२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले दुई दर्जन नेतामाथि छानबिन गर्ने, एमालेको पनि माओवादी कार्यालयमा उजुरी

५ माघ २०७४, शुक्रबार ०३:५८

माघ ५, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। 

अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय कार्यालयमा छानबिन अघि बढाएको हो।

आजको अन्नपूर्ण पोष्टमा खबर छ । पार्टी नेताहरूकै ‘असहयोग र अन्तर्घात’ ले चुनाव हारेको भन्दै आरोप/प्रत्यारोप हुन थालेपछि केन्द्रीय कार्यालय बैठकले अन्तर्घात छानबिन समिति गठन गरेको थियो। अनुशासन आयोगका संयोजक अमिक शेरचनको नेतृत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन्। समितिमा करिब २ दर्जन उजुरी परेको एक सदस्यले जानकारी दिए।

तोकेको समयावधिमा परेका उजुरी संकलन भइरहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने समिति संयोजक शेरचनले जानकारी दिए। ‘कलेक्सनकै चरणमा छौं, ठ्याक्कै यति नै संख्या भनेर भन्न सकिँदैन तर समितिले उजुरी दिन सकिने तोकेको अवधिमा सम्बन्धित जिल्लाको सिफारिसका आधारमा अझै पनि प्रदेश कार्यालय हुँदै उजुरी आउने क्रम जारी छ’, शेरचनले भने।

माओवादी कार्यालयमा एमालेकाे पनि उजुरी

समितिले २८ पुससम्म अन्तर्घातको छानबिन गर्न सम्बन्धित जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिन समयावधि तोकेको थियो। माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय नेताहरूकै निर्देशनमा जिल्ला नेताहरूले अन्तर्घात गरेको उजुरी परेको छ। उनी गोरखा २ बाट प्रतिनिधिसभामा नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

महिला नेतृ उर्मिला अर्याल पर्सा ४ मा पराजित भएकी थिइन्। उनलाई नेता जालिम मियाँलगायतले असहयोग गरेर पराजित गराएको उजुरी परेको छ। उनलाई हराउन रौतहटका माओवादी नेतासमेत प्रयोग गरिएको उजुरीमा उल्लेख छ। समितिले उजुरी नखोलेकाले उजुरी परेका नेताहरूबारे बताउन सक्ने अवस्थामा समिति सदस्य छैनन्।

‘यो उम्मेदवारलाई हराउन यी नेता कार्यकर्ताले भूमिका खेले भन्ने अहिल्यै बताउन सकिन्न तर अन्तर्घातका कारण हारेका उजुरीहरू छन्’, समितिका सदस्य नेता लीलामणि पोखरेलले भने, ‘उजुरी कलेक्सन भइरहेको छ, सकिएलगत्तै छानबिन प्रक्रिया अघि बढेपछि मात्र भन्न सकिएला।’

छानबिन अन्योलमा

अन्तरपार्टी अन्तरघातको उजुरी समेत परेपछि छानबिन गर्ने/नगर्ने समिति अन्योलमा छ। रौतहट २ का एमाले उम्मेदवारले माओवादी नेताको अन्तर्घातले हारेको उजुरी दिएपछि छानबिन गर्ने/नगर्नेमा समिति अन्योलमा परेको हो। समितिले बनाएको कार्यविधि आन्तरिक छानबिनका लागि मात्र भएकाले उजुरी परेको भए छानबिन नहुने सदस्य पोखरेलले बताए।

‘आन्तरिक अन्तर्घात छानबिनका लागि समिति गठन भएको हो’, उनले भने, ‘तर अन्तरपार्टी अन्तर्घात समितिले छानबिन गर्दैन। त्यस्तो उजुरी आएको भए दुई पार्टीका शीर्ष नेताको मूल्यांकनका आधारमा हुन्छ।’

संयोजक शेरचनले भने संकलन भइरहेकाले उजुरी आएको भए के कसरी टुंगो लगाउने समितिभित्र छलफल गरेर ठोस योजना बनाइने बताए। ‘त्यस्तो उजुरी आए नआएको भन्न सक्दैनौं तर आएको रहेछ भने छलफल गरेर निर्णय लिन्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य