पुस २३, काठमाडौँ । चुनाव सकिएको एक महिना बित्दा पनि नयाँ सरकारको खाका कोर्ने माहोल नबन्दा माधवकुमार नेपाल निकै ‘असन्तुष्ट’ मुद्रामा देखिन्थे । ‘कतै षड्यन्त्र हुँदै छैन ?’ उनको आशंका थियो ।
वाम गठबन्धन ‘कसिलो’ भएको र तोडिनेहरु नै फस्ने तर्क नेता नेपालको छ । नेपालसँग कुराकानी गरिरहँदा लाग्थ्यो, उनलाई एमाले–माओवादी एकता, शासकीय संरचनाको भावी खाकाका विषयमा भएका ‘वार्ता’ मा संलग्न गराइएको छैन ।
त्यही कारण उनले पटक–पटक जवाफ दिए, ‘दुई नेताबीच राम्रै छलफल भइरहेको होला ।’ समानुपातिक चुनाव परिणाम घोषणामा भएको ढिलाइ, भावी सरकारको खाका, वाम एकताबारे पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग हरिबहादुर थापा र दुर्गा खनालले आजको कान्तिपुरमा गरेको कुराकानीको केहि अंश:
कसैले केही कमजोरी खोजिरहेका होलान्, त्यसैले तोड्छांै भनेका होलान् । साम, दाम, दण्ड, भेद प्रयोग गर्ने कोसिस भइरहेको होला तर पनि गठबन्धन कसिलो छ ।
कोबाट चलिरहेको छ भन्ने थाहा छैन तर त्यहाँबाट बेठीक काम भइरहेको छ ।
राष्ट्रिय सभा अध्यादेशले केही ढिलो भयो होला तर अब किन ढिला ?
परिणाम घोषणा रोक्न त्यस्तो काम गर्ने सवाल नै आउँदैन । कुन मितिसम्म कति काम गर्न सकिन्छ भन्ने हिसाब–किताब हामी पनि गर्न सक्छांै । राज्य सञ्चालनमा हाम्रो पनि अनुभव छ ।
विधिबारे धेरै छलफल भएको छैन । यसबारे उपाय निकाल्न सकिन्छ । दुवैलाई मान्य हुने विधिमा जानुपर्छ । योग्यताको मूल्यांकन र पारदर्शिता अपनाइयो भने विधि आफैं बनिहाल्छ ।
व्यक्तिलाई हेरेर यो काम पार लाग्दैन । योग्यता र क्षमतासबै हुेर्नपर्छ ।
यस्तो सहमति भएको छ भन्ने मलाई थाहा छैन तर यदि छ भने त्यो सहमति पालना हुनुपर्छ । कहाँकहाँ के सहमति भएको हो ? त्यो कमिटीमा आउनुपर्छ ।
होइन, छलफल एक्लाएक्लै भइरहेको छ । मेरो पनि कुरा भइरहेको छ । दुई अध्यक्षबीचमा पनि कुरा भइरहेका होलान् तर कमिटीको बैठक बसेको छैन । त्यसैले ठोस अवधारणा आएको छैन ।
माओवादीको संगठन ठूलो छ, उहाँहरू पनि ठूलो भयो भन्नेमै हुनुहुन्छ । हामी पनि सानो बनाउने पक्षमा छौं । छरितो र कामकाजी हुनुपर्छ । धेरै मानिसलाई संगठित गर्नेखालका संरचना बनाउनुपर्छ । कुन व्यक्ति कुन तहको हो भनेर बुझ्नेखालको कमिटी बनाउनुपर्छ । पार्टीभित्र विभागहरू बनाउनुपर्छ र पेसा–व्यवसायीलाई संगठित गर्नुपर्छ ।
मेरो ‘स्पेस’ को चिन्ता छैन । मलाई त यो देश के हुन्छ भन्नेमा चिन्ता छ । देशको प्रगति र स्थायित्व हुँदा मात्र देशको‘स्पेस’ विश्वमा रहन्छ । त्यसमा कसरी अघि बढ्ने भन्नेमा मेरो चिन्ता छ ।
ममा क्षमता छ/छैन भन्नेमा मैले गीत गाएर हँु‘दैन । मेरो भूमिका, आवश्यक योग्यता, क्षमता, अनुभवले काम गर्छ भने अवश्य पनि कहीं मेरो खोजी हुन्छ । मैले किन चिन्ता गर्नु ?
मेरो केही अपेक्षा छैन । म महत्त्वाकांक्षा राख्ने मान्छे होइन ।
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै पदमा तपाईंलाई नेतृत्व गर्ने अफर आयो भने के गर्नुहुन्छ ?
म ‘हाइपोथेटिकल’ विषयको पछि जान्नँ । मैले केही भनिदिएँ भने बेकारमा अरू कसैका मनमा शंका–आशंका उब्जिन सक्छ । यतिखेर शंका–आशंका बढाउने बेला होइन । यो त समझदारी बढाउने र समस्या समाधान गर्नेे बेला हो । सरकार बनाउने, पार्टी एकता गर्ने हो । छिटो सरकार बनाएर जनतालाई ‘डेलिभरी’ दिने बेला हो । यहाँ मान्छेहरूले छिटो–छिटो काम भएको देख्न चाहेका छन् ।
स्थिर हुन्छ ।
आलोपालो गर्नैपर्ने भयो भने पनि नीतिमा परिवर्तन हुनु भएन । नयाँले आएर पुरानो नीतिलाई हटाइदिने भएकालेयहाँ समस्या भएको हो । एउटै नीतिलाई निरन्तरता दिएसमस्या हुँदैन ।
व्यक्ति परिवर्तन नहुन पनि सक्छ । एउटै व्यक्ति बसिरहनुपर्छ भन्ने पनि छैन । एकै व्यक्ति पार्टीमा लगातार बस्नु पनि ठीक हुँदैन । यस्ता विषयलाई सामान्यीकरण गर्नुपर्छ ।