2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दृष्टीविहीन भएर के भो त ! ज्ञवालीले गरे पीएचडी

पुस १७, काठमाडौं । गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुन्। तर, दृष्टिविहीन भए पनि उनलाई केही फरक परेन। 

दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल भए। त्यो हो उनले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि। यो खबर ईश्वरराज ढकालले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।

त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहका अवसरमा आइतबार आयोजित कार्यक्रम निकै खुसी देखिएका थिए ज्ञवाली। खुसीले गद्गद् मात्र होइन, पीएचडी पदवीले दीक्षित हुन पाउँदा हर्षविभोर नै थिए। उनले आफ्नी आमा, छोराछोरी र श्रीमतीलाई एकदमै ‘मिस’ गरे। र, भने– ‘मेरो परिवारले सहयोग नगरेको भए डाक्टर हुन पाउँथिन होला, धन्य मेरो परिवार। छोराछोरीको सहयोग साह्रै महत्त्वपूर्ण हुँदोरहेछ, श्रीमतीको योगदानको त कुरै नगरौं।’

तर, उनलाई यो सफलता त्यति सजिलै हातपरेको होइन, यसका लागि उनले धेरै पापड पेल्नुपरेको छ। गुल्मीको बम्घा ताहाटिम विद्यालयमा कम्प्युटर शिक्षक रहेका ज्ञवाली थप्छन्– ‘कहिले छोरा विजय र कहिले छोरी तिलोत्तमाले पढेर सुनाउँछन्, उनीहरूले भनेकै आधारमा नोट बनाएर पढ्छु।’

बीबीए चौंथो वर्षमा अध्ययनरत तिलोत्तमा बुबाकै कुरामा सही थाप्दै भन्न्छन्– ‘हाम्रै सहयोगमा बुबाले यो सफलता हासिल गर्नुभएको हो। बुबालाई सिकाउँदा म पनि धेरै जान्ने भइसकें।’

गुल्मीमै बस्दै आएका उनलाई घरमा हुँदा विद्यालयका शिक्षक र घर वरपरका साथीभाइले सहयोग गर्दै आएका छन्।

त्रिभुवन विश्वविद्यालयमा दृष्टिविहीन भएर पीएचडी पदवी हासिल गर्ने सायद उनी दोस्रो व्यक्ति हुन्। यसअघि लक्ष्मी पोखरेलले पीएचडी गरिसकेकी छन्। उनका अनुसार सायद दृष्टिविहीन वीरेन्द्र पोखरेल र गोविन्द आचार्य पनि पीएचडी गर्दै छन्। २०६१ सालदेखि प्रावि द्वितीय तहको शिक्षकका रूपमा काम गर्दै आएका उनले पोलिटिकल साइन्समा पीएचडी गरेका हुन्। जन्मजात दृष्टिविहीन उनका बुबा र दुई भाइ पनि दृष्टविहीन नै छन्।

त्रिवि स्रोतका अनुसार यो वर्ष ६२ जना पीएचडी उपाधिबाट दीक्षित भएका छन् भने ३१ जनाले विभिन्न पदक पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई