2026-10-29 08:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाका ६६ वटा मतदान केन्द्रमा कर्मचारि पुगे, माथिल्लो डोल्पामा थप कर्मचारि लगिँदै

टेक शाही/मङ्सिर ७, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारिहरु पुगेका छन ।  

६६ वटा मतदान केन्द्रका लागि ४ सय ३० जना कर्मचारि सबै अँगका सुरक्षा कर्मिहरु मतदान स्थलमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । ७ गते साँझ सम्म दुनैमा रहेको एक केन्द्र बाहेक अन्य सबैमा कर्मचारि पुगि सक्ने पनि कार्यालय जानकारि दिएको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट माथिल्लो डोल्पाका १९ मतदान केन्द्रमा कर्मचारि र सुरक्षाकर्मि पुर्याउने काम दैनिक भएको  प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिए । उनका अनुसार हाल सम्म प्रति मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४ जना कर्मचारि र सुरक्षाकर्मि मतदान स्थलमा पुगि सकेको र उक्त मतदान केन्द्रमा खटिएका अन्य सहायक कर्मचारिहरु निर्वाचन सम्म पुर्याउने बताए । 

माथिल्लो डोल्पाका शे–फोक्सुण्डोका २ वटा मतदान केन्द्र र छार्काको एक मतदान केन्द्रमा भने पैदलमार्गबाट कर्मचारि पुगेकाछन । अन्य सबै मतदान केन्द्रका सहायक कर्मचारि र कार्यालय सहयोगि दुनैमा नै छन । हेलिकप्टरले अक्सीजन कमि र उच्च पाहाडका कारण धेरै लोड उठाउन नँसक्ने भएकोले पनि भने अनुसार कर्मचारिहरु नपुगेको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार निर्वाचनको दिन सम्म पनि कर्मचारि पुग्ने र मतदानमा कुनै पनि समस्या नआउने बताए । 

बुधबार ७ गते राति १२ बजेबाट मौन अबधि सूरु हुने भएकोले मतदान स्थलको ब्यवस्थापनका लागि पनि आधा कर्मचारिहरु लिनु परेको प्रमुख जिल्ला अधिकारीले बताए । 

उनले भने नेपाली सेनाले माथिल्लो डोल्पाका सबै मतदान केन्द्रमा कर्मचारि पुर्याउने छ । तर तल्लो डोल्पाका सबै मतदान केन्द्रमा कर्मचारिहरु र सबै अँगका कर्मचारिहरु मतदान स्थालमा पुगि सकेको निर्वाचन कार्यालयले जानकारि दिएको छ । मुख्य निर्वाचन कार्यालयले भनेको छ सुरक्षा ब्यवस्था कडा पारिएको छ ढुक्क मतदान गर्न मतदातालाइ आग्रह गरको छ । 

२२ सय भन्दा धेरै परिचय पत्र ८ र ९ गते पहिलो पटक बाडिदै 

माथिल्लो डोल्पाका शे–फोक्सुण्डो गाँउपालिकामा मात्र १ हजार ३ सय भन्दा धेरै मतदाताले मतदाता परिचय पत्र पहिलो पटक पाउने भएका छन । स्थानिय तहमा निबिरोध निर्वाचित भए पछि त्यस गाँउपालिकाका मतदाताले पहिलो पटक परिचय पत्र पाउने भएका जिल्ला निर्वाचन अधिकारि बिक्रम गिरिले जानकारि दिए । उनका अनुसार जिल्लाका २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटै स्थानिय तहका हरेक मतदान केन्द्रमा धेरै थोरै गरि करिव २२ सय भन्दा धेरै मतदाता परिचय पत्र बितरण हुने बताए । 

मासिर ७ गते साँझ सम्म सबै मतदान केन्द्रमा कर्मचारिहरु पुगिसक्ने र सबैले मतदान स्थल ब्यवस्थापन गरि ८ र ९ गते नयाँ मतदाता परिचय पत्र बितरण हुने निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । निर्वाचनका लागि आबस्यक पर्ने झण्डै ४४ प्रकारका सामाग्रीहरु सबै मतदान केन्द्रमा पुगेकोले कर्मचारिहरुले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ । 

माथिल्लो डोल्पामा कर्मचारिहरु हेलिकप्टरबाट पठाउदै गरिएको र तल्लो डोल्पामा आन्तरिक सडक बिस्तार हुने स्थान सम्म जिपमा र त्यस पछि मजुबद सुरक्षाका बिचबाट मतदान स्थलामा कर्मचारि पठाइएको जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारि केशबराज आर्चायले बताए । उनका अनुसार अतिसम्बेदनशिल ३३ मतदान स्थल,१८ सम्बेदनशिल र १५ सामान्य गरि ६६ वटै मतदान केन्द्रमा सबै अँगका सुरक्षा कर्मि परिचालित गरिएकोले मतदाताले ढुक्क भएर १० गते बिहान ७ बजेबाट मतदान गर्न अनुरोध गरेको बताए । 

उच्च हिमाली जिल्ला भएको कारण मौसमा परिवर्तन आइ रहेकोले मतदाता र कर्मचारिहरु त्रसित भएका छन । बिहानै देखि बादल लागे पछि माथिल्लो डोल्पा जाने कर्मचारिहरु त्रसित भएका हुन । सदरमुकाम दुनैको तापक्रम नै माइनसमा रहेको अबस्थामा माथिल्लो डोल्पाका सबै क्षेत्रमा बदलि पछि हिमपात हुने सम्भावाना देखिएको छ । 

१० गते भन्दा पहिले नै हिमपात भएमा निर्वाचनमा गएका कर्मचारि सुरक्षाकर्मि मात्र होइन स्थानियको पनि ठुलो क्षेति हुने स्थानियहरुको अनुमान रहेको छ । हिमाली जिल्लाको लागि यो सयम तराइका बिभिन्न ठाँउमा झर्ने बेला भएको कारण निर्वाचन ढिला भएकोले जाडो खानु पर्ने बाध्यता रहेको माथिल्लो डोल्पाका स्थानियहरु बताउछन । 

केहिदिन देखि बादली हुने र चिसौ दैनिक माइनसमा झर्ने गरकोले माथिल्लो डोल्पाको जनजिवन प्रभाबित बनेको छ । चिसो खेपेर पनि माथिल्लो डोल्पाका मतदाता मतदान गर्नमा उत्सुक रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम