By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    13 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    14 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    19 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निर्वाचनमा शीर्ष नेता को कहाँ व्यस्त ? यस्तो छ कार्यतालिका
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > निर्वाचनमा शीर्ष नेता को कहाँ व्यस्त ? यस्तो छ कार्यतालिका
काठमाडौँ - KTMबिशेष खबर

निर्वाचनमा शीर्ष नेता को कहाँ व्यस्त ? यस्तो छ कार्यतालिका

साझासवाल
Last updated: December 2, 2017 3:29 am
साझासवाल
7 Min Read
Share

मङ्सिर १६, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा : कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा शुक्रबार पश्चिम लागेका छन् । शुक्रबार डोटी र अछामको कार्यक्रममा सहभागी भएका उनी १७ मंसिरदेखि निर्वाचनको दिनसम्म आफू उम्मेदवार रहेको गृहजिल्ला डडेल्धुरामा रहनेछन् ।

Contents
  • एमाले शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुने
  • एमाले नेताको पाँचदिने कार्यतालिका
  • गौतम र पोखरेल पनि आफ्नै क्षेत्रमा
  • निर्वाचनसम्म प्रचण्डसहित शीर्ष नेताले निर्वाचन क्षेत्र नछोड्ने
  • महराले घरदैलोलाई प्राथमिकता दिने
  • रायमाझीले जिल्ला नछोड्ने
  • परिणाम नआउँदासम्म मातृकाले निर्वाचन क्षेत्र नछोड्ने

एमाले अध्यक्ष केपी ओली : बुधबार झापा पुगेका ओली चार दिन आफ्नै क्षेत्र नम्बर ५ मा केन्द्रित हुनेछन् । आइतबार मोरङ–३ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने उनको कार्यक्रम छ ।

माओवादी अध्यक्ष प्रचण्ड : निर्वाचन नसकिएसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ नछाड्ने भएका छन् । उनले निर्वाचनको मौन अवधि सुरु नभएसम्म घरदैलो कार्यक्रमलाई नै निरन्तरता दिनेछन् ।

एमाले नेता माधव नेपाल : नेता नेपाल आफ्नै निर्वाचन क्षेत्र काठमाडौं २ मा केन्द्रित भएका छन् । उनी शुक्रबार र शनिबार कागेश्वरी मनोहरा र शंखरापुरमा घरदैलोमा सहभागी हुनेछन् । बिहीबार उनले साँखुमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।

कांग्रेस नेता रामचन्द्र पौडेल : पौडेल शुक्रबारदेखि निर्वाचनको दिनसम्म आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ मा घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुनेछन् । उनले दमौली र भानु नगरपालिका तथा आबुखैरेनी गाउँपालिकामा घरदैलो कार्यक्रम गर्नेछन् ।

राप्रपा अध्यक्ष कमल थापा : राप्रपा अध्यक्ष थापा निर्वाचनको दिनसम्मै गृहजिल्ला मकवानपुरमै रहनेछन् । उनी मकवानपुर १ का साथै अन्य निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव : यादव आफ्नो निर्वाचन क्षेत्र सप्तरी २ मै व्यस्त छन् । मौन अवधिसम्म हरेक राति यादवको चुनावी कार्यक्रमको सेड्युल बन्ने गरेको उनका सहयोगी अजय चौरसियाले बताए ।

महामन्त्री कोइराला आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहने : कांग्रेस महामन्त्री डा. शशांक कोइराला निर्वाचनसम्मै आफ्नै निर्वाचन क्षेत्र नवलपुरमा व्यस्त रहने भएका छन् । उनले अबका दिन आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो र कोणसभामा बिताउने स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । ‘महामन्त्रीज्यू अब आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटमा बिताउनु हुन्छ,’ तिवारीले भने, ‘जिल्लाबाहिर जाने कार्यक्रम छैन ।’

निधि पनि आफ्नै निर्वाचन क्षेत्रमा : कांग्रेस नेता विमलेन्द्र निधि पनि बिहीबारदेखि धनुषास्थित आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् । एक साता बिरामी भएर काठमाडौंस्थित ओम अस्पतालमा बिताएका निधि बुधबार गृहजिल्ला फर्केका थिए । अब आफ्नै निर्वाचन क्षेत्रमा आमसभा, घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहने उनका सहयोगी रामजी दाहालले जानकारी दिए ।

एमाले शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुने

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललगायत नेताहरू बुधबारदेखि आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त हुन थालेका हुन् ।

दुई सातासम्म देशव्यापी चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहमा सक्रिय भएका अध्यक्ष ओली बुधबार झापा पुगेका छन् । बुधबार एकै दिन ओलीले झापाका दुईवटा भेलालाई सम्बोधन गर्नुका साथै मतदातासँग भेटघाट गरेका छन् । चार दिन आफ्नै क्षेत्रमा केन्द्रित हुन झापा झरेका ओली १७ मंसिरमा मोरङ–३ र चितवनमा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने कार्यक्रम छ ।

एमाले वरिष्ठ नेता नेपाल र खनाल पनि अफ्नै निर्वाचन क्षेत्रमै केन्द्रित भएका छन् । नेपालले बिहीबार काठमाडौं साँखुमा हुने सभालाई सम्बोधन गर्दै छन् भने खनाल पनि आफ्नै निर्वाचन क्षेत्र इलाममा घरदैलोसहितको अभियानमा व्यस्त छन् ।

एमाले नेताको पाँचदिने कार्यतालिका

केपी ओली

१३ मंसिर : दमकमा पूर्वाञ्चलस्तरीय खेलाडी भेला र महिला भेलालाई सम्बोधन

१४ मंसिर : बिर्तामोड, भद्रपुर र दुबेमा हुने सभालाई सम्बोधन

१५ मंसिर : झापा ५ मा घरदैलो र कोणसभा

१६ मंसिर : सुनसरीमा हुने सभालाई सम्बोधन

१७ मंसिर : मोरङ–३ को पुष्पलाल चोक र चितवनमा हुने सभालाई सम्बोधन

झलनाथ खनाल

१३ मंसिर : सूर्योदय नगरपालिकाको गोर्खेको आमसभालाई सम्बोधन

१४ मंसिर : रोङ गाउँपालिकाको पाटापुरमा हुने आमसभामा सम्बोधन

१५ मंसिर : माई नगपालिकामा बृहत् आमसभा

१६ मंसिर : सूर्योदय नगरपालिकाको पशुपतिनगरमा आमसभा

१७ मंसिर : श्रीअन्तुमा सभा

१८ मंसिर : फिक्कल बजारमा संयुक्त चुनावी सभा

माधवकुमार नेपाल

१३ मंसिर : कागेश्वरी मनोहरा–६ मा घरदैलो, साँखुमा किसान सभा

१४ मंसिर : कागेश्वरी मनोहरा–८ मा घरदैलो

१५ मंसिर : तय नभइसकेको

१६ मंसिर : कामनपा–३२, कागेश्वरी मनोहरा–९ मा घरदैलो

१७ मंसिर : कागेश्वरी मनोहरा ९ र शंखरापुरमा घरदैलो

१८ मंसिर : कोटेश्वरमा चुनावी सभा

गौतम र पोखरेल पनि आफ्नै क्षेत्रमा

एमाले उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल पनि चुनावी क्षेत्रमा नियमित घरदैलो, मतदाता भेटघाट र कोणसभाजस्ता कार्यक्रममै व्यस्त देखिएका छन् । गौतमले बुधबार बर्दियाको बाँसगढी नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका छन् । बिहीबार, शुक्रबार र शनिबार पनि गौतम चुनावी क्षेत्रमै केन्द्रित हुने उनका सहयोगी दीपक टमटाले बताए । उता, महासचिव पोखरेल पनि चुनावी क्षेत्र काठमाडौं–५ मै केन्द्रित भएका छन् ।

निर्वाचनसम्म प्रचण्डसहित शीर्ष नेताले निर्वाचन क्षेत्र नछोड्ने

दोस्रो चरणको निर्वाचन नहुँदासम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित हुने भएका छन् । निर्वाचनको प्रचारप्रसार गर्ने समय जम्मा चार दिन मात्र बाँकी भएकाले माओवादी केन्द्रका नेताले धेरैजसो समय आफ्नैे निर्वाचन क्षेत्रमा बिताउने भएका हुन् । २१ मंसिरको निर्वाचनका लागि १८ गतेदेखि मौन अवधि सुरु हुँदै छ ।

महराले घरदैलोलाई प्राथमिकता दिने

दाङ–२ बाट प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महरा आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् । निर्वाचनसम्मै महराले आफ्नै निर्वाचन क्षेत्रको घरदैलो, भेला र भेटघाटमा बिताउने निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्माले बताए । मतदातासँग प्रत्यक्ष भेटेर मतदाताका कुरा सुन्दा प्रभावकारी हुने भएपछि यस्तो रणनीति अपनाएको उनको भनाइ छ ।

रायमाझीले जिल्ला नछोड्ने

अर्घखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी पनि निर्वाचनसम्म आफ्नै निर्वाचन क्षेत्रमा रहने भएका छन् । यो समय निर्वाचनका लागि एकदमै महत्वपूर्ण भएकाले आफ्नो निर्वाचन क्षेत्र नछोड्ने रायमाझीले बताए । अन्य उम्मेदवारजस्तै रायमाझीले कोण सभा, भेला, घरदैलो गरी निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । आफू दैनिक बिहान ५ देखि राति ९ बजेसम्म निर्वाचन अभियानमा लागेको रायमाझीले बताए ।

परिणाम नआउँदासम्म मातृकाले निर्वाचन क्षेत्र नछोड्ने

धनुषा–१ का उम्मेदवार माओवादी केन्द्रका नेता मातृका यादवले निर्वाचनको परिणाम नआउँदासम्म आफ्नो निर्वाचन क्षेत्र नछोड्ने योजना बनाएका छन् । मतदानपछि गडबड हुन सक्ने भएकाले अति आवश्यक कामबाहेक अरू समय आफ्नै निर्वाचन क्षेत्रमा बिताउने यादवले बताए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी
Next Article पूर्वप्रम खनाल चढेको गाडी नजिकै बम विस्फोट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अभर पार्छ नेपाल टेलिकमले!

57 years ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान

57 years ago
काठमाडौँ - KTMविश्व

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या: सम्पादक

57 years ago
काठमाडौँ - KTMसमाज

केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा ‘नक्कली’ पाइलट पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?