2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निरक्षर हुदाँहुदै पनि पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी (भिडियो सहित)

महेन्द्र केसी
पर्वत । जिल्लाका ६१ वडाहरुनै पूर्ण साक्षर वडा घोषणा भएका छन् । निुशल्क तथा आधारभूत शिक्षा उपलब्धता, हामी सवैको प्रतिबद्दता भन्ने अभियानका साथ जिल्लाका ६१ वटै वडा साक्षर घोषणा भएका हुन् ।
विहिबार मोदी गाउँपालिकाका ४ वडा घोषणासँगै जिल्लाका सवै वडाहरु साक्षर घोषित भएका हुन् । मोदी गाउँपालिकाका १,५,६ र ७ विहिबार घोषणा भएका हुन् । मोदी गाउँपालिकाको कुल जनसख्या २१ हजार २ सय ८४ मध्ये १५ देखि ६० बर्षभित्र उमेर समुहका कुल ११ हजार ८ सय ४९ साक्षर रहेको मोदी गाउँपालिकाको तथ्याङ्कले देखाएको छ भने अझै ४५६ निरक्षर रहेका छन् । अर्थात् ९६।१५ प्रतिशत साक्षर प्रतिशत रहेको जनाएको छ ।

व्यवहारिक र शिपमुलक शिक्षामा सांसदको जोड

पुर्ण साक्षर गाउँपालिका घोषणा गर्दै प्रदेशसभा (क) का सांसद नेत्रनाथ अधिकारीले जिल्ला पुर्ण साक्षर हुन लागेकोमा खुसि व्यक्त गरे ।
पर्वत पनि अब ४२ औ पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा हुने अन्तिम तयारीमा पुगेकाका कारण जिल्लाको शैक्षिक अस्थामा विगतका तुलनामा विकसित हुदै गएकोमा खुसि व्यक्त गरे । उनले विकासको आधार नै शिक्षा भएको र त्यहि सूचकमा जिल्लाले पुरा गरेका कारण अब स्वरोजगार शिक्षाका जोड दिनुपर्ने बताए ।

व्यवहारिक शिक्षामा अब स्थानीय तहहरुले ध्यान दिनुपर्नेमा अधिकारीको जोड थियो । राज्यको पुर्नसंरचना अनुसार देशमा स्थानीय तह निर्माण भएको छ । अब स्थानीय आवश्यकता अनुसारको व्यवहारिक र शिपमुलक शिक्षामा जोड दिनुपर्छ उनले भने ।
कोरा ज्ञान प्राप्त गरेर डिग्री पासका सटिफिकेट हातमा राखेरमात्रै शिक्षा प्राप्त गरेको हुन नसक्ने बताउँदै अधिकारीले व्यवहारिक शिक्षामा लगानी गर्नुपर्नेमा बताए । अब शिक्षा पद्दतीनै परिर्वतन गर्नुपर्छ, स्थानीय तहको आवश्यकता अनुसार राज्यले दिएको अधिकारको सदुपयोग गरेर सोही अनुसारको शिक्षाप्रणाली बनाउनुपर्छ तब मात्रै स्वरोजगारको ग्यारेण्टी हुन सक्छ, उनले भने ।

अधिकारीले व्यवहारिक र सिप मुलक शिक्षा पं्राणालीको विकास गर्न र सोही अनुसार कार्यान्वयन गर्न सकेमा मात्रै स्थानीयमानै युवावर्ग स्वरोजगार हुने भन्दै त्यसको लागि सवै एक जुट हुनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेल, मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेल लगायतले बोलेका थिए ।

साक्षर जिल्ला घोषणाको तयारी
पूर्णसाक्षर घोषणाको अन्तिम तयारीमा जिल्ला शिक्षा कार्यालय जुटेको छ । जिल्लाका सवै वडाहरु पूर्ण साक्षर घोषणा भएसँगै पूर्ण साक्षर जिल्ला घोषणाको अन्तिम तयारीमा शिक्षा कार्यालय जुटेको हो । यहि माघ १८ गते पर्वतलाइ पुर्ण साक्षर घोषणा गर्ने तयारी भैराखेको छ ।

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति रहेको देखिएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका व्याक्तिहरुले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साईनवोर्ड पढ्न सक्ने जस्ता सुचकहरु पुरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड रहेको छ । पर्वतमा ७८ हजार २ सय ३७ जना साक्षर रहेका छन । पर्वतमा १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्या ८० हजार ६ सय ८४ रहेको छ ।

४२ औं साक्षर जिल्ला
माघ १८ भित्र अन्य जिल्ला पूर्ण साक्षर हुन नसके पर्वत ४२ औ साक्षर जिल्ला हुनेछ । ७७ जिल्लामध्ये पर्वत ४२ औं मा पर्नेछ । त्यसको लागि पनि तयारी तिब्र पारिएको छ । निशुल्क तथा आधारभूत शिक्षा सुनुश्चित भएको ४२ औ जिल्लाका रुपमा गनिनेछ ।

प्रदेश ४ को कान्छो पूर्ण साक्षर
पर्वत जिल्ला प्रदेश ४ को सवैभन्दा कान्छो जिल्ला घोषणा हुने भएको छ । प्रदेश ४ का ११ जिल्लामध्ये अन्तिममा पूर्ण साक्षर घोषणा हुने जिल्लामा पर्वत परेको छ । पर्वत जिल्ला पूर्ण साक्षर नभएकै कारण प्रदेश ४ पूर्ण साक्षर घोषणा हुन सकेको छैन । पूर्ण साक्षर जिल्ला घोषणासँगै प्रदेश ४ लाई पूर्ण साक्षर बनाउने बाटो खुल्ने छ ।

निरक्षर हुदाहुदै साक्षर घोषणाको तयारी
तोकिएको मापदण्ड अनुसार ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने भएका कारण जिल्लामा निरक्षर प्रतिशत हुदाँहुदै पनि पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी थालिएको हो । कुल जनसंख्याको अझै पनि ३.०७ प्रतिशत निरक्षर रहेका छन् । अर्थात् २ हजार ४ सय ७४ जना अझै पनि निरक्षर संख्या रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई