2026-06-26 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै

माघ ९, पाल्पा | काम र सीप हुँदाहुदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम छ । 

दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ । 

सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगिएका छन् । रामपुरकी सबिरन मियाँले बिहान नौ बजेदेखि साँभ पाँच बजेसम्म घर बनाउने काम गर्नुहुन्छ र रु पाँच सय बुझ्नुहुन्छ । 

यस्तै माया कुमालले पनि पुरुषले गर्ने सबै काम गर्नुहुन्छ तर उहाँले पुरुषको तुलनामा रु तीन सय कम ज्याला बुझ्नुहन्छ । उहाँसँगै काम गर्ने पुरुष मजदुरले रु आठ सय ज्याला बुझ्दा कुमालले रु पाँच समयमा चित्त बुझाउनु पर्छ । 

काम र सीप अनुसार समान ज्याला दिँदै आएको निर्माण व्यवसायी मनबहादुर लामा बताउनुहुन्छ । मजदुरलाई दिनमा आठ घण्टा काम गरेबापत एक दिनको न्यूनतम पाँच सयदेखि बढीमा आठसयसम्म काम हेरेर महिला पुरुष नभनीकन ज्याला दिएको लामाको भनाइ छ । 

धनमाया दरैले भने आठ घण्टासम्म मजदुरी गरेर दिनमा रु चार सय ज्याला पाएको बताउनुभयो । उहाँले पुरुषले पाउने ज्याला नपाए पनि न्यूनतम तोकिएको ज्याला समेत पाउनुभएको छैन । 

‘डेरी पकेट कार्यक्रम’ प्रभावकारी 

दूध उत्पादन बढाउन सञ्चालन गरिएको डेरी पकेट कार्यक्रम कृषक माझ प्रभावकारी बनेको छ । जिल्ला पशुसेवा कार्यालयले कृषकलाई व्यवसायीक पशुपालनमा आकर्षित गराई जिल्लामा दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट कृषकको जीवनस्तर उकासिदै गएको छ । 

माथागढी गाउँपालिका– २ रुप्सेमा सञ्चालन भएको यस कार्यक्रमबाट यहाँका २८ घरधुरी लाभान्वित भएका छन् । विसं २०६७ मा शुरु भएको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियानका कारण कृषकले अनिवार्य रुपमा कम्तीमा दुईवटा उन्नत जातका गाई पालेका छन् । 

“एउटा कृषकले २० लिटरदेखि बढीमा एक सय लिटरसम्म दूध बिक्री गर्ने गरेका छन्,” पशु स्वास्थ्य प्राविधिक शेरबहादुर रानाले भन्नुभयो । सो क्षेत्रबाट दैनिकजसो पाँच सय लिटरभन्दा बढी दूध बजारमा बिक्री हुँदै आएको छ । पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत प्रतिकृषक रु दुई हजार ५०० र गाई ढुवानी खर्चबापत रु एक हजार अनुदान सहयोग गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ