2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

जिल्ला प्रहरी कार्यलय रोल्पाको जनचेतना मुलक सडक नाटक कार्यक्रम सम्पन्न

मनिषा राई/पुस २१, रोल्पा । जिल्ला प्रहरी कार्यलय रोल्पा, महिला तथा बालबालिका सेवा केन्द्रको आयोजनामा शुक्रबार माडी गाउँपालिका २ घर्तीगाउ बजारमा “घरेलु हिंसा, बालबिबाह तथा जातिय छुवाछुत“ सम्बन्धि साँस्कृतिक कार्यक्रम तथा सडक नाटक सम्पन्न भएको छ ।

महिला हिंसाको अन्त्य, विविध जाति, धर्मलाई समुदायमा सद्भाव  अभिबृद्वि गर्ने सन्देश दिने उदेश्यले सडक नाटक गरिएको हो । जिल्ला प्रहरी कार्यलय रोल्पा महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाको आयोजना तथा प्रस्तुतिमा सन्चालित ‘बल्ल आखा खुल्यो’ शिर्षकको नाटकबाट महिलामाथि गरीने व्यवहार, बालबिबाह सम्बन्धि कानुनि प्रक्रिय, एक जातिले अर्को जातिको सम्मान सद्भाव बढ्ने जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी सहायक निरिक्षक दिल कुमारी बुढाले बताउनुभयो ।

नाटकमा कलाकारले महिलामाथि हुने हिंसात्मक क्रियाकलाप, पुरुषप्रधान समाजको चित्रण, एकअर्कामा जातिय छुवाछुतबाट अपमान गर्दा समाजमा सम्बन्ध बिग्रने भएकाले लैङिगक भेदभाव अन्त्य गर्नुपर्ने, मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने भावनाको कार्यन्वयन गर्ने, बालबिबाहको अन्त्य गरी सभ्य समाजका सभ्य नागरिक बन्न आवस्यक हुने सन्देश दिने आग्रह सहितको प्रस्तुत दिएका थिए ।

नाटकका कलाकारहरु प्रहरी सहायक निरिक्षक दिलकुमारी बुढा, प्रहरी हवल्दार रुप बहादुर शाहि, प्रहरी जवानहरु जित बहादुर बुढाथोकी, शोभाराम वाग्ले, घनस्याम बुढाथोकि, देवराज खरेल, सुलोचना चौधरी, दिपा वली, मन्जु खड्का, पवित्रा खड्का, भुपु म्यादी गाकर्ण डागी लगायतले अभिनय गरेका थिए ।

नाटकबाट दर्शकले सद्भाव सहितको भरपुर  मनोरञ्जन लिएका थिए । मुलुकमा जातजाति, बालबिबाह र महिला पूरुष बिचको बिबेधले घर परिवार मात्र नभई समाजमा फाटो आउन नहुने भन्दै सबै समुदाय बिचको सम्बन्ध प्रगाढ बनाउने सन्देश सहितको कलाकारको बेजोड प्रस्तुतिले दर्शक मख्ख बनेका थिए । 

बिबिधतामा एकता आवस्यक रहेकोप्रति जोड दिई मानव अधिकार, सामाजिक न्याय र सुशासनका क्षेत्रमा क्रियाशिल जिल्ला प्रहरी कार्यलय रोल्पाले जिल्लाव्यापी रुपमा जनचेतनामुलक नाटक प्रदर्शन गरीने कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी निरिक्षक नर बहादुर खड्काले बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाका प्रहरी नायव निरिक्षक तिलक प्रसाद कलौनी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्ती, नेकपा माओबादी केन्द्रका शेर बहादुर बुढामगर, ज्येष्ठ नागरिक बिर्जमान घर्ती, गाउ बाल संरक्षण समितिका संयोजक देव बहादुर वली लगायत घर्तीगाउ बजारबासिको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ