2026-09-03 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाका ६६ वटा मतदान केन्द्रमा कर्मचारि पुगे, माथिल्लो डोल्पामा थप कर्मचारि लगिँदै

टेक शाही/मङ्सिर ७, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारिहरु पुगेका छन ।  

६६ वटा मतदान केन्द्रका लागि ४ सय ३० जना कर्मचारि सबै अँगका सुरक्षा कर्मिहरु मतदान स्थलमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । ७ गते साँझ सम्म दुनैमा रहेको एक केन्द्र बाहेक अन्य सबैमा कर्मचारि पुगि सक्ने पनि कार्यालय जानकारि दिएको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट माथिल्लो डोल्पाका १९ मतदान केन्द्रमा कर्मचारि र सुरक्षाकर्मि पुर्याउने काम दैनिक भएको  प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिए । उनका अनुसार हाल सम्म प्रति मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४ जना कर्मचारि र सुरक्षाकर्मि मतदान स्थलमा पुगि सकेको र उक्त मतदान केन्द्रमा खटिएका अन्य सहायक कर्मचारिहरु निर्वाचन सम्म पुर्याउने बताए । 

माथिल्लो डोल्पाका शे–फोक्सुण्डोका २ वटा मतदान केन्द्र र छार्काको एक मतदान केन्द्रमा भने पैदलमार्गबाट कर्मचारि पुगेकाछन । अन्य सबै मतदान केन्द्रका सहायक कर्मचारि र कार्यालय सहयोगि दुनैमा नै छन । हेलिकप्टरले अक्सीजन कमि र उच्च पाहाडका कारण धेरै लोड उठाउन नँसक्ने भएकोले पनि भने अनुसार कर्मचारिहरु नपुगेको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार निर्वाचनको दिन सम्म पनि कर्मचारि पुग्ने र मतदानमा कुनै पनि समस्या नआउने बताए । 

बुधबार ७ गते राति १२ बजेबाट मौन अबधि सूरु हुने भएकोले मतदान स्थलको ब्यवस्थापनका लागि पनि आधा कर्मचारिहरु लिनु परेको प्रमुख जिल्ला अधिकारीले बताए । 

उनले भने नेपाली सेनाले माथिल्लो डोल्पाका सबै मतदान केन्द्रमा कर्मचारि पुर्याउने छ । तर तल्लो डोल्पाका सबै मतदान केन्द्रमा कर्मचारिहरु र सबै अँगका कर्मचारिहरु मतदान स्थालमा पुगि सकेको निर्वाचन कार्यालयले जानकारि दिएको छ । मुख्य निर्वाचन कार्यालयले भनेको छ सुरक्षा ब्यवस्था कडा पारिएको छ ढुक्क मतदान गर्न मतदातालाइ आग्रह गरको छ । 

२२ सय भन्दा धेरै परिचय पत्र ८ र ९ गते पहिलो पटक बाडिदै 

माथिल्लो डोल्पाका शे–फोक्सुण्डो गाँउपालिकामा मात्र १ हजार ३ सय भन्दा धेरै मतदाताले मतदाता परिचय पत्र पहिलो पटक पाउने भएका छन । स्थानिय तहमा निबिरोध निर्वाचित भए पछि त्यस गाँउपालिकाका मतदाताले पहिलो पटक परिचय पत्र पाउने भएका जिल्ला निर्वाचन अधिकारि बिक्रम गिरिले जानकारि दिए । उनका अनुसार जिल्लाका २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटै स्थानिय तहका हरेक मतदान केन्द्रमा धेरै थोरै गरि करिव २२ सय भन्दा धेरै मतदाता परिचय पत्र बितरण हुने बताए । 

मासिर ७ गते साँझ सम्म सबै मतदान केन्द्रमा कर्मचारिहरु पुगिसक्ने र सबैले मतदान स्थल ब्यवस्थापन गरि ८ र ९ गते नयाँ मतदाता परिचय पत्र बितरण हुने निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । निर्वाचनका लागि आबस्यक पर्ने झण्डै ४४ प्रकारका सामाग्रीहरु सबै मतदान केन्द्रमा पुगेकोले कर्मचारिहरुले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ । 

माथिल्लो डोल्पामा कर्मचारिहरु हेलिकप्टरबाट पठाउदै गरिएको र तल्लो डोल्पामा आन्तरिक सडक बिस्तार हुने स्थान सम्म जिपमा र त्यस पछि मजुबद सुरक्षाका बिचबाट मतदान स्थलामा कर्मचारि पठाइएको जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारि केशबराज आर्चायले बताए । उनका अनुसार अतिसम्बेदनशिल ३३ मतदान स्थल,१८ सम्बेदनशिल र १५ सामान्य गरि ६६ वटै मतदान केन्द्रमा सबै अँगका सुरक्षा कर्मि परिचालित गरिएकोले मतदाताले ढुक्क भएर १० गते बिहान ७ बजेबाट मतदान गर्न अनुरोध गरेको बताए । 

उच्च हिमाली जिल्ला भएको कारण मौसमा परिवर्तन आइ रहेकोले मतदाता र कर्मचारिहरु त्रसित भएका छन । बिहानै देखि बादल लागे पछि माथिल्लो डोल्पा जाने कर्मचारिहरु त्रसित भएका हुन । सदरमुकाम दुनैको तापक्रम नै माइनसमा रहेको अबस्थामा माथिल्लो डोल्पाका सबै क्षेत्रमा बदलि पछि हिमपात हुने सम्भावाना देखिएको छ । 

१० गते भन्दा पहिले नै हिमपात भएमा निर्वाचनमा गएका कर्मचारि सुरक्षाकर्मि मात्र होइन स्थानियको पनि ठुलो क्षेति हुने स्थानियहरुको अनुमान रहेको छ । हिमाली जिल्लाको लागि यो सयम तराइका बिभिन्न ठाँउमा झर्ने बेला भएको कारण निर्वाचन ढिला भएकोले जाडो खानु पर्ने बाध्यता रहेको माथिल्लो डोल्पाका स्थानियहरु बताउछन । 

केहिदिन देखि बादली हुने र चिसौ दैनिक माइनसमा झर्ने गरकोले माथिल्लो डोल्पाको जनजिवन प्रभाबित बनेको छ । चिसो खेपेर पनि माथिल्लो डोल्पाका मतदाता मतदान गर्नमा उत्सुक रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही