२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय सडक निर्माणमा कार्यदल: मासिक २४ हजार तलव, १ लाख ५० हजारको विमा

२०७४, १२ माघ शुक्रबार ०३:१७

दलसिंह गिरी/माघ १२, कालिकोट । पलाँता गाउँपालीकाले स्थानीय सडक निर्माणका लागि कार्यदल तयार गरेको छ । 

गाउँमा कार्यदलले उपभोक्ता समिति संग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गरिरहेको छ । गाउँमै युवा स्वरोजगार सुरु भएपछि यहाँका युवा रोजगारीका लागि बिदेशीने समस्या टरेको छ । गाउँपालिकाले स्थानीय सडक निर्माण कार्यका लागि कार्यदल तयार गरेपछि रोजगारीका लागि बिदेश जाने युवाको समस्या टरेको हो ।


दक्ष जनशक्ति बाहिरीने र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरीएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । खाद्यान्नकोे चरम अभाव हुने पलाँता सुख्या खडेरी क्षेत्र हो । यहाँका स्थानीयले आफ्नै खेतबारीको उत्पादन बाट तीन महिना धान्न हम्मे–हम्मे पर्छ ।

गाउँमा हुने विकास निर्माण कार्यमा काम गरे वापत कार्यदलका सदस्यहरुले मासिक २४ हजार पाउने गरेको पलाँता गाउँपालीकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताए । 

कार्यदलका सदस्यहरुले दिनमा आठ घण्टा काम गरे वापत आठ सय रुपैया पाउन्छन् । कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गरेका छन् ।

पौष महिनाको २४ हजार कार्यदलका सदस्यहरुले पाइसकेको अध्यक्ष बमले बताए । कार्यदलका सदस्यहरुले समाजिक लगानी कोष बापत महिनामा २ हजार जम्मा गर्ने गरेका छन् । त्यसरी जम्मा गरिएको रकम उनीहरुले बिपद् जोखिम् न्यूनिकणका कार्यमा खर्च गर्ने छन् । महिनाको २ हजार ब्यक्तिगत मुद्रती खातामा जम्मा गर्ने गरेका छन् । भविश्यका लागि कार्यदलका सदस्यहरुले ब्यक्तिगत मुद्रती खातामा जम्मा रकम गर्ने गरेका हुन् । कार्यदलका सदस्यहरुका लागि १ लाख ५० हजार दुर्घटना विमा वडा नं ९ का अध्यक्ष टक्कबहादुर बमले बताए ।


कार्यदलका सदस्यहरुले डेस पनी पाउन्छन् । कार्यदलका सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धीत सडक निर्माण आयोजनामा नै ब्यवस्था गर्ने गरिएको छ । विदेशीने युवाहरुलाइ रोजगारी दिएर स्थानीय विकास निर्माण प्रक्रियामा सहयोग पु¥याएको नागरिक समाजका अगुवा तुलाराम पाण्डेले बताए । स्थानीय स्तरमा सहजै रोजगारी प्राप्त भएपछि युवाहरुमा जोशजागर बढेको कार्यदलका सदस्य पुर्णबहादुर बमले बताए । 

पलाँताका प्रत्येक वडा बाट दश–दश जना र गाउँपालिका अध्यक्षको सिफारिसमा दश जना गरि एक सय जनाको कार्यदल निर्माण गरिएको छ । यस कार्यले उनीहरुको ब्यक्तिगत जीवनको अलवा समाजिक कार्यमा समेत सहयोग पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला