्य सुनाए, ‘नेपालमा हुने जम्मा खर्चको ६० प्रतिशत त औषधिमा खर्च गर्दा रहेछन् ।’ उक्त कारणले सरकारले नै खरिद गरी बिक्री गर्न सके सर्वसाधारणलाई निकै राहत हुने उनको दाबी छ ।

थापाका अनुसार स्वदेशी तथा विदेशी उद्योग, उत्पादक, वितरक तथा सरकारी निकायका अधिकारीहरू र अन्य माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनअनुसार वास्तविक मूल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम औषधिमा तिर्नुपरेको निष्कर्ष निकालिएको हो । केही–केही औषधिहरूमा पाँच हजार प्रतिशतसम्म बढी रकम असुल गर्ने भेटिएको छ । 

उक्त अध्ययन स्वास्थ्य मन्त्रालयको औषधि व्यवस्थापन हेर्ने निकायले भारतका विभिन्न प्रान्तमा गई उद्योग, आयातकर्ता र त्यहाँको सरकारसँग समेत लिएको थियो ।

‘सरकारी नीतिअनुसार अस्पतालमा स्थापित फार्मेसी पसलमा उत्पादकबाट सीधै औषधि खरिद गर्न सकियो भने त्यही गुणस्तरमा अहिलेको भन्दा निकै सस्तोमा पाइने निष्कर्ष निकाल्यांै,’ उनले भने, ‘उक्त निष्कर्षपछि मन्त्रिपरिषद् बैठकमा औषधिको मूल्यसहित उपभोक्तामा परेको भारको विवरण पेस र यसको व्यवस्थापन कार्यालयका अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिएको हो ।’ उक्त समितिमा अर्थ, वाणिज्य तथा आपूर्ति, उद्योग, स्वास्थ्यलगायत मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । 

६ महिना लगाई उक्त समितिले सरकारलाई सुझाव पेस गरेको हो । सरकारले सोझै खरिद गर्दा उत्पादकपछिका बिचौलिया (आयातकर्ता, स्टोरकर्ता, डाक्टरलाई कमिसन र अन्य प्रशासनिक) लगायत शुल्कको भार उपभोक्तालाई नपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article विद्धालयको वार्षिक उत्सवमा शिक्षक, विधार्थी सम्मानित
Next Article अर्जुन जोशीमाथि पदम गिरीको फेरी अर्को प्रहार– संसदमा पूर्व सांसदलाई पेन्सन माउनेलाई फेरी भोट माग्न ल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

57 years ago
काठमाडौँ - KTMखेलकुद

यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

दराजको दशैं धमाका, सेलमा अनलाइन सपिङसँगै लुडो प्रतियोगितासम्म

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?