Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

BREKING NEWS -पर्वतको प्रतिनिधीसभामा गिरी, प्रदेससभामा अधिकारी र लम्साल बिजयी

२०७४, २४ मंसिर आईतवार ०२:२८


पर्वत /पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।
एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन ।
प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार ७ सय २५ मत प्राप्त गरेका छन भने पराजित जोशीले २६ हजार८ सय १९ मत पाएका छन । जोशीलाई गिरीले फराकिलो मतान्तरले पराजित गरेपछि एउटा इतिहाँस समेत कायम गर्न सफल भएका छन । पर्वतमा निर्वाचन हार्न नजानेको भनेर जोशीलाई चित्रित गरिदै आएपनि उनलाई एमालेका युवा नेता गिरीले पराजित गरेपछि त्यो इतिहाँस तोडिएको हो ।


यसैगरी प्रदेशसभा १ मा गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन । प्रदेससभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन । निर्वाचित अधिकारीले २१ हजार ५०८ मत प्राप्त गरेका छन भने पराजित हुन पुगेका नेपाली गुरुङ्गले १६ हजार ६८५ मत प्राप्त गरेका छन । गुरुङ्ग यो निर्वाचनमा पराजित भएपछि हारको ह्याट्रिक बन्न पुगेको छ । उनी २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भएका थिए भने २०७० मा पर्वत क्षेत्र नं २ मा पनि पराजय भोगेका थिए ।


यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेस कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार १६६ मत अन्तरले पराजित गरेका हुन । प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन भने पराजित भएका तिवारीले १३ हजार ३५२ मत प्राप्त गरेका छन । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली