2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौँ । प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी मुद्दाअन्तर्गत कारबाही भोग्ने भएका छन् । 

तोडफोडका मुख्य कारक डिजे भने काठमाडौंको तारे होटेलमा आराम गरिरहेका छन् । अमेरिकी डिजे (डस्को जक्की)का नाममा देजाभु सञ्चालक र इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँग रकम संकलन गरेको पाइएपछि उनीहरूलाई ठगी मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको हो । 

प्रहरीका अनुसार तोडफोडका क्रममा देजाभु सञ्चालक विशाल डाँगी, जयन श्रेष्ठ, मयक खड्का, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश मारबाडी पक्राउ परेका छन् । त्यसमध्ये मारबाडी र महर्जन इभेन्ट अर्गानाइजर हुन् । बाँकी सबै क्लब सञ्चालक हुन् । प्रहरीका अनुसार पक्राउ परेका बास्कोटा क्रिकेटका राष्ट्रिय खेलाडी हुन् ।

उनीहरूले अमेरिकी डिजे मर्समेलो ल्याउने भन्दै ५ हजारभन्दा धेरैजनासँग ३५ सयदेखि ५ हजार रुपैयाँका दरले टिकट बिक्री गरेका थिए । तर, पछि मर्समेलो आउन नसक्ने भनेपछि आक्रोशित दर्शक तोडफोडमा उत्रिएका थिए । प्रहरीका अनुसार क्लबमा १७ करोड रुपैयाँभन्दा धेरै मूल्यबराबरको धनमाल तोडफोड भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका डिएसपी प्रजित केसीले पक्राउ परेका सबैलाई ठगी मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको बताए । उनले भने, ‘क्लब सञ्चालक र इभेन्ट अर्गानाइजरले मर्समेलोका नाममा महँगो मूल्यमा टिकट बेचेको पाइयो । तर, मार्समेलोलाई उपस्थित गराउन सकेनन् । अर्को महँगो मूल्यमा रक्सी तथा अन्य खाद्य पदार्थ पनि बेचेको पाइयो । त्यसो हुँदा उनीहरूविरुद्ध ठगी मुद्दा आकर्षित हुन्छ ।’

प्रहरीको अनुसन्धानबाट उनीहरूले क्बलको हल क्षमताभन्दा धेरै टिकट बिक्री गरेको खुलेको छ । प्रहरीका अनुसार हलको क्षमता ३५ सय दर्शक अटाउनेछ । तर, उनीहरूले ५ हजारभन्दा धेरैलाई टिकट बेचेका छन् । डिएसपी केसीले भने, ‘हलको क्षमता ३५ सय दर्शक अट्ने देखिन्छ । तर, उनीहरूले ५ हजारभन्दा धेरै टिकट बेचेको खुलेको छ ।’

डिजे मार्समेलो होटेल द्वारिकाज्मा

देजाभु क्लब तोडफोडका मुख्य कारक बनेका डिजे मर्समेलो अहिले बत्तीसपुतलीस्थित होटेल द्वारिकाज्मा आरम गरिरहेको खुलेको छ । क्लबको कार्यक्रममा सहभागी हुन उनी मंगलबार काठमाडौं उत्रिएका थिए । त्यसपछि उनलाई होटेल द्वारिकाज्मा बस्ने प्रबन्ध मिलाइएको थियो ।

खानपान नमिलेपछि उनी अचानक बिरामी परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार डिजे मार्समेलो बिरामी भएपछि क्बलमा उपस्थित हुन नसेको खुलेको छ । डिएसपी केसीले भने, ‘डिजे मार्समेलोसँग पनि हामीले भेट्यौँ । ऊ बिरामी नै भएको खुल्यो । चिकित्सकको सल्लाहपछि उनी अहिले होटेलमा आराम गरिरहेका छन् ।’

यसरी भयो तोडफोड

डिजे मार्समेलोलाई देजाभुले महँगो मूल्यमा काठमाडौं उतारेको थियो । सोहीअनुसार इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँग टिकट बिक्री गरेको थियो । योजनाअनुसार डिजे मार्समेलो बुधबार रातको १० बजे क्बल आउने भनियो । 

सोहीअनुसार क्लबमा दर्शक जम्मा गरियो । तर, निर्धारित समयमा उनी उपस्थित हुन सकेनन् । अर्गनाइजरले डिजेलाई सम्पर्क गरे । उनी फुड पोइजनका कारण बिरामी परेको खुल्यो । अर्गानाइजरले त्यो विषय दर्शकलाई बताएनन् । उनीहरूले दर्शकलाई डिजे ११ बजे आउने जानकारी दिए । तर, ११ बजे पनि उनलाई उपस्थित गराउन सकेनन् ।

 पछि १२ बजे आउने भनियो । त्यसवेला पनि उपस्थित गराउन सकेनन् । तीव्र प्रतीक्षामा बसेका दर्शकलाई रातको १ बजे अर्गनाइजरले डिजे आउन नसक्ने जानकारी गराए । 

त्यसपछि दर्शक उत्तेजित बने । क्लबका बाउन्सरले रोक्न खोजे । तर, उनीहरूको केही चलेन । अन्ततः देजाभुमा बिहानको ३ बजेसम्म तोडफोड मच्चियो र पूर्ण रूपमा ध्वस्त बन्यो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई