पढ्न करिब 1 मिनेट लाग्छ

मनिषा राई/पुस १६, रोल्पा । गाउँपालिकाको नाम परिवर्तन गरेको विरोधमा शनिवार यातायात बन्द गरिएको रोल्पाको सुवर्णावति गाउँपालीकामा आईतबार देखि अनिश्चितकालिन बन्द गरिएको छ ।

सवारी साधन समेत बन्द गरिंदा सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चल्न सकेनन् भने जिल्लाकै सबै भन्दा ठूलो ब्यापारीक केन्द्र सुलिचौर बजार पनि पूर्ण रुपमा बन्द छ ।

गाउँपालीकाको नाम परिवर्तनको निर्णय आएपछि स्थानीयहरुले संघर्ष समिती नै गठन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सुवर्णावति गाउँपालीकाको नाम फेरेर सुनिल स्मृती गाउँपालीका राख्ने निर्णय पारीत गरिएपछि माओवादी बाहेकका अरु सबै दल केहि दिन यता आन्दोलनमा छन । आन्दोलनकारीले आईतबार देखि गाउँपालीकाका यातायात, कलकारखाना, शिक्षण संस्था, सवै ठप्प पारेका हुन् ।

उता सुकिदह गाउँपालिका पनि शनिबार देखि पूर्ण रुपले वन्द गरिएको छ । गाउँपालिकाको नाम र केन्द्र सार्ने विषयमा विवाद हुँदा गाउँपालिका बन्दको घोषणा गरिएको हो ।

बन्दका कारण विद्यालय बजारसंगै त्यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका सावारी साधनहरु चल्न सकेनन । त्यसै गरि आन्दोलनकारीले गाउँपालिका तथा सबै वडापालिकाहरुमा तालाबन्दी समेत गरेका छन् ।