2026-06-26 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुरामलाई हराऔं नारायणकाजीलाई जिताऔं भन्दै ११ बुद्धिजीवीले निकाले विज्ञप्ति

2017-11-19

मङ्सिर ३, काठमाडौँ । बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो । 

चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

शनिबार वक्तव्य जारी गर्दै उनीहरूले गोरखाका ‘पारखी जनतालाई अवसरवादी चिन्न अपिल’ गरे । नयाँ शक्ति पार्टी संयोजक भट्टराई गोरखा-२ मा माओवादी नेता नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन् । दुई वर्षसम्म एउटै पार्टीका दुई उपाध्यक्षमध्ये हाल श्रेष्ठका पक्षमा र भट्टराईका विपक्षमा वाम बुद्धिजीवीको वक्तव्यले गठबन्धनमय चुनावी अभियानलाई नयाँ मोड दिएको छ ।

‘डा. भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्रै नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरूबाट उनी अवसरवादको प्रतिनिधिपात्र बनेका छन् भन्ने हाम्रो ठम्याइ हो,’ वक्तव्यमा भनिएको छ, ‘गोरखाका पारखी जनताले यसप्रकारका अवसरवादीलाई पहिचान गरी सही निर्णय गर्ने हामीले अपेक्षा गरेका छौं ।’ वक्तव्यमा वाम गठबन्धनलगायत समग्र विषय समेटिए पनि भट्टराईका विपक्षमा बुद्धिजीवी खनिएपछि अन्य विषय छायामा परेका छन् ।

असोज १७ गते एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँगै राष्ट्रिय सभागृहमा वाम एकतासम्म पुग्ने गरी चुनावी गठबन्धन गर्ने संकल्प गरेका भट्टराई केही दिन नबित्दै कांग्रेससँग तालमेल गर्न पुगे । 

यसअघि वैशाख र जेठको स्थानीय चुनावमा कांग्रेससँग तालमेल गर्ने पालोमा माओवादी पार्टी थियो, जसलाई वाम बुद्धिजीवीहरूले अहिलेको जस्तो ‘सैद्धान्तिक महत्व’ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ