२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गर्दा मुहानमै कालो पानी

२०७४, ६ माघ शनिबार १०:४६

माघ ६, काठमाडौँ । वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गरे पनि नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन । 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वाग्द्वारबाट बग्ने वाग्मती गोकर्णेश्वर नगरपालिका–१ मा आएपछि फोहर मिसिन शुरु हुन्छ । निकुञ्जभित्रै नगरपालिका पाँच बस्ती छन् । यी बस्तीको फोहर सिधै वाग्मतीमा जान्छ । यो अझै रोकिएको छैन । बस्तीमुनि उपत्यकामा ल्याइएको पानीको मुहान छ । बस्तीको कारण मुहान पनि फोहर बन्ने गरेको छ । 

नगरपालिका–१ मा निर्वाचित अध्यक्ष राम मानन्धरले नदी र पानीको मुहान सफा राख्ने हो भने यहाँको बस्तीलाई अन्यत्र सार्न गम्भीररुपमा काम गर्न अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई अनुरोध गरिएको सुनाउनुहुन्छ । 


सुन्दरीजल क्षेत्रदेखि नदी किनारको दायाँबायाँ फाँटमा स्थापना गरिएका सुँगुर र बंगुरपालनका कारण नदीमा फोहर मिसिएको छ । फार्मको फोहर नदीमा पठाउन सजिलो हुने गरी फार्म खोलिएको प्रष्ट देखिए पनि अधिकार सम्पन्न वाग्मती समितिले अनुगमन गर्न सकेको छैन । 

नगरपालिका–४ को नदी किनारमा पनि सुँगुर बंगुर फार्म पालिनुका साथै ढल सिधै नदी किनारमा हालिएको छ । ४ नं वडाका अध्यक्ष श्रीकुमार श्रेष्ठ ढल सिधै हाल्ने र नदी किनारमा फोहर बढाउने गतिविधि गर्दा मुहान क्षेत्रकै नदीको पानी कालो बनेको बताउनुहुन्छ । 

“यहीँ कालो पानी बगेको तस्वीर खिचेर अधिकार सम्पन्न वाग्मती समितिमा दिए पनि केही काम भएको छैन”– उहाँले भन्नुभयो । समितिका आयोजना प्रमुख आशिष घिमिरे भने कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखसँग नदी सफाइ अभियानमा सहयोगको माग गर्दै पटकपटक बैठक गरे पनि समन्वय हुन नसकेको स्वीकार्नुहुन्छ । 

उपत्यकाबाट ३२ मेट्रिक टन फोहर व्यवस्थापन 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४५ औँ हप्तामा मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मती सफाइका प्रमुख अभियन्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, जीवन विज्ञानका एलपी भानू शर्मालगायत ४५० अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिनुभयो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०६ औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत संस्थाका १५० भन्दा बढी अभियन्ताले सहभागिता जनाएको अभियन्ता उत्तम पुडासैनीले बताउनुभयो । 

वाग्मती प्रदूषण भएकाले आज पनि यस क्षेत्रको नदी किनारमा असली जातका माछा मरेको फेला पारिएको उहाँले सुनाउनुभयो । वाग्मतीको तिलगंगा क्षेत्रको १५१ औँ हप्ताको सफाइका क्रममा आँखा अस्पताल वरपर जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरी घर र पसलबाट निस्किएको फोहर नदीमा नफाल्न आग्रह गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । अर्को हप्तादेखि नदीमा फोहर फाल्नेलाई कारबाही गरिने उहाँले सुनाउनुभयो । 

रुद्रमती सफाइको २०० औँ हप्तामा रातोपुल–ज्ञानेश्वर–कमलपोखरी –डिल्लीबजार–शास्त्रीमार्ग हुँदै मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक ¥यालीसहित सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सफाइका क्रममा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा रुद्रमती सफाइ अभियानका संयोजक एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियन्ताको सक्रियता थियो । 

सफाइले २०० हप्ता पार गरेको उपलक्षयमा माघ १३ गते शनिबार बूढानीलकण्ठदेखि वाग्मती दोभानसम्म १० स्थानमा नदीभित्रै पसेर सफाइ गरिने तयारी गरिएको छ । 

चक्रपथको सफाइको ४१ औँ हप्तामा अस्पतालदेखि उत्तर पश्चिम सुकेधारा चोकसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सफाइमा सर्वसाधारण, प्रहरी, सेना, सफाइ अभियन्ता संघ संस्थासहित ३५० को सहभागिता थियो । सफाइमा पूर्वप्रधान सेनापति रुक्माङ्गत कटुवालको पनि सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो । 

महानगरपालिकाको सहयोगमा चक्रपथको दायाँबायाँ भागमा पार्किङ गरिएका बेबारिसे सवारीसाधन उठाइएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो । 

आलोकनगर सफाइको ४१ औँ हप्तामा मीनभवन क्षेत्रको घर दैलो सफाइ गर्दै जनचेतनामूलक ¥यालीसहित वाग्मती मनहरा दोभानमा सहभागिता जनाइएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिनुभयो । 

चक्रपथको बाफलखण्ड सफाइको २३ औँ हप्तामा स्यूचाटारदेखि सीतापाइलाचोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । 

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले हाल देशव्यापी जागरणको अभियान लिएको छ । जागरणस्वरुप देशका ४५ भन्दा बढी स्थानमा नदी, शहर र बजार सफाइ अभियान शुरु भएको छ । पूर्णप्रसाद मिश्र/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ