By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    7 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    10 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एमाले-माओवादी एकता निर्णायक मोडमा, प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्ष दाहाल !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एमाले-माओवादी एकता निर्णायक मोडमा, प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्ष दाहाल !
काठमाडौँ - KTMबिशेष खबर

एमाले-माओवादी एकता निर्णायक मोडमा, प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्ष दाहाल !

साझासवाल
Last updated: January 20, 2018 1:50 am
साझासवाल
4 Min Read
Share

माघ ६, काठमाडौं । एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन्। 

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दियो । 

एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ । यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

बैंककको नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका ओली र दाहालबीच शुक्रबार तीन घण्टा लामो छलफल यसै प्रक्रियालाई टुंग्याउनेमा केन्द्रित रह्यो। पार्टी एकता, राष्ट्रियसभा निर्वाचनमा कार्यदलले दिएको प्रतिवेदन र प्रदेश सरकार गठनका विषयमा ‘गहन र सकारात्मक’ छलफल भएको दुवै पक्षका नेताहरूले बताएका छन्।

‘पार्टी एकता अन्तिम चरणमा पुगेको अवस्था हो’, एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘दुई अध्यक्षबीच निर्णायक कुराकानी भएको छ र भोलि त्यसले ठोस आकार लिने विश्वास गरेका छौं।’

दाहाल र ओलीबीच टुंगिन बाँकी विषयलाई अन्तिम रूप दिन शनिबार थप छलफल हुने ओलीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकार गठनमा समय लाग्ने भएपछि पार्टी एकतालाई छिटो र छोटो विधिबाट टुंग्याउन दुई नेताबीच समझदारी भएको ओलीको सचिवालयले जनाएको छ। दुई पार्टीबीचको एकतालाई ठोस रूपमा अघि बढाउन आइतबार एकता संयोजन समिति बैठक बोलाइएको छ।

उक्त बैठकले सांगठानिक र वैचारिक कार्यदल बनाएर एकता प्रक्रियालाई ठोस रूपमा अघि बढाउने माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यद्यपि, ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेमा अझै पनि विभिन्न मोडेलमा छलफल विचाराधीन छ। एकता प्रक्रिया अब छिट्टै निर्णायक तहमा पुग्नेमा आशंका नरहे पनि कुन मोडालिटी अपनाउनेबारे नेताहरूले खुलाउन चाहेनन्।

उच्च स्रोतका अनुसार ओली र दाहाल दुवै अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरू सहमतिनजिक छन्। 

तर, माओवादी केन्द्रका केही नेताले भने प्रधानमन्त्रीमा ओली, पार्टीको सबै नेतृत्व लिने गरी दाहाललाई पार्टी अध्यक्ष बनाउनुपर्ने दबाब दिइरहेका छन्। ‘दुवैजना अध्यक्ष रहने र पदाधिकारीमा केही संख्या थपेर अघि बढ्ने पनि एउटा राम्रो विकल्पका रूपमा छलफल भइरहेको छ’, सचिव ज्ञवालीले भने।

एकतामा पार्टी नेतृत्व, प्रदेशका मुख्यमन्त्री र सभामुख तथा राष्ट्रियसभा गठनका लागि कार्यदलले दिएको प्रतिवेदनबारे ओली र दाहालबीच छलफल भएको दुवै नेताका सचिवालयले जनाएका छन्।

एमाले नेता सुवास नेम्बाङ नेतृत्वको कार्यदलले राष्ट्रियसभा चुनावमा दुई दलबीच सिट बाँडफाँट गरी ओली र दाहाललाई बुझाएको थियो। कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र तीमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिने गरी सहमति गरेको थियो। 

ओली बैंकक जानुअघि गठित उक्त कार्यदलले दिएको प्रतिवेदनलाई सामान्य हेरफेर गरी टुंग्याउने समझदारी दुई नेताबीच भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। राष्ट्रियसभाका लागि माघ १० गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ।

यस्तै, कार्यदलले प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुखबारे तयार पारेको प्रतिवेदनमाथि पनि ओली र दाहालबीच कुराकानी भएको थियो। प्रदेश २ बाहेक अरू सबै प्रदेशमा वाम गठबन्धनको बहुमत रहेकाले ६ वटा प्रदेशमा उनीहरूकै मुख्यमन्त्री र सभामुख निर्वाचित हुने अवस्था छ।

माओवादी केन्द्रले २ र एमालेले ४ वटा प्रदेशको सरकारको नेतृत्व लिने र जसको जुन प्रदेशमा सरकार बन्छ, त्यो प्रदेशमा अर्को दलको सभामुख हुने गरी कार्यदलमा छलफल भएको थियो।

सबै विषय टुंगोमा पुग्न नसकेका कारण ओली र दाहालबीच शनिबार पुनः छलफल हुने दाहालको सचिवालयले जनाएको छ। सरकारले तोकेका प्रदेश प्रमुखबारे पछि मात्र निर्णयमा पुग्ने र प्रदेश मुकामका विषयमा पछि नै प्रदेशसभाले निर्णय गर्ने भएका कारण हाललाई ती विषयलाई चर्चाको विषय बनाउने भन्नेमा दुई नेता सहमतिमा पुगेको बताइएको छ। 

संघ र प्रदेशका चुनावलाई लक्ष्य गर्दै असोज १७ मा चुनावी तालमेल घोषणा गरेका दुई ठूला वाम दलले पार्टी एकतासम्म पुग्ने लक्ष्य लिएका थिए।

पहिलो खाका

ओली र दाहाल दुवै अध्यक्ष

एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही थप्ने

दोस्रो खाका

प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्ष दाहाल।

Share This Article
Facebook Email Copy Link Print
Previous Article वडा सचिव र अध्यक्ष नहुँदा डोल्पाका जनतालाई सास्ती
Next Article राष्ट्रपती कार्यालयमा तानाशाही प्रवृति देखाइयो, पत्रकारले गरे क्यामेरा डाउन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

एएफसी यू-२३ फुटबल : तयारी अभाव, कठिन प्रतिद्वन्द्वी

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सुनको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

57 years ago
काठमाडौँ - KTMमुख्य समाचार

पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?