Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १९ गते, बिहान १०:०१ बजे पर्बत - PBT, बिशेष खबर

पर्वत प्रदेश ४ कै कान्छो साक्षर जिल्ला घोषणा (भिडियो सहित)

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्र केसी/पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पूर्ण साक्षर घोषणा भएसँगै विहिबार औपचारिक रुपमै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका सबै ६१ वडा औपचारिक रूपमै पूर्ण साक्षर बनेका हुन्। जिल्ला शिक्षा समितिले बिहीबार जिल्लालाई औपचारिक रूपमै पूर्ण साक्षर घोषणाको गरेको छ ।

जिल्लाका प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेश सभा क का सदस्य नेत्रनाथ अधिकारीले पर्वतलाई संयुक्त रुपमा पूर्ण साक्षर भएको घोषणा गरेका हुन् ।

शिक्षा कार्यालयको सर्वेक्षण अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९६.९३ प्रतिशत साक्षर छन्। यो उमेर समूहको जनसंख्या ८० हजार ६८४ भएकोमा ७८ हजार २१०जना साक्षर भएको तथ्याङकमा उल्लेख छ ।

पर्वत पूर्ण साक्षर घोषणा हुनेमा मुलुकको ४२ औं जिल्ला बनेको साक्षर जिल्ला घोषणा समितिले जनाएको छ। धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङ यसअघि नै साक्षर घोषणा भइसकेका छन् भने प्रदेश ४ का सवै जिल्लाहरु पूर्ण साक्षर घोषित भएका छन् ।

साक्षर जिल्ला समारोह समितिका मूल संयोजक एवं जिल्ला समन्वय समितिका सभापति मनोहर बी पौडेलले सबै सूचक पूरा भएकाले औपचारिक घोषणा भएपछि मुलुकको ४२ औं साक्षर जिल्ला भएको बताए ।

प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेश सभा क का सदस्य नेत्रनाथ अधिकारीले जिल्लालाई अब  व्यहारिक र स्वरोजगारमुलक शिक्षा प्रदान गर्दै जिल्लाको बेरोजगार हटाउनुपर्नेमा जोड दिए । उनीहरुले जिल्लाको विकासको लागि आवश्यक पूर्वधारहरु मध्ये शिक्षा एक भएको र सवै जिल्लाबासीलाइ अब शिक्षित बनाउनेतर्फ उन्मुख हुनुपर्ने बताए ।

पर्वतमा अझै पनि ३ प्रतिशत निरक्षर रहेको छ । त्यसलाइ हटाउनको लागि सम्बन्धीत निकायले पहल गर्नुपर्ने देखिएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लाको विकासमा नेताहरु लाग्नुपर्ने बेला आएको बताए । शिक्षित समाज निर्माण हुन सके देशनै शिक्षित विकसित हुनेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा समानुपातिक सांसद जुनादेवी नेपाली, ललितकला गुरुङ, पूर्व सांसद कल्पना चापागाइ लगायतले आआफ्नो धारणा राखेका थिए ।

४२ औं साक्षर जिल्ला

माघ १८ भित्र अन्य जिल्ला पूर्ण साक्षर हुन नसके पर्वत ४२ औ साक्षर जिल्ला बनेको छ । साक्षर घोषणासँगै ७७ जिल्लामध्ये पर्वत ४२ औं मा परेको हो ।

प्रदेश ४ को कान्छो पूर्ण साक्षर

पर्वत जिल्ला प्रदेश ४ को सवैभन्दा कान्छो जिल्ला घोषणा भएको छ । प्रदेश ४ का ११ जिल्लामध्ये अन्तिममा पूर्ण साक्षर घोषणा हुने जिल्लामा पर्वत परेको छ । पर्वत जिल्ला पूर्ण साक्षर नभएकै कारण प्रदेश ४ पूर्ण साक्षर घोषणा हुन सकेको छैन । पूर्ण साक्षर जिल्ला घोषणासँगै प्रदेश ४ लाई पूर्ण साक्षर बनाउने बाटो खुलेको छ ।

निरक्षर हुदाहुदै साक्षर घोषणा

तोकिएको मापदण्ड अनुसार ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने भएका कारण जिल्लामा निरक्षर प्रतिशत हुदाँहुदै पनि पूर्ण साक्षर जिल्ला घोषणा  भएको छ । । कुल जनसंख्याको अझै पनि ३.०७ प्रतिशत निरक्षर रहेका छन् । अर्थात् २ हजार ४ सय ७४ जना अझै पनि निरक्षर संख्या रहेको छ ।