2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रणय दिवसका लागि १ करोड २५ लाख बराबरको फुल आयात हुने

शर्मिला पाठक / माघ १२, काठमाडौँ | यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । 

अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुलाफको बजारमा माग रहेको छ । त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो । 

गत वर्षको प्रणय दिवसमा एक लाख ९० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ । यस वर्ष ३५ स्टिक गुलाफ बढी आयात गर्न लागिएको हो । 

गत वर्ष उपभोक्ताले रु ५० देखि ६० तिरेका भए पनि यस वर्ष भारतमानै फूलको मूल्यमा वृद्धि भएकाले अघिल्लो वर्षको तुलनामा केही मूल्य वृद्धि हुने श्रेष्ठको भनाइ छ । 

श्रेष्ठले भन्नुभयो, “जाडोको समयमा फूल उत्पादनमा कमी आउने भएको र अझै पनि पुष्प व्यवसायप्रति मानिसको आकर्षण नभएकाले आन्तरिक उत्पादनले धान्न कठिन भएको हो ।” हाल काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटमा रातो गुलाफको व्यावसायिक खेती गरिँदै आएको छ । हरेक वर्ष फेबु्रअरी १४ मा यो पर्व मनाउने भएपनि एक हप्ता अघिदेखि बजारमा फूल व्यापारको चहलपहल हुने गर्दछ । 

त्यसैगरी, अघिल्लो वर्ष रु ७० लाख मूल्य बराबरको सयपत्री फूलको माला ल्याइएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने गर्दछ । गत वर्ष रु एक अर्ब ६१ करोडको वार्षिक फूलको आर्थिक कारोबार हुने गरेको थियो । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । मुख्य गरी कात्तिक महिनादेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एशोसिएशनले जनाएको छ । 

प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा भने आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया, मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ । 

नेपालमा पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फष्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ । 

यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । सामान्यतया ६०० प्रजातिका फूल रहे पनि १४७ हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई