2026-06-26 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय कम्पनिसँग कुरा नमिलेपछि डीपीआरबिनै काठमाडौं–तराई द्रुत मार्ग

2018-01-15

माघ १, काठमाडौं । मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग (एक्सप्रेस वे) को काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै अघि बढ्ने भएको छ । 

भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थालेको हो । 

सेनाले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड (आईएलएन्डएफएस) ले तयार पारेको डीपीआर खरिद गर्ने विषयमा आइतबार अबेरसम्म छलफल गरेको थियो । यो खबर चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेक छन्।


सेनाको प्राविधिक टोलीले भारतीय कम्पनीको डीपीआर पूर्ण नरहेको र द्रुत मार्ग उनीहरूले भने झैं बन्न नसक्ने निष्कर्ष निकालेपछि केही भाग मात्र खरिद गर्नेबारे छलफल भएको हो । 

उक्त टोलीले एक साताअघि नै डीपीआर र फिल्ड अध्ययन गरेर रथी पूर्णचन्द्र थापा नेतृत्वको उच्चस्तरीय समितिलाई प्रतिवेदन बुझाइसकेको छ । ‘सेनाले आफ्नो तबरले काम गर्न यस्तो डीपीआर अस्वीकार गरेको हो,’ यसमा संलग्न एक अधिकारीले भने, ‘नौ स्थानमा स्थानीय ठेक्का प्रक्रिया अघि बढेको छ । यसबाट बाटो चौडा गर्ने काम हुनेछ । अन्य काम पनि अघि बढदै छन् ।’ 

छोटो समयमा अघि बढाउन पर्ने भएकाले सेनाले डीपीआर र काम सँगै अघि बढाउने तयारी गरेको ती अधिकारीले बताए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि राष्ट्रिय गौरवको परियोजना भएकाले यसलाई समयमा सक्न हदैसम्मको प्रयास गरिने बताउँदै आएका छन् । ‘यो काम हामी समयमा सक्छौं । 

यसका लागि पुराना प्रतिवेदनको अध्ययन भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनालाई हामीले पनि आफ्नो गौरवपूर्ण जिम्मेवारीका रूपमा लिएका छौं । सबैको सहकार्यमा काम अघि बढिरहेको छ । सबै प्रक्रिया ठीक रहे हामीले समयमा सक्ने छौं,’ उनले यसअघि भनेका थिए ।

सेनाले विभिन्न पाँच स्थानमा सुरक्षा बेस क्याम्प राखेर कामलाई द्रुत गतिमा अघि बढाइसकेको छ । 

कामदारको सुरक्षा र बस्ने खाने व्यवस्थाका लागि पाँच स्थानमा सुरक्षा बेसक्याम्प राखिएको हो । अन्य पाँच स्थानमा पनि प्रक्रिया अघि बढाइएको छ । दुवैतिर रेलिङसहित ३१ मिटर फराकिलो उक्त ७६ किलोमिटर सडकको बीचमा डिभाइडर रहने गरी त्यसको मोडल यसअघि नै तय भएको हो । 

तर, सेनाले उक्त डीपीआर अनुसार काम नगरेमा यसको मोडलमा समेत परिवर्तन हुने र लम्बाइ घट्ने जस्ता कार्यहरू हुनसक्ने अधिकारीहरूले बताए । दु्रत मार्गको सबै विषयलाई ध्यानमा राखेर सेनाले मंगलबार पत्रकार सम्मेलनसमेत गर्ने भएको छ ।

अघिल्ला अध्ययनमा अडेर काम अघि बढाए एसियाली मापदण्डको उत्कृष्ट राजमार्गका रूपमा रहने सरकारको बुझाइ छ । नेपाली सेनालाई जिम्मा दिएपछि त्यसमा सेनाको प्रतिष्ठासमेत जोडिएको तर केहीको व्यक्तिगत ‘लालच’ ले यो प्रक्रियामा समस्या आउन सक्ने अधिकारीको आशंका छ । सरकारले डेढ अर्ब रुपैयाँ गत असारमा नै निकासा दिएर काम अघि बढाएको छ । पछिल्लो टेन्डर र यसको काम गराईको शैलीले प्रशस्त जिज्ञासा सिर्जना भएको सेनाकै अधिकारीहरू बताउँछन् ।

यसअघि सानातिना ट्रयाक खोल्ने र निकै जोखिमपूर्ण स्थानमा सडक बनाउने काम गरेको अनुभवका अधारमा नै यसलाई दिइएको हो । ‘सरकारले नेपाली सेनालाई विश्वास गरेर दिएको यो बृहत् परियोजनालाई मुलुकको विकासको गतिलाई अघि बढाउन र सेनाको जिम्मेवारी पूरा गर्ने छ,’ सेनाका प्रवक्ता सहायक रथि गोकुल भण्डारीले भने, ‘फिल्ड र डीपीआर दुवैमा काम भइरहेको छ । प्राविधिक टोलीले बुझाएको प्रतिवेदनमा काम भइरहेको छ ।’

सानाठूला ९२ पुल र डेढ किलोमिटर सुरुङ मार्गसहित निर्माण हुने उक्त सडक सक्दो सिधा ‘अत्याधुनिक हाइवे’ नै हुने बताइएको छ । सडक सिधा बनाउन नै ७६ किलोमिटर सडकमा झन्डै १० किलोमिटर पुल नै बन्न लागेको सेनाले जनाएको छ । 

तर यो डीपीआर नहुँदा यसमा समेत परिवर्तन आउने उनीहरू बताउँछन् । पछिल्लो समय सेना आफैंले समय अपुग हुनसक्ने धारणा अनौपचारिक रूपमा ब्यक्त गर्न थालेको छ । ‘डीपीआर पनि बनाउनुपर्ने भयो भने तोकिएको समयमा काम सकिँदैन तर पाएको जिम्मेवारी सेनाले पूरा गर्नेछ,’ एक अधिकारीले भने ।

गत वैशाख २३ मा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले द्रुत मार्गको जिम्मा सेनालाई दिँदै शिलान्याससमेत गरेका थिए । सेनाको युद्धकार्य महानिर्देशक, इन्जिनियरिङ महाशाखा प्रमुख, भौतिक पूर्वाधार तथा यातायात, अर्थ र रक्षा मन्त्रालयका सहसचिवसमेत सदस्य रहने समितिले यसको अनुगमन गर्ने र कामहरूको सुझाव दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ