माघ २, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार"/>

2026-06-26 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवामाथि खनिए पाैडेल, दुवै समिति भंग गर्न चेतावनी

2018-01-16

माघ २, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार पुगेका पौडेलले सभापतिमाथि विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप लगाउँदै यी दुवै समिति भंग गरी नयाँ बनाउन आग्रह गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका देउवाले राष्ट्रिय सभा निर्वाचन र प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा छलफल गर्न पौडेल, कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार डाकेका थिए।

त्यस क्रममा पौडेलले केन्द्रीय कार्यसमिति बैठक नबोलाइएको प्रति आक्रोशसमेत पोखे। देउवाप्रतिको असन्तुष्टिबारे पौडेलले विधानभन्दा बाहिर गएर बनाइएका समितिलाई सच्याउन र केन्द्रीय कार्यसमितिको बैठक तत्काल राख्न आफूले आग्रह गरेको बताए। ‘पार्टीलाई विधानसम्मत ढंगले अघि बढाउनुपर्छ र विधानविपरीतका काम सच्याउनुपर्छ भन्ने नै मेरो जोड हो,’ पौडेलले भने, ‘केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानको व्यवस्थाभन्दा बढी सदस्य राखेर बनाइएका छन्।’

पौडेलले यस्तो आग्रह गर्दा केहीछिन देउवा झोक्किएको बैठकमा सहभागी एक नेताले बताए। ‘तपार्इंले यसलाई पनि राखिदे, अर्कोलाई पनि राखिदे भन्ने अनि मलाई विधानविपरीत भयो भनेर आरोप लगाउने?’ भन्दै देउवा झोक्किएका थिए। केन्द्रीय कार्यसमितिपछिको अधिकारसम्पन्न कार्यसम्पादन समितिमा बढीमा २२ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था पार्टी विधानमा छ।

त्यसमा पदाधिकारी पदेन सदस्य रहन्छन्। अहिले पदाधिकारी ३ जना छन्। यसरी मनोनीत र पदाधिकारी गरी २५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बन्नुपर्ने हो। तर, देउवाले २९ सदस्यीय बनाएका छन्। संसदीय समितिमा पनि देउवाले विधान मिचेका छन्। स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने शक्तिशाली निकाय हो संसदीय समिति।

यो समितिमा पदाधिकारी र संसदीय दलका नेता पदेन सदस्य हुन्छन्। त्यसबाहेक ८ सदस्य मात्रै मनोनीत गर्न पाइन्छ। देउवा आफैं संसदीय दलका नेता भएकाले ३ पदाधिकारीसहित ११ सदस्यीय संसदीय समिति बनाउनुपर्ने हो। तर, देउवाले विधानविपरीत १७ सदस्यीय संसदीय समिति बनाए।

निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टीकै युवा नेताहरूले तत्काल केन्द्रीय कार्यसमिति बैठक, महासमिति हुँदै विशेष अधिवेशन बोलाउन माग गर्दै आएका छन्। तर, देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि आनाकानी गर्दै आएका छन्। उनी निकट रहेर भागबन्डाको फाइदा लिँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र खुमबहादुर खडका पक्ष पनि यतिबेला देउवाप्रति असन्तुष्ट छन्।

देउवाको निर्णय प्रक्रिया संस्थागत नभएकोदेखि कार्यशैलीमा ढिलासुस्ती र आन्तरिक शक्ति सन्तुलनमा ख्याल नगरेको आरोप उनीहरूको छ। धेरैजसोको गुनासो पार्टीमा संस्थागत छलफलभन्दा ‘कोटरी’ अभ्यास गरेको भन्ने छ। १३ औं महाधिवेशनबाट सभापति चुनिएका देउवाले पार्टी नेतृत्वमा एक वर्ष दस महिना बिताए।

तर, अहिलेसम्म उनले विभागसम्म गठन गर्न सकेका छैनन्। उपसभापति, महामन्त्री, सहमहामन्त्रीसमेत मनोनयन गर्न सकेका छैनन्। १३ औं महाधिवेशनपछि नै प्रवक्ताविहीन रहेको पार्टीमा देउवाले एक साताअघि मात्रै युवा नेता विश्वप्रकाश शर्मालाई त्यस ठाउँमा ल्याएका छन्। तर, अन्य पदाधिकारी, विभाग र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन उनले अझै सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ