2026-06-26 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधी सुदुरपश्चिमलाई


प्रज्वल पौडेल । माघ २०, रामेछाप ।

तेस्रो रामेछाप भलिबल तथा रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सूदुरपश्चिमाञ्चल बिकास क्षेत्रले हात पारेको छ । शनिबार रामेछाप जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितीको कोर्टमा भएको फाइनल खेलमा अन्तिम तथा निर्णायक सेटको खेल चलिरहदा शान्तीदीप युवा क्लबले खराव प्रकाशका कारण खेल्न नमानेपछि सूदुरपश्चिमाञ्चललाई बिजयी घोषित गरीएको हो ।


शान्तीदीपले खेल त्याग्दा अन्तिम तथा निर्णायक सेटमा शूदुरपश्चिमाञ्चलले १२–९ को अग्रता लिएको थियो ।  त्यस अघि शान्तीदीपले पहिलो सेट र तेस्रो सेट क्रमसः २८–२६ र २५–२१ ले जितेको थियो भने शूदुरपश्चिमाञ्चलले दोस्रो सेट  १५–२५ तथा चौथो सेट १७–२५ ले जितेको थियो । 


आयोजकले बारम्बार मैदानमा प्रबेश गरी खेल्न अनुरोध गर्दा समेत शान्तीदीपका खेलाडी नमानेपछि आयोजकले रेफ्रिको सल्लाहमा शूदुरपश्चिमाञ्चललाई बिजयी घोषित गरेको हो । शूदुरपश्चिमाञ्चलले उपाधिसहित एक लाख ५० हजार प्राप्त गर्यो । शान्तिदीप युवा क्लबले एक लाखमा चित्त बुझायो । 


प्रतियोगितामा मन्थली यूनाटेड समाजले तेस्रो स्थान हात पा¥यो । शनिबारनै भएको खेलमा नेपाल लोकतान्त्रीक खेलकुद संघलाई बेष्ट अफ फाइभको अन्तिम सेटमा पराजित गर्दै मन्थली यूनाइटेडले तेस्रो स्थान पक्का बनाएको हो । 

मन्थली यूनाइटेडले लोकतान्त्रीक खेलकुद संघलाई २५–२२, १७–२५, २५–२३, २८–२५, १५ – ९ ले पराजित ग¥यो । तेस्रो स्थानसँगै मन्थली यूनाइटेडले ५० हजार प्राप्त ग¥यो भने चौथो लोकतान्त्रीकले ३५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा सूदुरपश्चिमाञ्चलका तारा भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार प्राप्त गरे ।

प्रतियोगितामा नेपाल लोकतान्त्रीक खेलकुद संघका मिलन मल्ल उत्कृष्ट स्पाइकर, मन्थली युनाइटेड समाजका राजकुमार थापा उत्कृष्ट ब्लकर, शान्तीदीप युवा क्लबका  घनस्याम चौधरी उत्कृष्ट सर्भर, सूदुरपश्चिमाञ्चलका दीनेश गिरी उत्कृष्ट सेटर, सूदुरपश्चिमाञ्चलका बिनोद चन्द उत्कृष्ट डिफेन्डर, सूदुरपश्चिमाञ्चलका अशोककुमार भट्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट घोषित सबै खेलाडी र प्रशिक्षकले जनही पाच÷पाच हजार प्राप्त गरे ।

प्रतियोगिताका बिजेता टोली तथा खेलाडीहरुलाई रामेछाप जिल्लाबाट प्रतिनिधी सभा सदस्य निर्बाचित सांसद श्यामकुमार श्रेष्ठ, प्रदेश सभा सांसद शान्ती प्रसाद पौडेल, पुर्व सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य देवसंकर पौडेल, मन्थली नगरपालीकाका मेयर रमेशकुमार बस्नेत, रामेछाप जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष पुरुशोत्तम कडरीया लगायतले पुरस्कार बितरण गरेका थिए । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ