2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले दुई दर्जन नेतामाथि छानबिन गर्ने, एमालेको पनि माओवादी कार्यालयमा उजुरी

माघ ५, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। 

अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय कार्यालयमा छानबिन अघि बढाएको हो।

आजको अन्नपूर्ण पोष्टमा खबर छ । पार्टी नेताहरूकै ‘असहयोग र अन्तर्घात’ ले चुनाव हारेको भन्दै आरोप/प्रत्यारोप हुन थालेपछि केन्द्रीय कार्यालय बैठकले अन्तर्घात छानबिन समिति गठन गरेको थियो। अनुशासन आयोगका संयोजक अमिक शेरचनको नेतृत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन्। समितिमा करिब २ दर्जन उजुरी परेको एक सदस्यले जानकारी दिए।

तोकेको समयावधिमा परेका उजुरी संकलन भइरहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने समिति संयोजक शेरचनले जानकारी दिए। ‘कलेक्सनकै चरणमा छौं, ठ्याक्कै यति नै संख्या भनेर भन्न सकिँदैन तर समितिले उजुरी दिन सकिने तोकेको अवधिमा सम्बन्धित जिल्लाको सिफारिसका आधारमा अझै पनि प्रदेश कार्यालय हुँदै उजुरी आउने क्रम जारी छ’, शेरचनले भने।

माओवादी कार्यालयमा एमालेकाे पनि उजुरी

समितिले २८ पुससम्म अन्तर्घातको छानबिन गर्न सम्बन्धित जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिन समयावधि तोकेको थियो। माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय नेताहरूकै निर्देशनमा जिल्ला नेताहरूले अन्तर्घात गरेको उजुरी परेको छ। उनी गोरखा २ बाट प्रतिनिधिसभामा नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

महिला नेतृ उर्मिला अर्याल पर्सा ४ मा पराजित भएकी थिइन्। उनलाई नेता जालिम मियाँलगायतले असहयोग गरेर पराजित गराएको उजुरी परेको छ। उनलाई हराउन रौतहटका माओवादी नेतासमेत प्रयोग गरिएको उजुरीमा उल्लेख छ। समितिले उजुरी नखोलेकाले उजुरी परेका नेताहरूबारे बताउन सक्ने अवस्थामा समिति सदस्य छैनन्।

‘यो उम्मेदवारलाई हराउन यी नेता कार्यकर्ताले भूमिका खेले भन्ने अहिल्यै बताउन सकिन्न तर अन्तर्घातका कारण हारेका उजुरीहरू छन्’, समितिका सदस्य नेता लीलामणि पोखरेलले भने, ‘उजुरी कलेक्सन भइरहेको छ, सकिएलगत्तै छानबिन प्रक्रिया अघि बढेपछि मात्र भन्न सकिएला।’

छानबिन अन्योलमा

अन्तरपार्टी अन्तरघातको उजुरी समेत परेपछि छानबिन गर्ने/नगर्ने समिति अन्योलमा छ। रौतहट २ का एमाले उम्मेदवारले माओवादी नेताको अन्तर्घातले हारेको उजुरी दिएपछि छानबिन गर्ने/नगर्नेमा समिति अन्योलमा परेको हो। समितिले बनाएको कार्यविधि आन्तरिक छानबिनका लागि मात्र भएकाले उजुरी परेको भए छानबिन नहुने सदस्य पोखरेलले बताए।

‘आन्तरिक अन्तर्घात छानबिनका लागि समिति गठन भएको हो’, उनले भने, ‘तर अन्तरपार्टी अन्तर्घात समितिले छानबिन गर्दैन। त्यस्तो उजुरी आएको भए दुई पार्टीका शीर्ष नेताको मूल्यांकनका आधारमा हुन्छ।’

संयोजक शेरचनले भने संकलन भइरहेकाले उजुरी आएको भए के कसरी टुंगो लगाउने समितिभित्र छलफल गरेर ठोस योजना बनाइने बताए। ‘त्यस्तो उजुरी आए नआएको भन्न सक्दैनौं तर आएको रहेछ भने छलफल गरेर निर्णय लिन्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई