By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दरबारमार्गकै जस्तो अर्को घटना: ‘१४ वर्षीय बालिका बलात्कार’ प्रहरीबाटै गुपचुप
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दरबारमार्गकै जस्तो अर्को घटना: ‘१४ वर्षीय बालिका बलात्कार’ प्रहरीबाटै गुपचुप
काठमाडौँ - KTMबिशेष खबर

दरबारमार्गकै जस्तो अर्को घटना: ‘१४ वर्षीय बालिका बलात्कार’ प्रहरीबाटै गुपचुप

साझासवाल
Last updated: February 3, 2018 2:36 am
साझासवाल
7 Min Read
Share

माघ २०, काठमाडौँ । प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ । 

काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो । कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराएको घटना करिब एक महिनासम्म कसैले सुइँकोसम्म पाएन । प्रहरीकै माथिल्लो निकायमा जब यो सूचना चुहियो, बल्ल घटनाबारे अनुसन्धान अघि बढाइयो ।

अाजको कान्तिपुरमा खबर छ-इलाका प्रहरी कार्यालय, इटहरीको उक्त सन्देहास्पद क्रियाकलापमाथि छानबिन गर्न प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई खटाएपछि घटनाले अर्कै मोड लिएको हो । एसएसपी पालले पीडित बालिकासँग बयानसमेत लिई प्रमाण जुटाएर माघ १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेको खुलेको छ ।

तर, बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठ प्रहरीकै लापरबाहीले फरार भइसकेका छन् । उनीहरूलाई उन्मुक्ति दिने प्रहरीमाथि समेत ‘छानबिन भइरहेको’ भन्दै कुनै कारबाही गरिएको छैन ।

बालिकाको बयानअनुसार सामाजिक सञ्चालबाट घनिष्ठता बढेका धरानका लिम्बुले १४ वर्षीया ती बालिकालाई पुस १६ गते अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन घुम्न जान प्रस्ताव गरे । उनले स्विकारिन् । इटहरीचोकमा उनीहरूको दिउँसो भेट भयो । कार लिएर आएका जोकमले साथी मनीषलाई पनि ल्याएका रहेछन् । तीन जना इटहरीको ‘चिन्तन चौतारी’ रिसोर्टमा बसेर गफ गरे ।

झमक्क साँझ परेपछि उनले घर जान चाहिन् । जोकमले ‘खाजा खाएर जानुपर्छ, चिन्ता नगर, म पुर्‍याइदिन्छु’ भने । त्यसपछि तीनैजना झन्डै ४ किलोमिटर उत्तर हलगडास्थित ‘रोयल रिसोर्ट’ पुगे । जोकम र मनीषले पहिल्यै मदिरा पिइसकेका थिए । बालिकालाई उनीहरुले जबर्जस्ती वाइन खुवाए । त्यहाँ उनीहरूले दुइटा अलग–अलग कोठा लिएका थिए । मदिरा लागेकी उनी जोकमसंगै कोठामा बसिन् । निकै अबेला बालिकाले घर पुर्‍याइदिन आग्रह गरिन् । उनले त्यो काम साथी मनीषलाई अह्राए । मनीषले ‘तिमी धेरै मातेकी छ्यौ, कागतीपानी खाऊ अनि जाउँला’ भनेर आफू बसेको कोठा नम्बर ११२ मा लगी बलात्कार गरेको उनले बयानमा बताएकी छन् ।

उक्त मितिमा मनीष बसेको कोठा नम्बर ११२ राजकुमारका नाममा ‘बुक’ गरिएको छ । ठेगाना विराटनगर र दुई जना बस्ने लेखिएको छ । तिनमा पुरुष र महिला, नातामा साथी खुलाइएको छ । यसले उनले कोठा लिँदै ती बालिकासँग रात बिताउने नियत राखेको र नामसमेत नक्कली राखेको पुष्टि भएको छ ।

‘मैले पटक–पटक आग्रह गर्दा पनि उसले जबर्जस्ती बलात्कार गर्‍यो’, बालिकाले प्रहरी जाहेरीमा उल्लेख गरेकी छन् । बलात्कारपछि उनलाई मनीषले जोकमकै कोठामा पुर्‍याइदिएको थियो । उनले ‘चिन्ता नलेऊ, म तिमीलाई स्विकार्छु’ भन्दै रातभर आफैंसँग राखेका थिए ।

विक्षिप्त अवस्थामा पुगेकी बालिका भोलिपल्ट घर नगई साथीकहाँ गइन् । यसबारे थाहा पाएपछि करिब एक सातापछि उनलाई लिएर बाबुआमा इलाका प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले जोकमलाई झिकायो तर मनीषलाई ल्याएन । घटनालाई सामान्यीकरण गर्दै दुवै पक्षलाई मिलापत्र गर्न दबाब दियो । ‘मुद्दामामिलामा धेरै पैसा खर्च हुन्छ । फेरि भोलि आरोप प्रमाणीत नभए आफैं जेल जानुपर्छ भने,’ बालिकाकी आमाले भनिन्, ‘त्यसपछि होस् है भनेर हामी मिल्न राजी भयौं । मुद्दामामिलामा किन फस्नु भनेर सहमतिपत्रमा ल्याप्चे लगाइदियौं । पुसको थाम्नै नसकिने हुस्सु र सिरेटो चलेको दिन थियो, कागजमा ल्याप्चे लगाएर त्यो उनीहरुले नै लगे, हामीलाई केही दिएनन् ।’ सामान्य आर्थिक हैसियतका बालिकाका बाबुले पनि मुद्दामामिलामा खर्च गर्न पैसा नभएकाले मिलापत्र गर्न बाध्य भएको कान्तिपुरलाई बताए ।

इलाका प्रहरीका प्रमुख डीएसपी सञ्जय राउत विदामा गएका बेला इन्चार्जको जिम्मा पाएका इन्सपेक्टर चिरञ्जीवी दाहालले दबाबपूर्ण तरिकाले मिलापत्र गराएका हुन् । स्रोतका अनुसार ‘जसरी पनि मिलाउन’ उनलाई जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले निर्देशन दिएका थिए । स्रोत भन्छ, ‘यसमा उच्च राजनीतिक दबाब र आर्थिक चलखेल दुवै जोडिएको छ ।’

स्रोतका अनुसार यसलाई मिलाउन ‘बिचौलिया’ सक्रिय भएका थिए । तीमार्फत पीडित पक्षलाई समेत रकम दिइएको बताइए पनि पीडितका अभिभावकले ‘एक रुपैयाँ पनि नलिएको’ बताए ।

केही सातापछि पीडितको घरमा प्रहरीको भ्यान आयो । अञ्चल प्रहरी कार्यालयबाट आएको टोलीले बालिका र अभिभावकलाई धरान पुर्‍यायो । ‘सबै कुरा सोधखोज गरेपछि किटानी जाहेरी तयार गरी छोरीलाई सहिछाप गराएर हामीलाई फेरि घर ल्याइदिए’, बालिकाकी आमाले भनिन्, ‘हामी पहिल्यै मिलिसक्यौं भन्दा पनि प्रहरीले यो मिलापत्र हुने मुद्दा होइन, सरकारवादी मुद्दा हो, हामी लड्छौं भने । हामी त मुद्दामामिला नगर्ने भनेर बसेका थियौं ।’

तर पनि आफूहरुलाई यस विषयमा थप चासो नभएको उनीहरूले सुनाए । ‘मलाई ब्लड प्रेसर र युरिक एसिड छ । दीर्घ रोगी छु । अब जे–जे गरुन्, म कहीं जान्नँ’, उनका बाबुले भने । प्रहरीको माथिल्लो तहमा घटनाको जानकारी कसरी पुग्यो र उपल्लो सक्रियता किन सुरु भयो, खुल्न सकेको छैन । मुद्दा दर्ता र छानबिनमा संलग्न एसएसपी पालले ‘दुई दिनपछि छानबिन सकिने’ बताए । उनले अभियुक्त पक्राउ पर्ने, मिलापत्र गर्न दबाब दिने र गराउने प्रहरीमाथि कारवाहीका लागि अनुसन्धानसमेत तत्काल पूरा हुने जानकारी दिए ।

इलाका प्रहरी कार्यालयका डीएसपी राउतले घटनाका आरोपीको नजिक पुग्न लागेकाले थप जानकारी दिन नमिल्ने बताए । बिदामा भएको बेला घटना भएकाले के–के भएको भन्नेबारे आफैं अनभिज्ञ रहेको उनको भनाइ छ । ‘तर एसएसपी साबले म हाजिर हुनासाथ घटनाबारे बताएपछि मुद्दा दर्ता गरेर अनुसन्धानमा अघि बढेको हुँ’, उनले भने ।

यस प्रकरणमा मुछिएका इन्स्पेक्टर दाहालले भने, ‘पीडितहरु आए पनि एक पक्षले उजुरी दिने र अर्को पक्षले मिल्नुपर्छ भन्ने विवाद कार्यालयभित्रै गरेपछि मैले जाहेरी लेखाएर आउनोस् भनी पठाएको हुँ । जघन्य अपराधमा जाहेरी नलिई अनुसन्धान अघि बढाउन मिल्दैन ।’

तर स्रोतले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै उनैले मिल्नू भनेर दबाबपूर्ण भाषा प्रयोग गरेको जनायो । जिल्लाका प्रहरी प्रमुख एसपी माझीले दाबी गरे, ‘पीडितले जाहेरी नदिएका कारण मुद्दा ढिलो दर्ता भएको हो । प्रहरीले बलात्कारका आरोपीविरुद्ध मुद्दा दर्ता गरी अघि बढिसकेको छ । यसमा कुनै आर्थिक चलखेल भएको छैन र प्रहरी कार्यालयभित्र मिलापत्र पनि भएको छैन ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article जोन बचाऊ-बचाऊ भनेर चिच्याउँथे, कसैले सुन्दैनथे
Next Article अभावमा यसरी जेलिँदैछन सातै प्रदेश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुदमुख्य समाचारराजनीति

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’:मन्त्री चौधरी

1 year ago
काठमाडौँ - KTMराजनीति

नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो बैठक शनिबारदेखि जारी (८ तश्विर)

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अब माओवादीले वैधानिक जनसरकार चलाउँछ: प्रचण्ड

57 years ago
काठमाडौँ - KTMविश्व

न्युजिल्यान्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?