2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई हात जोड्दै दलाई लामाले दिए स्पष्टिकरणः बुद्ध लुम्बिनीमै जन्मेका हुन्

मंसिर ११, काठमाडौं । तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् । 

निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् ।

एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । उक्त अभिव्यक्तिप्रति विरोध भएपछि उनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

‘गत महिना मेरठमा भएको अन्तरक्रियाका क्रममा दिएको जवाफप्रति असमझदारी पैदा भएकामा ध्यानाकर्षण भएको छ,’ लामाको भनाइ उद्धृत गर्दै उक्त अनलाइनमा उल्लेख छ, ‘संसारभरका बौद्ध धर्मावलम्बीजस्तै म निसंकोच बुद्ध लुम्बिनीमा जन्मेको स्वीकार गर्छु ।’

लामाले ज्ञानमार्फत बुद्धले समग्र एसियामा पारेको प्रभाव बुझ्नु अपरिहार्य भएको प्रसंग उठाउँदै उनी कुनै पनि देशमा मात्र सीमित नभएको धारणा राखेको दाबी गरेका छन् । 

अनलाइनमा उल्लेख छ, ‘यो सर्वव्यापी स्वीकार्य छ कि बुद्धले भारतमा ज्ञान प्राप्त गरेका मात्र हुन् ।’ उनले आफ्नो स्पष्टोक्तिले हालैका समय बुद्धको जन्मस्थानबारे भएको असमझदारी तथा भ्रम निवारण हुने आशा व्यक्त गरेका छन् । कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो