2026-06-24 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा चार पटक प्रधानमन्त्री बनेपनि आफ्नै गाउँ जाने सडक कालोपत्रे भएन

2017-12-04

ललित बोहरा/मङ्सिर १८, डडेल्धुरा । डडेल्धुराबाट चार पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भातकाँडा–गन्यापधुरा जाने सडक बर्षौ बित्दा पनि कालोपत्र हुन सकेको छैन ।

देशभर चुनावी बहसमा होमिएका बेला देशकै ध्यान यतिबेला प्रधानमन्त्रीको गृह जिल्लामा छ । तर चार पटक प्रधानमन्त्री भइसकेका देउवाको गाँउ जाने बाटोको अवस्था भने दयनीय रहेको छ । उहाँको चुनाबी एजेण्डामा त यो सडक सबै जसो निर्वाचनमा समाबेश थियो ।

२०५४ सालमा काटिएको सडक अहिले पनि भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भातकाँडाबाट गाँउसम्मको पूरै सडक कच्ची छ । सडक कच्ची र भत्सिकेकाले नजिकैको बस्तीसमेत धुलाम्य हुने गरेको छ । झन वर्षातको मौसममा गाडी चालकलाई सास्ती हुने गरेको छ ।

‘चुनावका बेला मात्र देउवा आउँछन्’, गन्यापधुरा गाउँपालिका–१ निवासी इश्वरीप्रसाद अवस्थी भन्छन्, ‘उनले पिच गर्छु भनेर बचन पनि दिए तर अहिलेसम्म सडक जस्ताको तस्तै छ ।’

२०६४ सालको संविधान सभाको निर्वाचनमा पनि देउवाले यही सडक कालोपत्रे गर्ने चुनावी नारा बनाएर भोट मागेका थिए । तर विजयी भएपछि उनले यो सडकलाई फर्केर नरहेको स्थानीय बताउँछन् ।

‘चार–चार चोटी प्रधानमन्त्री भइसक्दा पनि देउवाको गाँउ जाने बाटोको अवस्था झन कन्तबिजोग छ’, गन्यापधुरा गाँउपालिका–१ निवासी सिताराम जोशीले भने ।

आफ्नो वाचा पुरा नगरेकाले स्थानीयबासी देउवाको विकल्प खोज्न थालेका छन् । ‘भोट हाल्नकै लागि प्रधानमन्त्री पनि यही सडक हुँदै मतदान केन्द्र जानुहुन्छ’, गणेशपुर गन्यापधुरा गाँउपालिका–२ निवासी दिल देउवाले भने ।

देउवा प्रधानमन्त्री हुँदै या सडक पिच हुने हल्ला धेरै सुनिए पनि अब भने गाउँलेले त्यो कुराको विश्वास नै गर्न छाडेका छन् । विजयी भएलगत्तै सडक कालोपत्रे गर्छु भन्दै २०७० सालको निर्वाचनमा मत मागेका प्रधानमन्त्री देउवाले आफूहरूलाई ढाँटेको त्यहाँका बासिन्दाहरूको गुनासो छ । 

पिच नभएको सडककै कारण देउवाले आफ्नै गाँउबाट लोकप्रियता गुमाएका छन् । यसले उनलाई प्राप्त हुने भोट अन्त जाने जोखिम पनि बढेको छ । उहाँ अहिले डडेल्धुरामा चुनाबी आमसभा गर्छन । अनी बसबस्न धनगढी जान छन् । यसले पनी उहाँले चुनाब जितन निकै समस्या हुने दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे